काठमाडौं- सरकारले संयुक्त राष्ट्र संघका लागि न्युयोर्कमा रहेका नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाएको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई साउन १५ भित्र नेपाल फर्कन सूचना दिने निर्णय गरेको हो।
यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय:
- संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग न्युयोर्कका राजदूत/स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई साउन १५ भित्र नेपाल फर्कन सूचना दिने।
- भारतीय सहयोगमा सञ्चालन गरिने साना विकास परियोजना कार्यान्वयनका लागि कार्यान्वयन गर्ने निकाय र कार्यान्वयन प्रक्रिया तोक्ने।
- विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था आइडिएबाट नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने तथा कार्यकुशलतामा सुधारका लागि बजेट सहायतास्वरुप उपलब्ध हुने ऋण करिब १० अर्ब स्वीकार गर्ने।
- मानव अधिकार आयोगले ३३ जनालाई क्षतिपूर्ति निर्धारण गरी कार्यान्वयन गर्न सिफारिस गरेबमोजिमको क्षतिपूर्ति उपलब्ध गराउने।
- नेपाल र साउदी सरकारबीच उद्योग, व्यापार, विज्ञान, लगानी, सूचना, पर्यटन, खेलकुद जस्ता क्षेत्रहरुमा सहकार्यको सम्झौतामा हस्ताक्षर गर्ने।
- जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता दोस्रो संशोधन नियमवाली २०७५ स्वीकृत।
- बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना स्वीकृत।
- विदयुत् नियमन आयोग नियमावली २०७५ स्वीकृत।
- स्थानीय निकाय वित्त आयोग खारेज गर्ने र त्यसको सचिवालयमा रहेको विवरण, स्रोत र सम्पत्ति राष्ट्रिय प्रकृति र वित्त आयोगमा हस्तान्तरण गर्ने।
- राजदूत नियुक्त गर्ने सम्बन्धी मापदण्ड २०७५ स्वीकृत।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।