• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पपुवा न्यू गिनीको सुधारिएको प्रदर्शन, अनुभवी नेपाली बलरको खराब लय जारी

64x64
दीप सुवेदी शुक्रबार, चैत ११, २०७८  २०:३१
1140x725

काठमाडौं- गत अप्रिल १७ देखि २१ सम्म घरेलु भूमिमा भएको मलेसिया र नेदरल्यान्ड्स सम्मेलित टी२० त्रिदेशीय सिरिजमा कीर्तिमानी रेकर्ड बनाउँदै उपाधि जितेको नेपाल पछिल्ला केही महिनामा समान स्तरका टोलीसँग पराजित हुन पुगेको थियो। 

करिब २ महिनाको अन्तरालमा खेलिएको आईसीसी विश्वकप ग्लोबल छनोट र विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा युएई र ओमानसँग पराजित भएपनि नेपाल एक समयको निकै ठूलो प्रतिद्वन्द्वी पपुवा न्यू गिनीसँग भने अपराजित रहँदै आएको थियो।

पपुवा न्यू गिनी त्यही प्रतिद्वन्द्वी हो, जसले सन् २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्दा नेपाललाई दुवै खेलमा हराउँदै दबदबा कायम गरेको थियो। 

तर, २०१८ पछि भने खोलो फर्कियो। जिम्बावेको विश्वकप छनोटमा पपुवा न्यू गिनीलाई पराजित गर्दै नेपाल पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता टोली बन्यो। त्यसयता पपुवा न्यू गिनीसँग खेलेको लगातार चार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको नेपाल पहिलोपटक घरेलु मैदानमै ६ रनले पराजित भएको छ। 

शुक्रबार नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने जितको सिलसिला दोहोर्‍याउ चाहान्थे। विश्वकप लिग–२ का दुवै खेलमा पपुवा न्यू गिनीलाई हराएको जोस, घरेलु मैदान र दर्शकको समर्थनले पनि उनी थप उत्साहित थिए। यसका साथै टियुको बाउन्ड्री छोटो र ब्याटिङ उपयोगी पिचले नेपालले बलियो योगफल पूरा गर्ने उनको विश्वास थियो।

त्यसैले खेलको अन्तिमसम्म जित ‘सस्पेन्स’मा राख्न उनी बलिङमा उत्रिए। २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले जित्ला कि नजित्ला भनेर अन्तिमसम्मै ‘सस्पेन्स’ रह्यो।

रोहित पौडेलले आरिफ शेखसँग मिलेर पाँचौं विकेटका लागि १ सय ४ रनको शतकीय साझेदारी गरेपछि जित सुनिश्चित जस्तै थियो। तर, इनिङ्स होल्ड र स्ट्राइक रोटेट गरेर खेलेका आरिफ ३५औं ओभरको पहिलो बलमा असाद भालाबाट क्याच आउट भएपछि रोहितलाई अर्को ‘एन्ड’बाट गतिलो साथ मिल्न सकेन।

१२६ रनको कीर्तिमानी ब्याटिङ गरे आउट हुनुपूर्व उनले भीम सार्कीसँग साझेदारी गर्ने प्रयास गरेका थिए। तर, पहिलोपटक ओडीआईमा ब्याटिङ गरिरहेका सार्की आउट भएपछि उनलाई तल्ला क्रमका पवन सर्राफले साथ दिन सकेनन्। पवनले केहीबेर साथ दिएको भए नतिजा अर्कै पनि हुन सक्थ्यो। तर, ४२औं ओभरको दोस्रो बलमा नर्मन भानुआले सेसे बाउबाट उनलाई क्याच गराएपछि खेल उल्टियो।

Ncell 2
Ncell 2

त्यसपछि क्रिजमा आएका कमलसिंह ऐरी र सोमपाल कामीले नेपाललाई अन्तिम ओभरमा जितका लागि चाहिएको १० रन बनाउन सकेनन्। उनीहरुले ६ बलमा ३ रन मात्र जोड्दा नेपाल पपुवा न्यू गिनीसँग पहिलोपटक पराजित भयो। 

