• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पहेँलो सुनको कालो धन्दा : विषयगत स्पष्ट कानुन नहुँदा अपारदर्शी कारोबार मौलायो

64x64
नेपाल लाइभ मंगलबार, असार २६, २०७५  ००:३४
1140x725

काठमाडौं- 

– गत १४ असारमा सर्लाहीको हरिपुर नगरपालिका–९ का ३८ वर्षीय सन्तोषकुमार शाहलाई १ किलो सुनसहित वीरगन्जबाट प्रहरीले पक्राउ गर्‍यो।
–  १६ असारमा भारतीय नागरिकहरु अशोकलाल शाह, चन्द्रमोहन जोशी, दिमक कुमार मोर्रे तथा नेपालीहरु सम्झना शाह र मनोज विक ३ किलो सुनसहित काठमाडौंको नागढुंगामा पक्राउ परे। 
– त्यसको भोलिपल्ट तेन्जिङ तामाङ मोटरसाइकलमा ६ किलो सुन राखेर लैजाँदै गर्दा नागढुंगामा समातिए।
– २१ असारमा मलद्वारमा लुकाएर एक किलो ८ सय ६४ ग्राम सुन तस्करी गर्न खोज्ने दुई भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे। 

असार महिनामा मात्रै भएका सुन तस्करी घटनाका शृंखला हुन् यी। ८ दिनको अवधिमा ४ पटक सुन तस्करी भएका छन्। अर्थात् दुई दिनमा एकपटक। 

यी घटनाले नेपालमा सुन तस्करी कसरी मौलाउँदै छ भन्ने देखाउँछ। 

एकातिर अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुनको अनुसन्धान चलिरहेको छ, अर्कातिर तस्करी भने रोकिएको छैन।

सरकारले गठन गरेको ‘विशेष अनुसन्धान टोली’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ५ वर्षको अवधिमा ३८ सय किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ। 

तस्करी नियन्त्रण प्रहरी प्रशासनको क्षेत्राधिकारको विषय हो। तस्करी हुन नदिन सुरक्षा व्यवस्था कडा बनाउनु र तस्करी भएको पाइए कारबाही गर्नु प्रहरीको विषयगत क्षेत्र हो। तर, हालसम्म प्रहरीले गरेका कामकारबाहीले सुन तस्करीलाई न्यूनीकरण गर्न सकेको छैन। बरु, बर्सेनि तस्करीका घटना बढिरहेका छन्। सुन तस्करी बढेसँगै देशभरका सुन पसलमा अपारदर्शी कारोबार पनि बढ्दै गएको छ। 

एक अनौपचारिक तथ्यांक अनुसार नेपालबाट वार्षिक करिब २ सय टन सुन तस्करीको माध्यमबाट भारत पुग्छ। तस्करी भएको यति ठूलो परिमाणको सुन कता खपत हुन्छ? यसको ‘नेक्सस’ अध्ययनको छुट्टै पाटो हो। 

Ncell 2
Ncell 2
nimb
nimb

तस्करी भएको सुनको एउटा महत्वपूर्ण पाटो नेपालको आन्तरिक बजार पनि हो। नियमन गर्ने विषयगत स्पष्ट कानुनी व्यवस्था नहुँदा सुनको आन्तरिक कारोबार पारदर्शी हुन सकेको छैन। र, तस्करीको सुनको ठूलो परिमाण यतातिर पनि खपत हुने गरेको तथ्यांकहरूले नै बोल्छन्। 

सरकारले नै छुट दिएको अपारदर्शी कारोबार 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारका अनुसार नेपालमा दैनिक औसत ३५ किलो सुनको माग छ। नेपालमा व्यवसायी आफैंले सुन आयात गर्ने कानुनी व्यवस्था छैन। नेपाल राष्ट्र बैंकले दैनिक २० किलो मात्र सुन आयातको अनुमति दिएको छ। सुन खपत हुने सिजनमा भने ५ किलो बढाएर २५ किलो सुन ल्याउने अनुमति सरकारले दिँदै आएको छ। राष्ट्र बैंकको अनुमतिमा २८ वटा वाणिज्य बैंकले आलोपालो दैनिक २० किलो सुन आयात गर्न पाउँछन्। 

