काठमाडौं– राजधानीको सडकमा आतंक बनेका टिप्पर बेलुका मात्र चलाउन पाइने भएको छ। दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र उपत्यकाका तीन जिल्लामा टिप्पर चलाउने व्यवस्था गर्न निर्देशन दिएको छ।
उपत्यकाका तीनै जिल्लाका सिडिओ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई मन्त्रालयले बुधबार यस्तो निर्देशन दिएको हो।
टिप्परको ठक्करबाट हरेक हप्ताजसो राजधानीमा मोटरसाइकल तथा स्कुटरमा सवार व्यक्तिको मृत्यु भइरहेको छ। तिव्र गतिमा लापरबाह तरिकाले चलाउने भएकाले टिप्परका कारण दुर्घटना बढेको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।