• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विमानस्थलभित्रै भवन बनाउँदै सुन तस्करीका अभियुक्त

64x64
नेपाल लाइभ मंगलबार, असार २६, २०७५  १०:०८
1140x725

काठमाडौं– ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ परेका एक अभियुक्त त्रिभुवन विमानस्थलभित्रै भवन बनाइरहेका छन्। सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका विमल पोद्दारले विमानस्थलभित्र भवन निर्माण गरिरहेका हुन्। 

त्रिभुवन विमानस्थलको इन्टरनेसनलतर्फ आगमन क्षेत्रका लागि नयाँ संरचना निर्माण भइरहेको छ। जहाँ पोद्दारको समूहलाई ५० रोपनी जग्गा ३० वर्षका लागि लिजमा दिइएको छ। पोद्दार भारतीय नागरिक हुन्।

उक्त जग्गामा अहिले भवन निर्माण अन्तिम चरणमा पुगेको छ। संगठित रुपमा ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका व्यक्तिले विमानस्थलमा भवन बनाएपछि सुरक्षा खतरा झन् बढेको प्रहरी अधिकारीहरु बताउँछन्। 

उक्त ५० रोपनी जग्गा त्रिभुवन विमानस्थलले ६ वर्षअघि रसुवा केडी ज्वाइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो। २०५९ कात्तिक २ गते विमानस्थलले सो कम्पनीसँग सम्झौता गरेको थियो। पोद्दारसहित आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा र नेपाली कांग्रेसका सांसद मोहन आचार्य मिलेर सो ठेक्का हात पारेका हुन्।  

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री रसुवा केडी ज्वाइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिइएको भए पनि उक्त कम्पनीका व्यक्तिहरुबारे आफूलाई थाहा नभएको बताउँछन्। आफू महाप्रबन्धक हुनुअघि नै त्यससम्बन्धी ठेक्का दिइएकाले विस्तृत जानकारी नभएको उनको भनाइ छ।

‘मैले पनि विमल पोद्दारको समूहले सो ठेक्का पाएको हो भन्ने सुनेको हुँ’, उनले भने। 

सुन तस्करीबारे छानबिन गर्न सरकारले गठन गरेको ‘विशेष अनुसन्धान टोली’ ले पोद्दारलाई गत असार ५ गते पक्राउ गरेको थियो। तस्करी गिरोहसँग उनको संलग्नता खुलेपछि टोलीले उनी विरुद्ध पनि संगठित अपराध मुद्दा चलाउन मोरङ पठाएको हो। 

‘५ वर्षसम्म एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी गर्नेले विमानस्थलभित्रै भवन बनाएपछि के-के गर्लान्’, विशेष अनुसन्धान टोलीमा रहेका एक अधिकारी भन्छन्, ‘सरकारले यस विषयमा समयमै निर्णय गर्नुपर्छ।’ 

Ncell 2
Ncell 2

पोद्दारको समूहद्वारा विमानस्थलभित्र निर्माणाधीन भवन र पार्किङ स्थल


सो ठेक्कामा संलग्न कांग्रेस सांसद आचार्यले पहिले आफूहरुले मिलेर ठेक्का लिएको र हाल त्यो प्रोजेक्टमा आफू आबद्ध नभएको बताए। रसुवाबाट निर्वाचित सांसद आचार्य निर्माण व्यवसायी पनि हुन्। पोद्दार पक्राउ परेपछि विवादमा आउने डरले उनले आफू संलग्न नभएको बताए पनि उनी त्यसमै आबद्ध रहेको स्रोत बताउँछ। 

पोद्दार डिल्लीबजारस्थित सिल्भर सिटी अर्पाटमेन्टका मालिक समेत हुन्। जहाँ उनले व्यवसायी मल्होत्रासँग साझेदारी गरेका छन्। 

स्रोतका अनुसार, अनुसन्धान टोलीले विमानस्थलको जग्गाको ठेक्काबारे समेत पोद्दारसँग सोधपुछ गरेको थियो। जसमा उनले विमानस्थल कार्यालयमा सेटिङ मिलाएर ठेक्का हात पारेको बताएका थिए।

एकैसाथ ५ सयभन्दा धेरै कारको पार्किङ गर्न मिल्नेगरी सो कम्पनीले पार्किङस्थल पनि बनाइसकेको छ। पार्किङ शुल्क समेत सोही कम्पनीले उठाउनेगरी सम्झौता गरिएको छ। सपिङ कम्प्लेक्स तथा एयरलाइन्सको कार्यालय राख्नेगरी भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ। त्यसवापत अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ७० लाख र भाडाको १५ प्रतिशत पाउने समझदारी भएको छ। जुन निकै न्यूनतम भएको विमानस्थलमा अधिकारीहरु बताउँछन्। 

‘मुख्य विषय त सुरक्षा चुनौती नै हो’, विमानस्थल कार्यालयका ती अधिकारी भन्छन्, ‘सुन तस्करी र हुन्डीको कारोबारमा संलग्न व्यक्तिहरुले विमानस्थलभित्रै भवन बनाएर व्यवसाय गरेपछि यहाँको अवस्था के होला?’

प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्