काठमाडौं– करोडौं रुपैयाँको रुबीसहित प्रहरीले काठमाडौंमा ९ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गले गोंगुबको गेष्ट हाउसबाट एक सय १३ क्यारेटको रुबीसहित कारोबारीहरुलाई पक्राउ गरेको हो।
‘बरामद रुबीको मूल्यक ५० करोड भन्दा धेरै पर्छ भन्ने छ,’ महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्ले भने,‘गुन्डागर्दीमा संलग्न व्यक्तिहरु समेत मिलेर अवैध कारोबार गरिरहेको सूचनाका आधारमा हामीले उनीहरुलाई पक्राउ गरेका हौं।’
गोंगबुको एभ्रिडे गेष्टहाउसबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ गर्ने क्रममा स्थानीयहरुले पेस्तोल देखाएर अपहरण गरेको भनेर हल्ला चलाएका थिए। सादा पोशाकमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेकाले अपहरणको हल्ला चलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।