• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
संविधानमा रहेका ३१ मौलिक हकमध्ये ११ वटा मात्रै कानुन बनाउने सरकारको तयारी
64x64
नेपाल लाइभ बिहीबार, असार २८, २०७५  ०१:१६
1140x725

काठमाडौं– सरकारले मौलिक हकसम्वन्धी व्यवस्था कार्यान्वयनका लागि ११ वटामात्र नयाँ कानुन बनाउने भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सोही अनुसारको मस्यौदा विधेयक निर्माण गरी सम्बन्धित मन्त्रालयलाई समेत अध्ययनका लागि उपलव्ध गराएको छ।

नेपालको संविधान, २०७२’ को धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ। संविधानमा धेरै अधिकारसहित पहिलो पटक यति धेरै मौलिक हकको प्रत्याभूत गरिएको थियो। संविधानको धारा ४७ मा मौलिक हकको कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुन बनाउने उल्लेख छ।

संविधानले तोकको उक्त अवधि आगामी असोज ३ गते पुग्दैछ। दुई महिना बाँकी रहेको समयमा मन्त्रालयले त्यस सम्बन्धी कानुनहरु मस्यौदा गरिसकेको छ भने अन्तिम रुप दिई मन्त्रिपरिषद्‌मा पठाउने तयारी गरेको छ। कानुन मन्त्रालयले आफैले विधेयक मस्यौदा गर्नुपर्ने भएपछि गरिएको अध्ययनमा ११ वटा मात्र नयाँ कानुन निर्माण हुनुपर्ने देखिएको कानुन मन्त्रालयका प्रवक्ता रमेश ढकालले बताए।

‘यसअघि नै विद्यामान रहेका २० वटा कानुनहरु मौलिक हक कार्यान्वनयमा उपयोगी हुने देखिन्छ’, ढकालले भने, ‘दोहोरो कानुन बनाउन आवश्यक नहुने भएकाले बाँकी विषयमा मात्र विधेयकको मस्यौदा अन्तिम चरणमा छन्।’

हालै जारी भएको र भदौ ५ देखि लागू हुने मुलुकी देवानी, फौजदारी र दण्ड सजाय निर्धारण संहिताले समेत केही मौलिक हक कार्यान्वयन सम्बन्धी व्यवस्था समेट्ने उनको भनाइ छ। त्यसलाई अलग गरी विधेयकहरु मस्यौदा गरिएकोले बाँकी समयमा कानुनको रुप लिने उनले तर्क गरे।

सरकारले मौलिक हक कार्यान्वयनका लागि अलग्गै बनाउन लागेका कानुनहरुको मस्यौदा निर्माण गरी सम्बन्धित मन्त्रालयलाई पठाइएको र मन्त्रालयबाट परिमार्जन सहित प्राप्त भएपछि मन्त्रीपरिषद्‌मा पठाउने ढकालले बताए। मन्त्रिपरिषद्को विधेयक समितिले उक्त विधेयकहरु दर्ता गर्न स्वीकृती पाएपछि संसदमा दर्ता हुने प्रवक्ता ढकालले जानकारी दिए। मन्त्रालयबाट फर्केर मन्त्रिपरिषद् हुदै संसद सचिवालयमा पुग्न अब दुई साताको समय लाग्ने अनुमान आफूहरुले गरेको उनको भनाइ छ।

यस्ता छन् सरकारले निर्माण गरेका मस्यौदा विधेयकहरु:

–    अपराध पीडितको अधिकार सम्बन्धी हक
–    शिक्षाको अधिकार सम्बन्धी हक
–    खाद्य अधिकार सम्बन्धी हक
–    बालबालिकाको अधिकार सम्बन्धी हक
–    उपभोक्ताको हक सम्बन्धी हक
–    रोजगारीको हक 
–    आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने स्वास्थ्य सम्बन्धी हक 
–    छूवाछूत तथा भेदभाव विरुद्धको हक 
–    स्वच्छ वातावरणको हक 
–    प्रजनन स्वास्थ्य सम्बन्धी हक
–    आवासको अधिकार सम्बन्धी हक

यति धेरै मौलिक हकसम्बन्धी व्यवस्था पहिलो पटक संविधानमा व्यवस्था गरेकाले धेरै कानुन निर्माण हुनुपर्ने भ्रम बाहिर रहेको तर अधिकांश विषयमा हालकै कानुन विद्यमान भएकाले केही संशोधन मात्र गर्दा हुने प्रवक्ता ढकालको तर्क छ। मौलिक हक कार्यान्वनयनका लागि बाधा गर्ने विद्यमान कानुनहरुको संशोधनका लागि केही नेपाल ऐन संशोधन विधेयक पनि पेस हुने प्रवक्ता ढकालले बताए।

यसअघि नेपाल अधिराज्यको संविधान २०४७ मा १३, नेपालको अन्तरिम संविधान २०६३ मा २१ वटा मौलिक हकको व्यवस्था गरिएको थियो।

विगतको भन्दा यो संविधानमा उल्लेखित नयाँ मौलिक हकहरु:

–बाँच्न पाउने हक
–सञ्चारको हक 
–अपराध पीडितको हक 
–स्वच्छ वातावरणको हक
–स्वास्थ्यसम्बन्धी हक
–खाद्यसम्बन्धी हक
–आवाससम्बन्धी हक
–दलितको हक
–ज्येष्ठ नागरिकको हक
–सामाजिक न्यायको हक
–सामाजिक सुरक्षाको हक 
–उपभोक्ताको हक

नेपालको अन्तरिम संविधान २०६३ मा छूवाछूत तथा जातीय भेदभाव विरुद्धको हक, वातावरण तथा स्वास्थ्यसम्बन्धी हक, रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी हक, महिलाको हक, सामाजिक न्यायको हक, बालबालिकाको हक, न्यायसम्बन्धी हक, यातना विरुद्धको हक र श्रमसम्बन्धी हक पहिलो पटक समेटिएको थियो।

संविधान २०४७ मा भने मौलिक हकका रुपमा समानताको हक, स्वतन्त्रताको हक, छापाखाना र पत्रपत्रिकासम्बन्धी हक, फौजदारी न्यायसम्बन्धी हक, निवारक नजरबन्द विरुद्धको हक, सूचनाको हक, सम्पत्तिको हक, संस्कृति तथा शिक्षासम्बन्धी हक, धर्मसम्बन्धी हक, शोषणविरुद्धको हक, देश निकाला विरुद्धको हक, गोपनीयताको हक र  संवैधानिक उपचारको हक राखिएको थियो।

प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  ०१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी
फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै १२ लाख बढिको क्षति
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना सोमबार, असार १६, २०८२
उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी सोमबार, असार १६, २०८२
फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै १२ लाख बढिको क्षति सोमबार, असार १६, २०८२
मोहना नदीमा पानीको बाहव बढ्यो, उच्च सतर्क रहन आग्रह सोमबार, असार १६, २०८२
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
पोखराले कुशल भुर्तेल सहित ६ खेलाडी रिटेन गर्‍यो आइतबार, असार १५, २०८२
प्रसिद्धको शतक र विपिनको ६ विकेटसँगै नेपाल सेमिफाइनलमा आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्