• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अनसनकै आधारमा सबथोक गर्न थाल्यो भने संसदको औचित्यमाथि प्रश्न उठ्छ : शिक्षामन्त्री पोखरेल

64x64
नेपाल लाइभ सोमबार, असार २५, २०७५  १३:१८
1140x725

काठमाडौं– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसी अनसन बस्दै जाने र सोही अनुसार गर्दै जाने हो भने सार्वभौम संसदको औचित्यमाथि प्रश्न उठ्ने टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा जवाफ दिँदै शिक्षामन्त्री पोखरेलले एमबिबिएसको परीक्षा सुरु हुने समयमा हरेक वर्ष अनसन र चिकित्सा क्षेत्रमा अवरोध जस्ता समस्या देखिने भन्दै सुधारको प्रयास व्यर्थ हुने गरेको बताए। 

चिकित्सा शिक्षा अध्यादेशलाई कानुनी रुप दिन विभागीय मन्त्रीको हैसियतले अन्तिमसम्म प्रयास गरे पनि असफल भएको भन्दै शिक्षामन्त्री पोखरेलले सत्याग्रहीहरु पछाडि हटेको विश्व इतिहास हेर्न आग्रह गरे। चिकित्सा शिक्षा अध्यादेश सरकारले दर्ता गराएको र उक्त अध्यादेशमा आयोगले सम्पूर्ण काम गर्न सक्ने व्यवस्था प्रस्ताव गरेकाले शंका नगर्न आग्रह गरे। 

काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न पाउने वा नपाउने विषय अध्यादेशबाट हटाइएको नभई आयोगले निर्धारण गर्न सक्ने बनाएको भन्दै उनले आयोगलाई विश्वास गर्न आग्रह गरे। 

अनसनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर भएकोबार सरकार जानकार रहेको भन्दै उनले छिटै काठमाडौंमा ल्याउने वातावरण बनाउन पहल गर्न कांग्रेससँग आग्रह गरे। 

यस्तो छ मन्त्री पोखरेलको भनाइको पाठ: 

यहाँ दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव मूलतः दुई वटा विषयमा छलफल गर्न माग गरेको पाएँ। यसअघि जारी भएको अध्यादेश सोही रुपमा ल्याउनुपर्ने र दोस्रो डा गोविन्द केसीको जीवन रक्षाको माग गर्नुभएको छ। 

छलफलमा ४९ जनाले भाग लिँदै आफ्नो कुरा राख्नुभएको छ। सबै कुरामा यहाँ जवाफ दिने कि नदिने भन्ने छ। संसदमा अलि जुहारी हुन्छ, त्यो स्वाभाविक हो। तर, एउटा सही ढंगको छलफल गरेर कसरी हल गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुनुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एउटा नयाँ सहमति वा निष्कर्षमा पुग्नैपर्छ। मैले मन्त्रीको जिम्मेवारी सम्हालेपछि यो अध्यादेश ल्याउँदै मैले प्रतिस्थापनसहित ल्याउने भनेको थिएँ। मन्त्रिपरिषदबाट पनि त्यसैका लागि अनुमोदन गरिएको थियो। विधेयक ढिला आएको हो, म त्यो कुरा स्वीकार गर्छु। २० गते यसलाई टुंग्याउनुपथ्र्यो। मैले सभामुख र प्रतिपक्षसँग कुरा गरेको थिएँ। अलि छोटो बाटोबाट यसलाई किनारा गर्ने विषयमा कुरा राखेको थिएँ, तर सहमति भएन। अन्तर्वस्तुमा विमति राख्दै यसलाई सामान्य विधेयक जाने बाटोबाट अघि बढाउन विपक्षी दलले नै माग गरेको थियो। 

सत्य निरुपण विधेयक नियम निलम्बन गरेरै टुंग्याएको हो। तर, प्रतिपक्ष त्यसमा तयार भएन। २० गतेको म्याद सकिएपछि २२ गते संसद् सचिवालयमा दर्ता भएको छ। अहिले हामी यो विधेयकको प्रक्रिया अन्तर्गत छौं। यसमा छलफल गरेर नै पारित गर्ने कुरामा हामी छौं। विधेयक अक्षरशः ल्याउनुपर्छ भनी प्रतिपक्षका सांसदहरुले जसरी भनिरहनुभएको छ, यथास्थितिमा अगाडि बढ्दैन भन्ने कुरामा यो विधेयकबारे सदनमा व्यापक छलफल हुनेछ। 

