• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

असार मसान्त : इञ्जिनियरको असुली मौसम

64x64
नेपाल लाइभ बुधबार, असार २७, २०७५  ११:५६
1140x725

काठमाडौैं– आर्थिक वर्ष सकिन यतिबेला देशभरिका सरकारी कार्यालयहरुमा बजेट खर्च गर्ने हतारो छ। कार्यालय प्रमुखहरु फाइल सदर गर्न तथा लेखापालहरु चेक काट्न व्यस्त छन्। यही समय कतिपय सरकारी इञ्जिनियरका लागि पैसा असुलीको मौसम हुने गर्छ। 

पछिल्ला ५ दिनमा ५ जना इञ्जिनियर घुससहित पक्राउ पर्नुले उनीहरु ठेकेदारसँग घुस उठाउन व्यस्त रहेको दर्शाउँछ। आर्थिक वर्षको पुछारमा ठूलो रकम भुक्तानी हुने भएकाले यतिबेला देशभरका कार्यालयहरुमा ठूलो मात्रामा घुसको लेनदेन चलिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरु बताउँछन्। 

अख्तियारले विभिन्न जिल्लाबाट ५ जनालाई पक्राउ गरिसकेको छ। विद्यालयको भवन निर्माणको बिल स्वीकृतिदेखि सडक निर्माणसम्मका काममा घुस लिँदालिँदै इञ्जिनियरहरु पक्राउ परेका हुन्। कुनै पनि निर्माणको काम इञ्जिनियरबाट स्वीकृत भएपछि मात्र भुक्तानी हुने भएकाले नियतवश स्वीकृत नगरी घुस असुल्ने प्रवृत्ति देखिएको अख्तियार स्रोत बताउँछ। 

एकै दिन तीन इञ्जिनियर पक्राउ

गत असार २२ गते अख्तियारले तीन जना इञ्जिनियरलाई घुससहित पक्राउ गर्‍यो। 

केन्द्रीय कार्यालयबाट खटिएको टोलीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका इञ्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार रुपैयाँ घुससहित पक्राउ गर्‍यो। उनले ३० लाख रुपैयाँको बिल पास गरिदिए वापत सो घुस लिएका थिए। खनालले एक खानेपानी आयोजनाको उपभोक्ता समितिको ३० लाख बराबरको बिल पास गरेका थिए। त्यसलाई स्वीकृत गर्न उनले घुस लिए लगत्तै धुलिखेलको हिमालयन यती कफी सपबाट अख्तियार टोलीले पक्राउ गरेको हो। 

३ करोड ५९ लाख रुपैयाँको बजेट पाएको सो खानेपानी आयोजनाले ३० लाख रुपैयाँ बराबरको काम पूरा गरेको थियो। घुस मागेपछि उपभोक्ताहरुले अख्तियारलाई खबर गरेर घुस दिएसँगै इञ्जिनियर खनाल रकमसहित समातिए। 

सोही दिन बाँकेको डुडुवा गाउँपालिकाका इञ्जिनियर तेजराज खड्का घुससहित पक्राउ परे। माटो पुर्ने तथा ग्राबेल सडक निर्माण कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि ठेकेदारसँग एक लाख घुस लिए लगत्तै अख्तियारको कोहलपुर कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका विपी चोकबाट उनलाई पक्राउ गरेको थियो।  

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, जिल्ला प्राविधिक कार्यालय गौर रौतहटका इञ्जिनियर अजयकुमार ठाकुर पनि २२ गते नै पक्राउ परे। विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भएपछि अन्तिम भुक्तानीका लागि बिल कागजात तयार पार्ने प्रयोजनका लागि उनले ठेकेदारसँग ४५ हजार रुपैयाँ घुस लिएका थिए। घुस दिए मात्र फाइल स्वीकृत गरिदिने उनको प्रस्ताव थियो।  

त्यस्तै, असार २५ गते आइतबार जिल्ला प्राविधिक कार्यालय, जाजरकोटका इञ्जिनियर अञ्जयकुमार देवलाई आयोगले पक्राउ गर्‍यो। सिंचाइ आयोजनाको कार्य सम्पन्न प्रतिवेदन बनाउने प्रयोजनका लागि उनले ८० हजार रुपैयाँ घुस मागेका थिए। 

यसपछि मंगलबार साँझ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सव–इञ्जिनियर लोकेन्द्र थापा ५ लाख घुससहित पक्राउ परे। 

प्राधिकरणको जिल्ला आयोजना कार्यालय (शिक्षा) नुवाकोटमा कार्यरत थापाले नुवाकोटको दुप्चेश्वर– ४ स्थित महेन्द्र प्राविको भवन निर्माणको बिल स्वीकृतिका लागि घुस मागेका थिए।प्राधिकरणले सो विद्यालय निर्माणका लागि ६७ लाख रुपैयाँ बजेट दिएको थियो। त्यसमध्ये २२ लाख भुक्तानी हुन बाँकी थियो। सो रकम भुक्तानीका लागि उनले ठेकेदारसँग सुरुमा १० लाख घुस मागे पनि पछि ५ लाखमा कुरा मिलेको थियो। 

