काठमाडौ– रसियामा जारी विश्वकपमा सट्टेबाजी लगाउने ४ जना बालुवाटारबाट पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले धापासीका अमित श्रेष्ठ, तनहुँका प्रमोद रानाभाट, काठमाडौं बालुवाटारका अनिल भण्डारी र निरे भनिने निराजन पौडेललाई पक्राउ गरेको हो।
उनीहरुले संगठित रुपमा नै सट्टेबाजी खेलाउँदै आएको प्रहरीले जनाएको छ। उनीहरुबाट नगद भने प्रहरीले बरामद गर्न सकेको छैन। मोबाइलमा कारोबार सम्बन्धि प्रमाण फेला परेको प्रहरीले जनाएको छ। उनीहरु गुन्डागर्दीमा समेत संलग्न रहेको प्रहरी दाबी छ।
यसअघि पनि परिसरले सट्टेबाजी लगाउनेयस्ता समूहलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।