काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदबाट केपी ओली सरकारले दिएको अवकास गैरकानुनी भएको दाबी गर्दै दिगम्बर झाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
प्राधिकरणमा पुन: नियुक्ति भएको केही महिनामै आफ्नो कुरा भन्न नदिई अवकास दिएको जिकिर झाले गरेका छन्।
प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि एक पटक आफ्ना कुरा राख्ने मौका दिनुपर्नेमा उक्त अवसर पनि नदिएको जिकिर उनले निवेदनमा गरेका छन्।
प्रतिनिधिसभा निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेतले झालाई दोस्रो कार्यकालका लागि प्राधिकरणको अध्यक्ष नियुक्त गरेका थिए।
गत असार २० गतेको मन्त्रिपरिषदले निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालीन देउवा सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।