• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पपुवा न्यू गिनीको सुधारिएको प्रदर्शन, अनुभवी नेपाली बलरको खराब लय जारी

64x64
दीप सुवेदी शुक्रबार, चैत ११, २०७८  २०:३१
1140x725

काठमाडौं- गत अप्रिल १७ देखि २१ सम्म घरेलु भूमिमा भएको मलेसिया र नेदरल्यान्ड्स सम्मेलित टी२० त्रिदेशीय सिरिजमा कीर्तिमानी रेकर्ड बनाउँदै उपाधि जितेको नेपाल पछिल्ला केही महिनामा समान स्तरका टोलीसँग पराजित हुन पुगेको थियो। 

करिब २ महिनाको अन्तरालमा खेलिएको आईसीसी विश्वकप ग्लोबल छनोट र विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा युएई र ओमानसँग पराजित भएपनि नेपाल एक समयको निकै ठूलो प्रतिद्वन्द्वी पपुवा न्यू गिनीसँग भने अपराजित रहँदै आएको थियो।

पपुवा न्यू गिनी त्यही प्रतिद्वन्द्वी हो, जसले सन् २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्दा नेपाललाई दुवै खेलमा हराउँदै दबदबा कायम गरेको थियो। 

तर, २०१८ पछि भने खोलो फर्कियो। जिम्बावेको विश्वकप छनोटमा पपुवा न्यू गिनीलाई पराजित गर्दै नेपाल पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता टोली बन्यो। त्यसयता पपुवा न्यू गिनीसँग खेलेको लगातार चार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको नेपाल पहिलोपटक घरेलु मैदानमै ६ रनले पराजित भएको छ। 

शुक्रबार नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने जितको सिलसिला दोहोर्‍याउ चाहान्थे। विश्वकप लिग–२ का दुवै खेलमा पपुवा न्यू गिनीलाई हराएको जोस, घरेलु मैदान र दर्शकको समर्थनले पनि उनी थप उत्साहित थिए। यसका साथै टियुको बाउन्ड्री छोटो र ब्याटिङ उपयोगी पिचले नेपालले बलियो योगफल पूरा गर्ने उनको विश्वास थियो।

त्यसैले खेलको अन्तिमसम्म जित ‘सस्पेन्स’मा राख्न उनी बलिङमा उत्रिए। २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले जित्ला कि नजित्ला भनेर अन्तिमसम्मै ‘सस्पेन्स’ रह्यो।

रोहित पौडेलले आरिफ शेखसँग मिलेर पाँचौं विकेटका लागि १ सय ४ रनको शतकीय साझेदारी गरेपछि जित सुनिश्चित जस्तै थियो। तर, इनिङ्स होल्ड र स्ट्राइक रोटेट गरेर खेलेका आरिफ ३५औं ओभरको पहिलो बलमा असाद भालाबाट क्याच आउट भएपछि रोहितलाई अर्को ‘एन्ड’बाट गतिलो साथ मिल्न सकेन।

१२६ रनको कीर्तिमानी ब्याटिङ गरे आउट हुनुपूर्व उनले भीम सार्कीसँग साझेदारी गर्ने प्रयास गरेका थिए। तर, पहिलोपटक ओडीआईमा ब्याटिङ गरिरहेका सार्की आउट भएपछि उनलाई तल्ला क्रमका पवन सर्राफले साथ दिन सकेनन्। पवनले केहीबेर साथ दिएको भए नतिजा अर्कै पनि हुन सक्थ्यो। तर, ४२औं ओभरको दोस्रो बलमा नर्मन भानुआले सेसे बाउबाट उनलाई क्याच गराएपछि खेल उल्टियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि क्रिजमा आएका कमलसिंह ऐरी र सोमपाल कामीले नेपाललाई अन्तिम ओभरमा जितका लागि चाहिएको १० रन बनाउन सकेनन्। उनीहरुले ६ बलमा ३ रन मात्र जोड्दा नेपाल पपुवा न्यू गिनीसँग पहिलोपटक पराजित भयो। 

नेपालका कप्तान सन्दीप रोहित आउट हुनुनै दूर्भाग्य रहेको बताउँछन्। ‘उसले खेल फिनिस गर्न सक्थ्यो, तर भएन। शतक पूरा गरेका रोहित अन्तिम ओभरसम्म टिक्ने आशा भए पनि उनी नटिक्नु पनि हारको कारण बन्यो,’ खेलपछि उनले भने,‘रोहित आउट भएपछि पनि सोमपाल र कमलले जिताउँछन् भन्ने आशा थियो। तर, त्यो आशा पनि पूरा भएन।’

कमजोर बलिङ
सन् २०१४ मा बंगलादेशमा आयोजना भएको आईसीसी टी–२० विश्वकपमा सहभागी भएसँगै नेपाली टोलीको मुख्य हतियार भनेको बलिङ नै बन्दै आएको छ। पछिल्लो समय पनि नेपालले ब्याटिङमा भन्दा बलिङमै राम्रो प्रदर्शन गर्दै आएको छ। 

त्यसैले शुक्रबारको खेलमा पनि सन्दीपलाई बलिङबाट पपुवा न्यू गिनीलाई रोक्ने विश्वास थियो। उनले बलिङलाई नै पहिलो प्राथमिकतामा राख्दै अनुभवी बलर सोमपाल कामी र करण केसीसहित ७ जनालाई मैदान उतारेका थिए। 