नेपालका कप्तान सन्दीप रोहित आउट हुनुनै दूर्भाग्य रहेको बताउँछन्। ‘उसले खेल फिनिस गर्न सक्थ्यो, तर भएन। शतक पूरा गरेका रोहित अन्तिम ओभरसम्म टिक्ने आशा भए पनि उनी नटिक्नु पनि हारको कारण बन्यो,’ खेलपछि उनले भने,‘रोहित आउट भएपछि पनि सोमपाल र कमलले जिताउँछन् भन्ने आशा थियो। तर, त्यो आशा पनि पूरा भएन।’

कमजोर बलिङ
सन् २०१४ मा बंगलादेशमा आयोजना भएको आईसीसी टी–२० विश्वकपमा सहभागी भएसँगै नेपाली टोलीको मुख्य हतियार भनेको बलिङ नै बन्दै आएको छ। पछिल्लो समय पनि नेपालले ब्याटिङमा भन्दा बलिङमै राम्रो प्रदर्शन गर्दै आएको छ। 

त्यसैले शुक्रबारको खेलमा पनि सन्दीपलाई बलिङबाट पपुवा न्यू गिनीलाई रोक्ने विश्वास थियो। उनले बलिङलाई नै पहिलो प्राथमिकतामा राख्दै अनुभवी बलर सोमपाल कामी र करण केसीसहित ७ जनालाई मैदान उतारेका थिए। 

तर, करण, पवन सर्राफ, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी र देव खनालबाहेक अरु फलदायी हुन सकेनन्। १० ओभर बलिङ गरेका दीपेन्द्रले १ मेडनसहित ३० रन खर्चिएर २ विकेट लिए।  यता, कमलसिंह पनि फलदायी रहे। करिअरकै तेस्रो खेल खेलेका कमलले ९ ओभरमा ५६ रन खर्चिएर २ विकेट लिए।

तर, समान २ विकेट नै लिएका सोमपाल कामी महंगो सावित भए। उनले ९ ओभरमा ८१ रन खर्चिए। जुन ओडीआईमा कुनैपनि नेपाली बलरले खर्चिएको एक खेलमा सर्वाधिक रन हो।

यसअघि २०२० मा ओमानविरुद्ध कीर्तिपुर मैदानमा सन्दीप लामिछानेले १० ओभरमा ६५ रन खर्चेका थिए। जुन खराब कीर्तिमान सोमपालको नाममा रह्यो। 

ओडीआई इतिहासमै भने १० ओभरमा सबैभन्दा बढी रन खर्चिने कीर्तिमान अस्ट्रेलियाली बलर मिक लेविसको छ। उनले सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध १ सय १३ खर्चेका थिए। 

सन् २०१४ को विश्वकपमा हङकङविरुद्धको टी–२० खेलमा मुख्य प्रशिक्षक पबुदु दासानायकेले डेब्यू गराएका सोमपाल पछिल्लो समय खराब लयमा छन्। खराब लयकै कारण पबुदुले पछिल्लो समय उनलाई ओमान र युएई भ्रममा समावेश गरेका थिएनन्। 

करिब २ महिना लामो भ्रमण भइसक्दा पनि उनको प्रदर्शनमा भने सुधार देखिएन। उनको खराब प्रदर्शनका बाबजुद हारको कारण अतिरिक्त रन बन्न पुग्यो।  जुन कुरा प्रशिक्षक पुबुदु पनि स्वीकार गर्छन्। ‘अतिरिक्त रन नै बढी भयो। नेपालले ४ बाई, ५ लेग बाई, १ नोबल र १० वाइड रन दियो। यो नै हारको कारण हो,’ उनी भन्छन्।

पपुवा न्यू गिनीको सुधारिएको प्रदर्शन
यूएईमा भर्खरै क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको पहिलो खेलमा पपुवा नू गिनीले नेपालसामू २ सय ५ रनको ठूलो चुनौती तेर्स्याएको थियो। उक्त लक्ष्य नेपालले अन्तिम ओभरमा पूरा गर्दै २ विकेटको जित निकालेको थियो। 

तर, उसै सँगको दोस्रो खेलमा भने नेपाल सजिलै ७ विकेटले विजयी रह्यो ।त्यसअघि पपुवा न्यू गिनीले यूएई भ्रमणमा बलियो घरेलु टोली यूएईमाथि ६ विकेटको सनसनीपूर्ण जित निकाल्दै प्रतियोगितामा लगातार १४औं हारको खराब रेकर्ड तोडेको थियो। 

