• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कांग्रेससँगको एकीकरणले पछुताउँदै गच्छदार, भन्छन्– एकता नभएको भए सरकारमा हुन्थेँ

64x64
नेपाल लाइभ बिहीबार, असार २८, २०७५  ००:४८
1140x725

काठमाडौं- 'एकतापछि नेपाली कांग्रेसको सांगठनिक संरचनामा केन्द्र, प्रदेश, जिल्ला, नगर र गाँउसम्मका नेपाल लोकतान्त्रिक फोरम र यसका भ्रातृ/भगिनी संस्थाहरुको संरचना एवं यथोचित समायोजन गर्न दुवै दल सहमत छौं।’

२०७४ असोज ३० मा नेपाली कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमबीच एकता हुँदा हस्ताक्षर गरिएको सहमतिको एउटा अंश हो, माथिको वाक्य।

कांग्रेस नेता विजय गच्छदारलाई आफू नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले उठाउँदै आएका राजनीतिक मुद्दाले अहिले पिरोलेको छैन। बरु, उनलाई एकीकरणका बेला भएका लिखित र भद्र सहमतिले पिरोलिरहेको छ।

दुई पार्टीबीच एकता भएका बेला गच्छदारलाई उपसभापतिको जिम्मेवारी दिने भद्र सहमति पनि भएको बताइएको थियो। त्यसै अनुसार, पदाधिकारीमा दोस्रो दर्जाको हैसियत नपाएपछि गच्छदार यतिबेला पार्टी नेतृत्वप्रति आक्रोशित हुन थालेका छन्। 

उपसभापति पद नपाएका गच्छदारले केन्द्रीय कार्यसमिति बैठकमा पहिलोपटक असन्तुष्टि पोखेका थिए। गत चैत–बैसाखमा बसेको बैठकमा उनले दुई दिन गरी ४ घन्टासम्म बोलेका थिए।

पदाधिकारी चयन गर्नुपूर्व बसेको सो बैठकमा गच्छदारले कांग्रेससँग जोडिएको आफ्नो पृष्ठभूमि त उठाए नै, भद्र सहमतिको प्रसंग पनि उठाएका थिए। उनी बोल्दै गर्दा सभापति शेरबहादुर देउवाले ‘उपसभापति पाउनुहुन्छ’ भन्दै थमथमाएका थिए।

तर, केन्द्रीय कार्यसमितिको बैठक सकियो। लगत्तै निर्वाचित केन्द्रीय सदस्यको बैठक पनि बस्यो। देउवाले उपसभापतिमा विमलेन्द्र निधिलाई मनोनित गरे। उपसभापति बन्नका लागि गच्छदारलाई विधान बाधक बन्यो। कांग्रेस विधान अनुसार निर्वाचित केन्द्रीय सदस्यलाई मात्रै पदाधिकारीमा मनोनयन गर्नुपर्ने प्रावधान छ।

त्यसपछि गच्छदारको असन्तुष्टि थप चुलिँदै गएको छ। त्यसको उच्च रुप उनले सोमबारको एउटा कार्यक्रममा देखाए। आफूसँगै आएका कार्यकर्ताको ९ महिनासम्म समायोजन हुन नसेकोमा उनी आक्रोशित थिए। उनले फोरम लोकतान्त्रिकबाट आएका आफ्ना कार्यकर्तालाई पार्टीमा जिम्मेवारी नदिने हो भने पार्टी फुट्नसक्ने चेतावनी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘झापादेखि कञ्चनपुरसम्म रहेका कार्यकर्ताको विचल्ली छ’, गच्छदारले भने, 'नेतृत्वले आफूसँगै आएका कार्यकर्ताको यथोचित समायोजन नगरे कार्यकर्ता राजधानीमा उतार्न बाध्य हुन्छु।'

कांग्रेससँगको एकीकरणले आफू पक्षका सबै नेता पराजित हुनु, पूर्वसहमति अनुसार उपसभापतिको पद नदिनु र भ्रातृ संगठनहरुको समायोजन नहुनुले गच्छदार पार्टी नेतृत्वसँग थप चिढिएका हुन्। ‘मेरो नेतृत्वमा कांग्रेस आएका कार्यकर्ता कहाँ छन्? म कहाँ छु,' उनले नेतृत्वलाई प्रश्न गरे।

पदाधिकारीसहित शीर्ष नेताहरुको मंगलबारको बैठकमा फोरम लोकतान्त्रिकबाट प्रवेश गरेका नेता कार्यकर्तालाई समायोजन गर्नेबारे छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। केन्द्रीय कार्यसमिति, महासमिति, प्रदेश र गाउँ/नगरमा छिटै समायोजन गरिने उनले जानकारी दिए। 

कार्यकर्ता समायोजनको विषय मात्रै नभएर अन्य कारणले पनि गच्छदारलाई कांग्रेससँगको एकीकरणले पश्चाताप हुँदै गएको उनी निकटका नेताहरु बताउँछन्। गच्छदारले गत चुनावमा कांग्रेसका कार्यकर्ताले नै भोट नदिएकाले आफूले कम मतान्तरले मात्रै जितेको बताए। आफूलाई मिनिमाइज गरिएको भन्दै उनले भने, ‘कांग्रेसहरुले नै भोट नदिएकाले कम मतान्तरले चुनाव जितेँ।’

एकीकरणपछि कांग्रेस प्रवेश गरेकाहरुमा गच्छदारबाहेक अन्य नेता प्रतिनिधिसभाको चुनावमा विजयी हुन सकेका थिएनन्। गच्छदारका विश्वास पात्र मानिने रामजनम चौधरीले कैलालीबाट चुनाव हारे। गोपाल दहित, मंगल थारु, देवीप्रसाद चौधरी, पुरन चौधरी, भक्तिनाथ माझी, गणेश लामा र सुबोध पोखरेलले पनि पराजयमा चित्त बुझाउनुपरेको थियो। 

