काठमाडौं– अध्यागमन कार्यालय, विमानस्थलले ९ जना सुडानी नागरिकलाई पक्राउ गरेको छ। नेपालबाट बोस्निया र हर्जगोभिना गएका उनीहरुलाई त्यहाँको अध्यागमनले शंकास्पद भन्दै नेपाल नै फर्कादिएको थियो। नेपाल फर्काएपछि अध्यागमन कार्यालयले पक्राउ गरी थप छानबिन र कारबाहीका लागि अध्यागमन विभागमा पठाएको छ।
पक्राउ पर्नेहरुमा ५ बच्चा समेत छन्। सर्के फेभबेन, तेस साम, बेरेकेट हाना र युसुफ अलमाजलाई विभागले थुनामा राखी कारबाही अघि बढाएको छ। उनीहरुका २ बालक र ३ बालिका पनि विभागको हिरासतमा छन्।
द्वन्द्वग्रस्त मध्यअफ्रिकी देश सुडानका नागरिकहरु नेपाललाई ट्रान्जिट बनाएर यूरोप जाने प्रयास गरेको हुनसक्ने विभागका अधिकारीहरुको आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।