काठमाडौं– प्रधानमन्त्री ओलीले महिला हिंसा भएका ठाउँमा जनप्रतिनिधिहरुले मिलापत्र गराउन खोज्नु बेठिक भएको बताएका छन्।
प्रदेश नम्बर २ का सांसदहरुसँग बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले यस किसिमका हिंसा मिलापत्रमा नटुंगिने बताए।
‘महिला हिंसा जस्ता मुद्दामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही हुन्छ’, उनले भने।
प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्ने बताएका छन्।
प्रदेश २ का नेकपाका सांसदहरुले त्यहाँको विकास, समृद्धि, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार आदि जस्ता क्षेत्रमा उठाएका समस्याबारे आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले प्रदेश २ को स्वरुप फेर्न त्यहाँका सांसदहरु नै लाग्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।