• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयले तालिम र अन्तर्क्रियामै डेढ करोड खर्चिने

64x64
नेपाल लाइभ आइतबार, असार २४, २०७५  ०१:५५
1140x725

सुर्खेत– कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा तालिम र अन्तर्क्रियामा मात्रै करिब डेढ करोड रुपैयाँ बजेट खर्च गर्ने भएको छ। 

आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटमध्ये एक करोड ४७ लाख रुपैयाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तालिम, छलफल र अन्तर्क्रियामा खर्च गर्न छुट्याएको छ। 

मुख्यमन्त्रीको कार्यालयका लागि सरकारले ९५ करोड ७१ लाख ३९ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमध्ये कार्यक्रम खर्च शीर्षकमा पाँच करोड दुई लाख रुपैयाँ छुट्याइएको छ। सोही बजेटबाट एक करोड ४७ लाख रुपैयाँ विभिन्न किसिमका तालिम, छलफल र अन्तक्र्रियामा खर्च गरिने भएको हो। कार्यक्रम खर्च शीर्षकको करिब ३० प्रतिशत बजेट तालिम र अन्तर्क्रियामै खर्च हुने भएको छ। 

आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार पारेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक विकास कार्यक्रम अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्मचारीको क्षमता विकास तालिमका लागि १५ लाख छुट्याएको छ। यस्तै, प्रदेश र स्थानीय तहबीचको शासन व्यवस्था तथा अधिकार र विविध पक्षमा अन्तर्क्रियाका लागि २० लाख, प्रदेशस्तरीय ऐन, कानुन तथा नीति निर्माण सम्बन्धी सरोकावालासँग अन्तर्क्रिया र छलफलका लागि १० लाख, प्रदेशस्तरीय तालिम, नीति तथा मापदण्ड निर्धारण गर्ने तालिमका लागि ४ लाख र प्रादेशिक आयोग गठन गर्ने सम्बन्धी छलफलसहित आयोगको प्रारुप तयार गर्न ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

त्यसैगरी भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तर्क्रिया तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न २० लाख, मुख्यमन्त्रीको सार्वजनिक सुनुवाइ कार्यक्रमका लागि २० लाख, मानवअधिकारको संरक्षण तथा प्रवर्द्धन र सरोकारवालाबीच अन्तर्क्रियाका लागि २० लाख, प्रदेश समृद्धि र विकासका लागि सरोकारवालाहरुसँग अन्तर्क्रियाका लागि १५ लाख तथा स्थानीय तहको न्यायिक अधिकार सम्बन्धी अन्तक्र्रिया र निर्देशिका तयार गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सांसद असन्तुष्ट तर चुपचाप

एक वर्षमा तालिम र अन्तर्क्रियामा नै ठूलो रकम छुट्याइएको छ। प्रदेशसभाका केही सांसदहरु यसप्रति असन्तुष्ट भए पनि सार्वजनिक रुपमा भने विरोध गर्न सकेका छैनन्। विषयगत मन्त्रालयहरुको बजेटमाथिको छलफलका क्रममा पनि केही सांसदले मुख्यमन्त्रीको कार्यालयका लागि भनेर छुट्याइएको बजेट कटौती गरी अन्य विकास–निर्माणका काममा लगाउनुपर्ने धारणा राखेका थिए। 

प्रदेशसभाका एक सांसदले भने, ‘तालिम र अन्तर्क्रियाका नाममा लाखौं बजेट राखिएको छ, यो जरुरी होइन।’ 

उनले कार्यक्रम शीर्षकमा मात्र नभई अन्य शीर्षकमा पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको बजेट आवश्यकताभन्दा बढी भएको टिप्पणी गरे। 

‘मुख्यमन्त्रीले आफू लोकप्रिय हुनेगरी कार्यक्रमहरु सञ्चालन गर्न त्यस्ता कार्यक्रमहरुमा बजेट बनाई सिंगो बजेटको डल्लो नै आफू मातहत राखेका छन्’ ती सांसदले भने, ‘यसले प्रदेशको समृद्धिमा कुनै योगदान गर्दैन।’

अर्का एक सांसदले तालिम र अन्तर्क्रियाका लागि छुट्याइएको बजेटका साथै जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालनका लागि आवश्यक सामग्री खरिदका लागि १० लाख, सोही कार्यक्रम सञ्चालनका लागि ३० लाख विनियोजन गरिएकोप्रति पनि आपत्ति जनाए। उनले उक्त बजेटलाई ‘अनावश्यक खर्च’को रुपमा टिप्पणी गरे। उनले समृद्धि कर्णाली निर्माणको सपना पूरा गर्न बजेट विनियोजन र त्यसको खर्चमा ध्यान दिनुपर्ने बताए। 

आगामी वर्षको बजेटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि कार्यक्रम खर्च शीर्षकका साथै प्रशासनिक खर्चतर्फ १३ करोड ९० लाख, कर्णाली उज्यालो कार्यक्रमका लागि ५० करोड, एकीकृत बस्ती विकास कार्यक्रमका लागि २५ करोड, कर्णाली प्रदेश आकस्मिक कोषमा एक करोड तथा संघीय सरकारबाट हस्तान्तरिक सशर्त कार्यक्रम अन्तर्गत ७९ लाख गरी ९५ करोड ७१ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको छ। 

प्रकाशित मिति: आइतबार, असार २४, २०७५  ०१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्