वीरगंज– प्रहरीले वीरगंजका एक ठूला हुन्डी कारोबारीलाई पक्राउ गरेको छ।
एक करोड रुपैयाँसहित रानीघाटबाट महेश केशरीलाई पक्राउ गरेको हो। उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले घरबाटै हुन्डीको कारोबार गर्दै आएका थिए। घरमा भेटिएको एक करोड रुपैयाँको स्रोत नखुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका केशरीलाई राजश्व अनुसन्धान विभागमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी सत्यनारायण थापाले बताए।
वीरगंजबाट खासगरी भारतमा हुन्डीको कारोबार हुने गरेको छ। कम मूल्याङकन गरी सामान आयात गर्ने र हुन्डीमार्फत पैसा भुक्तानी हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।