• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

टेस्ट टोलीविरुद्ध आत्मविश्वासी नेपाल 

64x64
दीप सुवेदी बिहीबार, वैशाख २२, २०७९  ०८:३५
1140x725

काठमाडौं– ‘सिरिज त जित्न सक्दैनौं। तर, कम्तिमा बराबरी चाहिँ पक्कै गर्न सक्छौं।’ सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल रद्द भएपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने यस्तै भन्दै थिए। 

तीन टी२० अभ्यास खेल अन्तर्गत आइतबार भएको पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र जिम्बावे ‘ए’ विरुद्ध राम्रो खेल प्रदर्शन गर्दै १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, दोस्रो इनिङ्समा कप्तान सन्दीपको बलिङको लय बिग्रिँदा नेपाल ६ विकेटले पराजित हुन पुग्यो।

उक्त खेलमा सन्दीप एक्लैले ४ ओभर बलिङ गर्दै ५० रन खर्चिएका थिए। पहिलो खेलमा नमिठो पराजय भोगेको नेपाल दोस्रो खेलमा पनि आत्मविश्वासी देखिएन। वर्षका कारण खेल रद्द हुनु अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले ४.३ ओभरमै दुई विकेट गुमाउँदै ४८ रन बनाइसकेको थियो।

ब्याटिङका लागि राम्रो मानिने पिचमा प्वारप्लेमै यतिको रन दिएपछि २०० माथिको स्कोर बन्ने लगभग निश्चित थियो। तर, खेल वर्षका कारण रोकियो र करिब १ घण्टापछि म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनयकुमार झाको टोलीले मैदान निरीक्षण गर्दै खेल रद्द भएको जानकारी दिए। 

पहिलो खेलमै नमीठो हार ब्यहोरेका सन्दीपले त्यसपछि सञ्चारकर्मीहरूको अगाडि उपस्थित हुँदा लामो सास फेरे। र, भने,‘सिरिज जोगाउन कुनै दबाब छैन। एउटा खेल थियो, दुर्भाग्य आजको खेल पानीको कारण रद्ध भयो। पक्कैपनि हामी सिरिज जित्न त सक्दैनौं। तर, बुधबार हामी राम्रो प्लानको साथ आउने छौं।’

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोली राम्रो प्लानसहित उत्रिएको प्रष्ट देखिन्थ्यो। टस हारेर पहिला ब्याटिङको निम्तो दिएको जिम्बावेविरुद्ध सोमपाल कामी र बसिर अहमद घातक साबित भए। 

खेलमा नेपालले पावरप्लेमा दुई विकेट लिएको थियो। नेपालका लागि तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले १४ रन बनाएर खेलिरहेका इनोसेन्ट काइयाको विकेट लिए। त्यसलगत्तै चौंथो ओभरमा करण केसीले क्लाइभ मडान्डेको अर्को महत्त्वपूर्ण विकेट लिए। १०औं ओभरसम्म संयमित भएर खेलेको जिम्बावेको तेस्रो विकेट जाँदा भने रन जम्मा ७२ रहेको थियो।

त्यसपछि जिम्बावेले पुनरागमन गर्न सकेन। सोमपालले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए। बसिरले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। जिम्बावेले ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो। 

Ncell 2
Ncell 2
nimb
nimb

ब्याटिङको लागि राम्रो मानिने त्रिविको पिचमा यो कुनै राम्रो स्कोर थिएन। जिम्बावेका रोय किआले सर्वाधिक ४९ रन बनाए। तर, अन्य ब्याटरले राम्रो खेल प्रदर्शन गर्न सकेनन्। जवाफमा १३७ रनको सामान्य लक्ष्य पाएको नेपालले जितसम्म पुग्न हतारो देखिन्थ्यो। बलरले जितका लागि बलियो आधार बनाएपछि ब्याटरले त्यही अनुसार ब्याटिङ गरे।

नेपालले विजयी रन १५.५ ओभरमै पूरा गर्‍यो। त्यसमा क्रममा २ विकेट गुमाएर १ सय ३८ रन बनायो। यस्तोमा नेपालको जित सहज रह्यो। र, सिरिज १–१ को बराबरीमा सकियो। ‘नेपालले जिम्बाब्बेलाई १३६ रनमा रोक्नु राम्रो प्रदर्शन थियो। हामीले प्लान गरेको अनुसार नै भयो,’ खेलपछि सन्दीपले भने, ‘आजको खेलमा फास्ट बलरहरुले राम्रो गरे। पावरप्लेमा जसरी प्रेसर दिएर खेले त्यो साँच्चिकै स्रहानीय थियो।’

आसिफको परिपक्व प्रदर्शन 
नेपालको जितको नायक रहे प्रारम्भिक ब्याटर आसिफ शेख र कुशल भुर्तोल। आशिफले अविजित रहँदै सर्वाधिक ८७ रनको इनिङ्स खेले। उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गरे। 

