• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

'गृहमन्त्रीको आदेश'मा ट्रमा सेन्टरका डाक्टरलाई 'अपहरण शैली'मा गृह मन्त्रालय लगियो, गलत मेडिकल रिपोर्ट बनाउन दबाब

64x64
नेपाल लाइभ बुधबार, असार २७, २०७५  १६:०२
1140x725

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’को आदेशमा वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरमा कार्यरत एक डाक्टरलाई 'अपहरण शैली'मा गृह मन्त्रालय लगेर धम्की दिइएको छ।

अस्पतालको ओपिडीमा बिरामी जाँचिरहेका डा भोजराज अधिकारीलाई मंगलबार दिउँसो गृह मन्त्रालयकै गाडीमा मन्त्रालय लगेर धम्की दिइएको हो। डा अधिकारीलाई गलत मेडिकल रिपोर्ट बनाउन दबाब दिइएको छ। 

'मन्त्रालयमा गृहमन्त्रीले बोलाएको छ' भनेर करिब १ घन्टा राखेपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी पथिकले गलत रिपोर्ट ‘बनाउनुहोस्’ भन्दै दबाब दिएका हुन्।

डा अधिकारीले ३४ वर्षभन्दा लामो चिकित्सकीय अभ्यासका क्रममा ‘मेडिकल इथिक्स’भन्दा बाहिर बसेर काम नगरेको भन्दै गलत रिपोर्ट नबनाउने अडान राखेपछि छाडिएको थियो। 

डा अधिकारीले गृहमन्त्रालयमा आफूलाई कैदीलाई झैँ केरकार गरिएको बताए। ‘उहाँहरुले मलाई निकै तनाव दिनुभयो। प्रहरीले कैदीलाई केरकार गरेझैँ गर्नुभयो,’ डा अधिकारीले भने, ‘यसले मलाई निकै चित्त दुखेको छ। गृहमन्त्रीको सल्लाहकारले मलाई हाम्रो महान् योद्धाहरुले भने अनुसारकै रिपोर्ट बनाउनुहोस् भन्दै निर्देशनात्मक आदेश दिए।’

डा अधिकारीले आफूले आजसम्म चिकित्सकीय मर्यादा विपरीत काम नगरेका कारण यो कुरामा पनि जे सत्य हो त्यही लेख्छु भनेर जानकारी दिएको बताए। 

डा अधिकारीलाई मन्त्रालयमा बोलाइएको विषय सल्लाहकार सुवेदीले समेत स्वीकार गरे। उनले सुरुमा यो कुरा सक्किसकेको भन्दै कुराकानी गर्न मानेका थिएनन्। तर, ‘तपाईंहरुले गलत मेडिकल रिपोर्ट बनाउन दबाब दिनुभएछ नि’ भन्ने प्रश्नपछि उनले कुराकानी गरेका थिए। 

‘सामान्य छलफलका लागि बोलाइएको हो, उहाँसँग राम्रै कुरा भएको छ। गलत भएको छैन,’ उनले भने, ‘घाइतेहरुको विषयमा कुराकानी भएको हो। गलत रिपोर्ट किन बनाउने हो र सही रिपोर्ट नै बनाउने हो नि। यो कुरा सिद्धिहाल्यो नि अब। केही छैन, अब यो विषयमा उतै कुरा गर्नुहोस्।’

Ncell 2
Ncell 2
nimb
nimb

बिरामी जाँचिरहेको अवस्थामा ‘अपहरण शैली’मा मन्त्रालय लगेर अनावश्यक दबाब दिएपछि डा अधिकारीले ट्रमा सेन्टरमा मानसिक तनाव दिइएको भन्दै निवेदन दिएका छन्। डा अधिकारीको निवेदनपछि अस्पतालले अर्को व्यवस्था नभएसम्मका लागि मेडिकल रिपोर्ट नबनाउने र अपाङ्गता सिफारिस नगर्ने निर्णय गरेको छ। 

यस्तो छ घटनाक्रम

मंगलबार मध्याह्न साढे १२ बजेतिर ओपिडीमा बिरामी जाँचिरहेका डा अधिकारीको कोठामा ८-१० जनाको हुल छिरेको थियो। उनीहरुले ओपिडीको चुकुल लगाउँदै डा अधिकारीलाई 'द्वन्द्वकालका घाइतेहरुको अपाङ्गताको रिपोर्ट बनाइदिनुहोस्' भन्दै दबाब दिए। उनीहरुले डा अधिकारीलाई 'हामीले जे भन्छौँ त्यही रिपोर्ट बनाउनुहोस्' भनेका थिए। डा अधिकारीले जे भन्यो त्यही होइन, जे सत्य छ त्यही बनाउँछु भन्ने जवाफ दिएको बताए। 

खाजा खाने समय भएका कारण अरु डाक्टर निस्किसकेका थिए। डा अधिकारी पनि त्यसपछि खाजा खान भन्दै निस्किए। करिब २ बजेतिर डा अधिकारीलाई गृहमन्त्रालयबाट फोन आयो। गृहमन्त्रीले भेट्न खोज्दै हुनुहुन्छ भनेर फोनमा भनेपछि डा अधिकारीले हुन्छ भने।

त्यसको केही समयपछि डा अधिकारीलाई लिन गृह मन्त्रालयबाट नै गाडी आयो। डा अधिकारीले गृहमन्त्रालयमा बोलाइएको जानकारी अस्पतालका निर्देशक र विभागीय प्रमुखलाई गराए। त्यसपछि उनलाई गृहमन्त्रालय पुर्‍याइयो। करिब १ घन्टा कुराइएपछि उनलाई गृहमन्त्रीका सल्लाहाकार सुवेदीले 'हाम्रा साथीहरुले भनेझैँ रिपोर्ट बनाउनुपर्यो, हाम्रा महान् योद्धाहरुले भने अनुसार नै गर्नुहोस्' भन्दै दबाब दिए। 

डा अधिकारीले आफूले ३४ वर्षसम्म गरेको काम बुझ्नुहोस्, म जे सत्य हो त्यही काम गर्छु भन्ने जवाफ दिए। डा अधिकारीलाई गृहमन्त्रीसँग पनि भेट गराइएन। त्यसपछि उनलाई छाडियो।

प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्