ती बैंकले आयात गरेको सुन व्यवसायीले खरिद गरेर कारोबार गर्ने हुन्। 

आयातबाहेक पुराना गहनाबाट पनि केही परिमाणमा सुन जोहो हुन्छ। सरकारले दिएको २० किलो सुन आपूर्तिको ५/७ प्रतिशत सुन पुराना गहनाबाट जोहो हुने महासंघका अध्यक्ष सुनार बनाउँछन्।

सरकारले विदेशबाट फर्किएका नेपाली यात्रुले महसुल तिरेर एक सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने व्यवस्था छ। 

नेपालमा सुन खानीहरू नभएकाले सुन आर्जनको वैधानिक स्रोत यिनै हुन्। 

तर, यो सबै हिसाब गर्दा पनि माग र आपूर्तिका बीच दैनिक १० देखि १५ किलो अन्तर छ। यो सुन कहाँबाट आउँछ? व्यवसायी भन्छन्, ‘सरकारले अनुमति दिएको र पुराना गहनाबाट जोहो हुनेबाहेक त सुनको अर्को स्रोत नै छैन।’ 

खुला बजार अर्थतन्त्र माग र आपूर्तिको शृंखलामा चल्छ। माग र आपूर्तिबीचको यो अन्तरको पूर्ति कहाँबाट हुन्छ त? यो जवाफ कसैसँग पनि छैन। 

पूर्ति हुन्छ तस्करीबाट
माग र आपूर्तिको वैधानिक बाटोमै ठूलो ग्याप देखिएको सुन बजारमा अपुग सुन कहाँबाट पूर्ति हुन्छ त? यसको सहज उत्तर हो– नेपालको तस्करी बजार। कारोबार नियमन गर्ने स्पष्ट कानुनी व्यवस्था पनि नभएपछि तस्करीको सुन बेच्ने गरेको आरोप व्यवसायीमाथि छ। पटकपटक तस्करीको सुनको कारोबारको आरोपमा उनीहरु पक्राउ पनि परेका छन्। 

साढे ३३ किलो सुन तस्करी काण्डमा उपत्यकाको ठूलोमध्येको आरके ज्वेलर्समा सरकारले गत २८ जेठमा छापा मार्यो। उक्त कम्पनीको काठमाडौंको न्यूरोड र दरबारमार्गमा पसलमा सुन तस्करी अनुसन्धान गर्न गठित समितिले छापा मारेर ठूलो परिमाणको सुन बरामद गरेको थियो। जारी अनुसन्धानले थप विषय बाहिर ल्याउला नै तर सुन पसलहरू आफैं पनि तस्करीमा संलग्न हुने गरेको आशंका लामो समयदेखि हुँदै आएको छ। 

विशेष अनुसन्धान टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल तस्करी भएको ३८ सय केजी सुनमध्ये करिब २० प्रतिशत नेपालकै बजारमा खपत भएको र बाँकी भारत पुगेको बताउँछन्। 

नियमन शून्य
नेपालमा अहिले वार्षिक करिब ३५ अर्ब रुपैयाँ बराबरको सुनको कारोबार हुन्छ। मुलुकभर २५ हजारभन्दा बढी सुनचाँदी व्यवसायी छन्। 

तर, नियमन गर्ने कानुनी व्यवस्था अभावमा मनमौजी ढंगले चलिरहेको छ, कारोबार। गुणस्तरको भरपर्दो मापक र कारोबारको स्वच्छता दुवै छैन। 

अनुगमन पनि ५ वर्षयता शून्यप्रायः छ। 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले फाट्टफुट्ट अनुगमन गरे पनि विषयगत कानुनका अभावमा अनुगमन कमजोर हुने गरेको छ। ‘विभागले उपभोक्ता उपभोक्ता संरक्षण ऐन र नियमावली अनुसार अनुगमन गर्ने हो,’ विभागका प्रवक्ता ढुण्डीराज पोखरेल भन्छन्, ‘विषयगत कानुनका अभावमा अनुगमन गर्न असहज भइरहेको छ।’ 

