कागवेनी– मुस्ताङको स्याङ्बोचेमा टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। सडक निर्माण गर्ने मजदुर चढेको बा२क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए।
प्रजिअ पौडेलका अनुसार बेनी-जोमसोम-काेरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेस्थित सराङमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको टिप्पर सडकबाट करिब ५० मिटर तल खस्दा ६ महिला र १२ जना पुरुषको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्।
घाइतेको उद्दारका लागि एयर डाइनेस्टीकाे हेलिकोप्टर घटनास्थल पुगीसकेको र नेपाली सेनाको हेलिकोप्टर भने पुग्ने क्रममा रहेकाे पनि उनले जानकारी दिए। नेपाली सेनाको हेलिकोप्टरबाट मृतक तथा एयर डाइनेस्टीकाे हेलिकोप्टरबाट घाइतेहरुलाई केहीबेरमा जोमसोम ल्याइपुर्याइने पनि उनले बताए।
२ बजे खाना खाएर काममा फर्किने क्रममा कामदारहरु सवार टिप्पर दुर्घटनामा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।