अर्कोतिर, कांग्रेससँग एकीकरण गरेकाले सरकारमा जान पाउने अवसर पनि गुमेकाले गच्छदार चिढिएका छन्। केपी शर्मा ओली र प्रचण्डले कांग्रेससँग एकता गरेर केही प्राप्त नहुने आफूलाई बताएको गच्छदारले स्मरण गरे। ‘उनीहरुसँग चुनावी गठबन्धन गरेको भए ८-१० सिट आउने थियो’, उनले थपे, ‘कांग्रेस बाहिर रहेर पनि स्थापित थिएँ। एकता नभएको भए सरकारमा हुन्थें।’

१० वर्षपछि कांग्रेसमा फर्कंदा कांग्रेस १० गुणाले बिग्रिसकेको भन्दै गच्छदारले चिन्ता प्रकट गरे।

विश्लेषक पुर्षोत्तम दाहाल राजनीतिमा धेरै विषयमा 'नेगोसिएसन' हुने भन्दै दुई पार्टीबीचको सहमतिलाई चुनावी रणनीतिको ‘गिभ एन्ड टेक'का रुपमा बुझ्नुपर्ने बताउँछन्। उनले पार्टी एकीकरणका क्रममा कुनै नदेखिएका सहमति भएका भए गच्छदारले खोल्नुपर्ने सुझाव दिए।

पार्टी फुटाए पनि गच्छदारको संसदीय हैसियत नरहने हुनाले दलको गुटहरुलाई चेतावनी दिनको लागि विषयान्तर गरेको हुनसक्ने दाहालले आँकलन गरे। गच्छदारले दल फुटाउने हिम्मत गर्न नसक्ने उनको तर्क छ। 

गच्छदारको सत्ता आरोहण क्रम 

०६४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरममा प्रवेश गर्नुअघि कांग्रेसका चर्चित नेताका रुपमा रहेका गच्छदारले सत्ताको स्वाद पटक-पटक लिएका थिए। ०६६ सालमा उनले फोरम फुटाएर लोकतान्त्रिक फोरम गठन गरेका थिए। त्यसपछि पनि उनी सत्ताबाट खासै टाढा रहनु परेन।

सत्ता र शक्तिका लागि सधैं अघि रहेका गच्छदार १२ पटक मन्त्री बनिसकेका छन्। उनले गृहमन्त्री, स्थानीय विकास मन्त्री, यातायात, भौतिक तथा योजना, जलस्रोज, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री, सञ्चार राज्य मन्त्रीका रुपमा महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसकेका छन्। उनी तीन-तीन पटक निर्माण तथा यातायातमन्त्री र भौतिक तथा योजनामन्त्री बनेका थिए। त्यस्तै, दुई पटक जलस्रोत मन्त्रीसमेत भएका थिए।

गच्छदारको मन्त्रालय यात्रा

•    सञ्चार राज्यमन्त्री, अवधिः १५ पुस ०४८ देखि १४ मंसिर ०५१ सम्म (प्रधानमन्त्रीः गिरिजाप्रसाद कोइराला)

•    निर्माण तथा यातायातमन्त्री, अवधिः ६ असोज ०५२ देखि २९ फागुन ०५३ सम्म (प्रधानमन्त्रीः शेरबहादुर देउवा)

•    निर्माण तथा यातायातमन्त्री, अवधिः १८ मंरि ०५४ देखि २ वैशाखदेखि ०५५ सम्म (प्रधानमन्त्रीः सूर्यबहादुर थापा)

•    निर्माण तथा यातायात मन्त्री, अवधिः ८ वैशाख ०५५ देखि २७ फागुन ०५६ (प्रधानमन्त्रीः गिरिजाप्रसाद कोइराला)

•    पर्यटन तथा नागरिक उड्ययन मन्त्री, अवधिः १७ जेठ ०५६ देखि २७ फागुन ०५६ सम्म (प्रधानमन्त्रीः कृष्णप्रसाद भट्टराई)

•    जलस्रोतमन्त्री, अवधिः २७ फागुन ०५६ देखि ८ चैत ०५६ (प्रधानमन्त्रीः कृष्णप्रसाद भट्टराई)

•    जलस्रोतमन्त्री, अवधिः ११ साउन ०५८ देखि १९ असोज ०५९ सम्म (प्रधानमन्त्रीः शेरबहादुर देउवा)

•    भौतिक योजना तथा निर्माण मन्त्री,अवधिः १५ भदौ ०६५ देखि ११ जेठ ०६६ सम्म (प्रधानमन्त्रीः पुष्पकमल दाहाल)

•    उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री, अवधिः ११ जेठ ०६६ देखि १२ भदौ ०६८ सम्म (प्रधानमन्त्रीः माधवकुमार नेपाल)

•    उपप्रधान तथा गृहमन्त्री, अवधिः १२ भदौ ०६८ देखि १ चैत ०६९ सम्म (प्रधानमन्त्रीः डा बाबुराम भट्टराई)

•    उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, अवधिः २४ असोज ०७२ देखि ९ साउन ०७३ सम्म (प्रधानमन्त्रीः केपी शर्मा ओली)

•    उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री, अवधिः २५ वैशाख २०७४ देखि २३ जेठ २०७४ सम्म (प्रधानमन्त्रीः पुष्पकमल दाहाल)

प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  ००:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्