२०७१ सालमा बनेको माथेमा कार्यदलले २०७२ असारमा प्रतिवेदन बुझायो। सोही प्रतिवेदनका आधारमा २०७३ असारमा शिक्षाको आठौं संशोधन गरियो। 

माथेमा कार्यदलको प्रतिवेदन तीन वटा विषयमा केन्द्रित छ। सबै माननीयले अध्ययन गर्न जरुरी छ। उक्त प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न उच्चस्तरीय आयोगको परिकल्पना गरेको थियो। विधेयकमा आयोग गठन भनिएको छ। गुणस्तरको आधारमा मेडिकल शिक्षा अगाडि बढाउने कुरा सोही प्रतिवेदनको आधारमा आयोगले गर्ने विषय यो विधेयकमा राखिएको छ। 

विश्वविद्यालय, काउन्सिल लगायतमा एकद्वार प्रणाली हुनुपर्ने कुरा पनि देखियो। विश्वविद्यालयको परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्ने गरेको परम्परा थियो। शिक्षा र स्वास्थ्य फरक मन्त्रालय भए पनि त्योभन्दा माथि आयोग बनाउने कल्पना माथेमा कार्यदलको प्रतिवेदनमा गरिएको थियो। सोही अनुसार विधेयकमा प्रस्ताव गरिएको छ। 

सांसदहरुले पर्याप्त नबुझी पुराना तथ्यांकमा आधारित हुँदै आफ्ना कुरा राख्नुभएको छ। कतिपय विषयहरु कार्यान्वयन भइसकेको छ। त्यसैले पछिल्ला तथ्यांक हेर्नु जरुरी छ। नेपालको विश्वविद्यालयको परीक्षा पास नगरेको व्यक्ति बाहिर पढ्न गएमा काउन्सिलले मान्यता दिँदैन, यो लागू भइसकेको छ। 

अनसन बसेपछि जस्तासुकै सर्तमा पनि हस्ताक्षर गर्ने विगतको बाध्यता अब परिवर्तन हुनुपर्छ। 

डा केसीको स्वास्थ्यका कतिपय सूचक कमजोर देखिएका छन्। उहाँको स्वास्थ्यको विषयमा हामी गम्भीर छौं। न्याम्सबाट डाक्टर जुम्ला जानुभएको छ। हामी चाँडोभन्दा चाँडो डा केसीलाई काठमाडौं ल्याउन चाहन्छौं। यसमा प्रतिपक्षले सहयोग गर्न जरुरी छ। 

डा केसीले गरेको मागका आधारमा गर्दै जाने हो भने सार्वभौम संसदको औचित्यमाथि प्रश्न उठ्छ। सत्याग्रहको पक्षमा रहनुभएका साथीहरुले पछाडि फर्केको विश्व इतिहास हेर्न म आग्रह गर्दछु।  
आयोगमा केसी जस्ता व्यक्ति बस्नुपर्छ। हरेक वर्ष एमबिबिएसको परीक्षा सुरु हुन लागेपछि किन यस्तो अवस्था र परिस्थिति आउँछ? 

प्रतिस्थापन विधेयक ल्याउन अन्त्यसम्म मैले कोसिस गरेकै हुँ। यो कानुनविहीन अवस्थाको चाँडै अन्त्य होस्। दर्ता भएको विधेयकमा प्रतिपक्षसँग सल्लाह गरेर हामी अगाडि बढ्न चाहन्छौं। 
म फेरि पनि आग्रह गर्छु, अनसन बस्नेभन्दा अन्य बाटोमा जाऔं। समाधान गर्न नसकिने कुरा छैन। कांग्रेसको यो प्रस्तावले नयाँ सहमतिको पहल गरोस्।

प्रकाशित मिति: सोमबार, असार २५, २०७५  १३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्