यता, अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए। पहिलो विकेटका लागि आसिफ र कुशलले ९.३ ओभरमा ८८ रनको साझेदारी गर्दै जितको आधार सहज बनाएका थिए। जितपछि प्रशिक्षक पुबुदु दाशानायकेले ओपनर विकेटकिपर ब्याटर आसिफले राम्रो प्रदर्शन गरेको भन्दै प्रशंसा गर्न समेत भ्याए।

Xtrem

Xtrem

‘आसिफ हाम्रो लागि एउटा उत्कृष्ट खेलाडी हुन्। तीन महिनायता हाम्रा ओपनर ब्याटरहरुले क्षमता भएर पनि रन बनाउन सकेका थिएनन्। आज उनले उत्कृष्ट इनिङ्स खेले,’ उनले भने।

पक्कै पनि आसिफले विश्वकप छनोटयता राम्रो खेल प्रदर्शन गर्न सकेका थिएनन्। यता, घरेलु मैदानमा पपुवा न्यूगिनी र मलेसियासँग भएको टी२० त्रिकोणात्मक सिरिजमा पनि उनले राम्रो खेल प्रदर्शन गर्न सकेनन्। तर, बुधबार उनी आफ्नो पुरानो लयमा फर्किए। उनले टेस्ट राष्ट्रविरुद्ध कुनै गल्ती नगरि राम्रो खेल प्रदर्शन गरे र जितको आधार खडा गरे।

त्यसैले उनी खेलको ‘प्लेयर अफ द म्याच’ पनि भए। तर, जितको श्रेय आफूले मात्र लिएनन्, बलरलाई पनि दिन भ्याए। ‘हामीले टेस्ट मान्यताप्राप्त देशविरुद्ध राम्रो खेल्यौं। यसको श्रेय बलरलाई दिनुपर्छ। पिच राम्रो थियो, त्यसैले लक्ष्य पछ्याउन सक्ने विश्वास थियो। विशेषतः पावरप्लेमा कुशल र मैले राम्रो गर्न सक्यौं,’ उनले भने।

अबको ध्यान जितमै
नेपाली क्रिकेट टिम पहिलो टी२० खेलमा जिम्बावे ‘ए’ सँग पराजित हुँदा धेरैको विश्लेषण थियो, टेस्ट खेल्ने देशको प्रदर्शन नै बेग्लै। हुन पनि जिम्बावेका खेलाडीको प्रदर्शन खुबै राम्रो थियो। तर, अन्तिम तथा महत्त्वपूर्ण खेलमा जिम्बावेको ब्याटिङ चल्न सकेन। न त बलिङ नै चल्न सक्यो। यस्तो अवस्थामा नेपालले जिम्बावेलाई खेल अवधिभर दबाबमा राखिरह्यो।  

‘यो खेल आगामी दिनको महत्त्वपूर्ण शिक्षा हो। खेलमा हामीले सामान्य भुलमात्र गरेको भए खेल उनीहरूको पक्षमा मोडिन सक्थ्यो। मलाई लाग्छ हाम्रो खेलाडीहरूले यो खेलबाट धेरै सिकेका छन्। आउने दिनहरूमा हुने प्रतियोगितामा यो खलले धेरै पाठ सिकाएको छ,’  पुबुदुले भने।

तीन टी२० अभ्यास खेलपछि नेपालले जिम्बावेसँग त्रिविमै तीन एकदिवसीय खेल खेल्ने छ। जसको लागि नेपाल क्रिकेट संघ क्यानले टोलीको घोषणा गरिसकेको छ।

नेपाली टोलीमा ओपनर सुनिल धमालाले पुनरागमन गरेका छन्। धमला एकदिवसिय खेलाडी हुन्। तर, २०१७ पछि नेपाली टोलीबाट खेलेका छैनन्। धमलालाई नेपाली राष्ट्रिय टोलीमा पुनरागमन गर्ने राम्रो अवसर हुनेछ। यता, टोलीमा सुसन भारी, विनोद भण्डारी र किशोर महतोले पनि पुनरागमन गरेका छन्। 

यस्तै, युवा अलराउन्डर आदिल अन्सारी पहिलो पटक एकदिवसीय टोलीमा परेका छन्। यसअघि उनी टी२० टिममा थिए। मुख्य प्रशिक्षक पुबुदुले आफ्नो टोलीमा युवा खेलाडीको समिश्रण रहेकाले एकदिवसीय सिरिजमा पनि राम्रो गर्नेमा आशावादी रहेको बताए।

‘हामीले आउँदो ५० ओभरको सिरिजका लागि नयाँ खेलाडी प्रयोग गर्नेछौं। अहिले देखिएका युवा खेलाडीबाट म साँच्चै नै प्रभावित छु। केहीमा ‘ट्यालेन्ट’ छ। टेस्ट राष्ट्रसँग उनीहरु ‘एक्सपोजर’को लायक छन्,’ मुख्य प्रशिक्षक पुबुदुले भने।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सबाट खेल्ने... आइतबार, असोज १८, २०८३
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो । शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह बुधबार, असोज २१, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्