निर्देशिकाबिना अनुगमन गर्ने अधिकार सरकारलाई नभएको व्यवसायीको दावीकाबीच सरकारले अनुगमन हुन नसकेको हो। उसो त निर्देशिका नआएसम्म सरकारले अनुगमन र कारवाही नगर्ने सहमति नै भइसकेको छ। 

अहिले गुणस्तर र नापतौलका आधारमा सुनचाँदीको अनुगमन हुन्छ। 

सुनलाई मुद्राकै एक स्वरुपका रुपमा लिइन्छ। किनकि मुद्रा जारी गर्न सुन धितो राखिएको हुन्छ। 

यस्तो महत्वपूर्ण धातुको कारोबार व्यवस्थित गर्ने कानुनी व्यवस्था नहुँदा अपारदर्शी गतिविधिले प्रश्रय पाउँदै आएको छ। 

कानुनै छैन 
तत्कालीन वाणिज्य विभागले २०७० बैसाखमा सुनचाँदीको बजार अनुगमन तीव्र बनायो। व्यापक ठगी भएको गुनासोपछि सरकार अनुगमनका लागि मैदानमै उत्रियो। काठमाडौं उपत्यकाका ठूला सुनचाँदी पसलमा छापा मार्यो। ८ ठूला व्यवसायीविरुद्ध मुद्दा नै चलायो। 

तर, स्पष्ट कानुनी व्यवस्थाबिना अनुगमन गरिएको बताउँदै व्यवसायी पसल नै बन्द गरेर आन्दोलित भए। 

त्यसपछि ७ असार मा सुनचाँदीको बिक्रीवितरण, मापदण्ड र गुणस्तरसम्बन्धी निर्देशिका १५ दिनभित्र बनाउन ९ सदस्यीय समिति गठन गरियो। तर, आफूले चाहे जस्तो सहभागिता नपाएपछि व्यवसायी समितिको विरोधमा उत्रिए। 

सुनचाँदी कारोबार व्यवस्थित बनाउन निर्देशिका गठन गर्ने समिति गठन भएको ५ वर्ष बितिसकेको छ। तर, अझै पनि यससम्बन्धी निर्देशिका जारी हुन सकेको छैन। बीचमा पुनः उक्त निर्देशिका ल्याउने प्रयास गरे पनि उक्त प्रयास सफल हुन सकेन, व्यवसायीको विरोधका कारण। 

पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई व्यवसायीले निर्देशिका जारी गर्न माग गरेका छन्। उनीहरूले आफ्नो तर्फबाट तयार गरेको निर्देशिका अध्ययनका लागि यादवलाई बुझाएका छन्। व्यवसायीले दैनिक आपूर्ति ३० किलो पुर्याउन मन्त्रीसमक्ष माग गरेका छन्। 

यसअघि २०७३ माघमा तत्कालीन आपूर्तिमन्त्रीलाई उक्त निर्देशिका बुझाए पनि जारी हुन सकेन। 

मारमा उपभोक्ता 
कारोबार व्यवस्थित र पारदर्शी नहुँदा त्यसको मारमा उपभोक्तासमेत पर्दै आएका छन्। सरकारी अनुगमन ठप्प हुँदा उपभोक्ता गुणस्तर, जर्ति (गहना बनाउँदा टुक्रिएर खेर जाने सुन), ज्याला लगायतमा उपभोक्ता ठगिँदै आएका छन्। 

अनुगमन रोकिँदा व्यवसायीमाथि प्रतिस्पर्धात्मक बजार मान्यताविपरित कार्टेलिङ गरेर बढी मूल्य लिएको आरोप पनि छ। अहिले उपभोक्ता आफूले खरिद गर्दा बढी मूल्य र आफूसँग भएको गहना बिक्री गर्नुपरे सस्तोमा सुन पसललाई बेच्नुपर्ने बाध्यता छ भने मिसावटको सिकार पनि हुनुपरेको छ। 

उसो त उपभोक्ताले सुन किन्दा धेरै हदमा यथार्थ बिलबिजक पनि पाउन सकेका छैनन्। यसबाट मूल्य अभिवृद्धि कर (भ्याट) समेत चुहावट हुने गरेको छ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  ००:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्