काठमाडौं– सर्वोच्च अदालतले माइतीघर मण्डला लगायत उपत्यकाका अन्य क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णयमाथि रोक लगाउने अन्तरकालिन आदेश जारी गरेको छ।
सर्वाेच्चले असार २९ गते दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त मितिसम्म सो निर्णय कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चले माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका मानिसहरुलाई धरपकड गर्ने कार्य नर्गन पनि भनेको छ। न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले सरकारलाई पनि छलफलमा बोलाउँदै यस्तो आदेश जारी गरेको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अभिव्यक्ति स्वतन्तत्रामाथि रोक लगाउने गरि सरकारले निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरेकाले खारेज हुनु पर्ने माग गर्दै बिहीबार रिट दर्ता गराएका थिए।
उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले रोक लगाउनु पर्ने कारण लिखित रुपमा पेश गर्न समेत सरकारका नाममा आदेश जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।