इञ्जिनियर थापाले पैसा मागेर दुःख दिएपछि ठेकेदारले अख्तियारलाई सूचना दिएर घुस दिएका हुन्। सामाखुसीको रातो भाले रेस्टुरेन्टमा घुस लिएलगत्तै सव-इञ्जिनियर थापालाई आयोगको टोलीले पक्राउ गरेको हो। उनी करारमा नियुक्त कर्मचारी हुन्। 

अहिले सरकारी कार्यालयहरुमा बिल स्वीकृति र भुक्तानीको काम चलिरहेको अवस्थामा यस बेला धेरै घुस लेनदेन हुने भएकाले ५ दिनमा ५ जना इञ्जिनियर पक्राउ परेको अख्तियारका प्रवक्ता सह-सचिव रामेश्वर दंगाल बताउँछन्। 

अख्तियारले दोलखाको कालिञ्चोक गाउँपालिका–९ नम्बरको वडा कार्यालयका सव–इञ्जिनियर रामनरेश यादव विरुद्ध गत शुक्रबार मुद्दा दायर गरेको थियो। भूकम्प पीडितले प्राप्त गर्नुपर्ने दोस्रो किस्तावापतको रकमको सिफारिस गर्ने क्रममा एक भूकम्पपीडितसँग उनले ९ हजार रुपैयाँ घुस लिएका थिए।

गत असार १७ गते बाँकेको बैजनाथ गाउँपालिका इञ्जिनियर मजिद खाँ पनि घुससहित पक्राउ परेका थिए। माटो पुर्ने तथा ग्राबेल सडक निर्माण कार्य सम्पन्न प्रतिवेदन तयार पार्न उनले २५ हजार घुस लिएका थिए। उनलाई अख्तियारको कोहलपुर कार्यालयबाट खटिएको टोलीले कोहलपुर– ४ मदनचोकबाट घुस रकमसहित पक्राउ गरेको थियो।  

किन बदनाम भए इञ्जिनियर?

कमिसन लिने प्रवृत्तिका कारण सरकारी सेवामा कार्यरत इञ्जिनियरहरुको छवि राम्रो छैन। पछिल्लो समयका यी घटनाले पनि इञ्जिनियरहरुको कमिसनमोहन थप प्रस्ट्याएको छ।

अख्तियारका प्रवक्ता दंगाल आर्थिक वर्षको अन्तिममा विकास-निर्माणको फरफारकमा इञ्जिनियरहरुकाे मुख्य भूमिका हुने भएकाले उनीहरु पक्राउ परेको बताउँछन्।

आयोगका एक अधिकारीका अनुसार, प्रतिस्पर्धामा भएका टेन्डरमा घुस लिने इञ्जिनियरहरु मात्र पक्राउ परेका हुन्।

‘विकास-निर्माणका धेरैजसो ठेक्का मिलेमतोमा हुने भएकाले त्यसमा हुने गोप्य लेनदेनका कुरा हामीसम्म आइपुग्दैन', आयोगका एक कर्मचारी भन्छन्, ‘प्रतिस्पर्धामा हुने ठेक्कामा भने इञ्जिनियरले फाइल रोकेर पैसा असुल्न खोज्छन्, त्यसमध्ये केही उजुरी हामीकहाँ आउने हुन्।’

सरकारले समयमा काम नगरेको तथा गुणस्तरहीन काम गरेको भनेर गत महिना त्यस्ता ठेकेदारहरुलाई पक्राउ गरेर कारबाही थालेको थियो। इञ्जिनियरका पछिल्ला घुसकाण्डले विकास-निर्माणमा हुने ढिलासुस्ती तथा अनियमिततामा कर्मचारीको मिलेमतो पनि देखिन्छ।

एक निर्माण व्यवसायी भन्छन्, ‘कर्मचारीलाई भाग नछुट्याई कामै गर्न सकिँदैन, कतिपय ठेक्कामा घाटा पनि हुन्छ। त्यस्तो अवस्थामा समेत भुक्तानी पाउन कर्मचारीलाई ऋण लिएर भए पनि घुस खुवाउनुपर्ने हुन्छ।’

पैसा नदिएसम्म उनीहरुले सम्झौता अनुसार काम नभएको भन्दै भुक्तानी रोक्ने गरेको ती व्यवसायी बताउँछन्।

ठूला ठेक्काहरुमा कर्मचारीले कति प्रतिशत पाउने भन्ने सुरुमै तय हुन्छ। जसमा ५ देखि ८ प्रतिशत भाग कर्मचारीलाई छुट्याइने गरिएको छ। सिन्डिकेटमा हुने ठेक्कामा त्यो प्रतिशत अझ धेरै हुने गर्छ।   

प्रकाशित मिति: बुधबार, असार २७, २०७५  ११:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्