पछिल्लो समय पपुवा न्यू गिनी लयमा फर्किन प्रयासरत रहेको छ। कप्तान असाद भालाको अनुभव र नेपालको पछिल्लो अवस्थाबारे अभ्यस्त रहेका अस्ट्रेलियाली प्रशिक्षक कार्ल सान्ड्रीलको बलियो रणनीति  शुक्रबार मैदानमा देखियो। 

पछिल्लो समय खराब लयमा रहेका लेगा सियाकालाई बेन्चमा राख्दै  हिरी हिरीलाई मैदान उतारेका थिए कार्ल सान्ड्रीलले। तर, उनी आउट भएपछि पनि पपुवा न्यू गिनी दबाबमा देखिएन। 

दोस्रो विकेटका लागि कप्तान आसाद भाला र टोनी उराले ४९ रनको साझेदारी गर्दै इनिङ्स उकासे। त्यसक्रममा उराले ४७ बलमा ६ चौकासहित ३८ रन बनाए।

यता, २–७० को स्थितिमा रहेको अवस्थामा कप्तान भालाले चार्ल्स अमिनीसँग ७३ रनको साझेदारी गर्दै पपुवा न्यू गिनीलाई बलियो अवस्थामा पुर्‍याए।

२५औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरीबाट बोल्ड हुनुअघि भालाले ५५ बलमा ११ चौकासहित ६० रन जोडे। उनको यो ओडीआईमा छैटौं अर्धशतक हो। उनले यसअघि हङकङ, वेस्टइन्डिज, ओमानसँग १/१ पटक र युएईसँगको खेलमा दुईपटक अर्धशतक बनाएका थिए।

भालापछि क्रिजमा आएका राइली हेकुरे ४१औं ओभरको पहिलो बलमा पवन सराफबाट बोल्ड हुनुअघि अमिनीसँग ६१ रनको साझेदारी गरे। उनले ४० बलमा ५ चौकासहित ३१ रन प्रहार गरे।

त्यसपछि आएका अन्य ब्याटरले पनि राम्रो साझेदारी गरे। ४५औं ओभरको पहिलो बलमा सोमपालबाट बोल्ड हुनुअघि अमिनीले ७७ रन बनाए। सन् २०१४ मा हङकङविरूद्वको ओडीआई खेलमा डेब्यू गरेका अमिनीको यो नै उत्कृष्ट प्रदर्शन हो। उनले उक्त खेलमा नटआउट ६१ रन बनाएका थिए।

अमिनीले तल्लोक्रमका नर्मन भानुवासँग मिलेर ४८ रनको साझेदारी गरेका थिए। भानुवा ४९औं ओभरको पाँचौं बलमा कमलसिंह ऐरीको बलमा दीपेन्द्रसिंह ऐरीबाट ४७ रनमा आउट भए। उनले २८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दा पपुवा न्यू गीनीले २९२ रन बनायो।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
एनपिएल : आज विश्राम, कुनै खेल नहुने लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ । सोमबार, मंसिर २२, २०८२
बर्दियाको राजापुरमा अज्ञात व्यक्तिद्वारा गोली हानी एक जनाको हत्या उनको शव पोष्टमार्टम लागि नेपालगन्जमा राखिएको र रिर्पोट आएपछि थप जानकारी प्राप्त हुने उनको भनाइ छ । दाङ, तुलसीपुर नगरपालिका– ५ का निर... सोमबार, मंसिर २२, २०८२
जनकपुरविरुद्ध कर्णाली ३ रनले विजयी, अघिल्लो पटकको उपाधि विजेता यसपटक पुछारमा पहिले ब्याटिङ गर्दै कर्णालीले दिएको १३० रनको झिनो लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन मात्र ब... आइतबार, मंसिर २१, २०८२
ताजा समाचारसबै
अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा सोमबार, मंसिर २२, २०८२
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, मंसिर २२, २०८२
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
माग पूरा नभए फागुनमा निर्वाचन हुनै दिन्न : प्रसाईं सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्