Xtrem

Xtrem

तर, करण, पवन सर्राफ, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी र देव खनालबाहेक अरु फलदायी हुन सकेनन्। १० ओभर बलिङ गरेका दीपेन्द्रले १ मेडनसहित ३० रन खर्चिएर २ विकेट लिए।  यता, कमलसिंह पनि फलदायी रहे। करिअरकै तेस्रो खेल खेलेका कमलले ९ ओभरमा ५६ रन खर्चिएर २ विकेट लिए।

तर, समान २ विकेट नै लिएका सोमपाल कामी महंगो सावित भए। उनले ९ ओभरमा ८१ रन खर्चिए। जुन ओडीआईमा कुनैपनि नेपाली बलरले खर्चिएको एक खेलमा सर्वाधिक रन हो।

यसअघि २०२० मा ओमानविरुद्ध कीर्तिपुर मैदानमा सन्दीप लामिछानेले १० ओभरमा ६५ रन खर्चेका थिए। जुन खराब कीर्तिमान सोमपालको नाममा रह्यो। 

ओडीआई इतिहासमै भने १० ओभरमा सबैभन्दा बढी रन खर्चिने कीर्तिमान अस्ट्रेलियाली बलर मिक लेविसको छ। उनले सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध १ सय १३ खर्चेका थिए। 

सन् २०१४ को विश्वकपमा हङकङविरुद्धको टी–२० खेलमा मुख्य प्रशिक्षक पबुदु दासानायकेले डेब्यू गराएका सोमपाल पछिल्लो समय खराब लयमा छन्। खराब लयकै कारण पबुदुले पछिल्लो समय उनलाई ओमान र युएई भ्रममा समावेश गरेका थिएनन्। 

करिब २ महिना लामो भ्रमण भइसक्दा पनि उनको प्रदर्शनमा भने सुधार देखिएन। उनको खराब प्रदर्शनका बाबजुद हारको कारण अतिरिक्त रन बन्न पुग्यो।  जुन कुरा प्रशिक्षक पुबुदु पनि स्वीकार गर्छन्। ‘अतिरिक्त रन नै बढी भयो। नेपालले ४ बाई, ५ लेग बाई, १ नोबल र १० वाइड रन दियो। यो नै हारको कारण हो,’ उनी भन्छन्।

पपुवा न्यू गिनीको सुधारिएको प्रदर्शन
यूएईमा भर्खरै क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको पहिलो खेलमा पपुवा नू गिनीले नेपालसामू २ सय ५ रनको ठूलो चुनौती तेर्स्याएको थियो। उक्त लक्ष्य नेपालले अन्तिम ओभरमा पूरा गर्दै २ विकेटको जित निकालेको थियो। 

तर, उसै सँगको दोस्रो खेलमा भने नेपाल सजिलै ७ विकेटले विजयी रह्यो ।त्यसअघि पपुवा न्यू गिनीले यूएई भ्रमणमा बलियो घरेलु टोली यूएईमाथि ६ विकेटको सनसनीपूर्ण जित निकाल्दै प्रतियोगितामा लगातार १४औं हारको खराब रेकर्ड तोडेको थियो। 

पछिल्लो समय पपुवा न्यू गिनी लयमा फर्किन प्रयासरत रहेको छ। कप्तान असाद भालाको अनुभव र नेपालको पछिल्लो अवस्थाबारे अभ्यस्त रहेका अस्ट्रेलियाली प्रशिक्षक कार्ल सान्ड्रीलको बलियो रणनीति  शुक्रबार मैदानमा देखियो। 

पछिल्लो समय खराब लयमा रहेका लेगा सियाकालाई बेन्चमा राख्दै  हिरी हिरीलाई मैदान उतारेका थिए कार्ल सान्ड्रीलले। तर, उनी आउट भएपछि पनि पपुवा न्यू गिनी दबाबमा देखिएन। 

दोस्रो विकेटका लागि कप्तान आसाद भाला र टोनी उराले ४९ रनको साझेदारी गर्दै इनिङ्स उकासे। त्यसक्रममा उराले ४७ बलमा ६ चौकासहित ३८ रन बनाए।

यता, २–७० को स्थितिमा रहेको अवस्थामा कप्तान भालाले चार्ल्स अमिनीसँग ७३ रनको साझेदारी गर्दै पपुवा न्यू गिनीलाई बलियो अवस्थामा पुर्‍याए।

२५औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरीबाट बोल्ड हुनुअघि भालाले ५५ बलमा ११ चौकासहित ६० रन जोडे। उनको यो ओडीआईमा छैटौं अर्धशतक हो। उनले यसअघि हङकङ, वेस्टइन्डिज, ओमानसँग १/१ पटक र युएईसँगको खेलमा दुईपटक अर्धशतक बनाएका थिए।

भालापछि क्रिजमा आएका राइली हेकुरे ४१औं ओभरको पहिलो बलमा पवन सराफबाट बोल्ड हुनुअघि अमिनीसँग ६१ रनको साझेदारी गरे। उनले ४० बलमा ५ चौकासहित ३१ रन प्रहार गरे।

त्यसपछि आएका अन्य ब्याटरले पनि राम्रो साझेदारी गरे। ४५औं ओभरको पहिलो बलमा सोमपालबाट बोल्ड हुनुअघि अमिनीले ७७ रन बनाए। सन् २०१४ मा हङकङविरूद्वको ओडीआई खेलमा डेब्यू गरेका अमिनीको यो नै उत्कृष्ट प्रदर्शन हो। उनले उक्त खेलमा नटआउट ६१ रन बनाएका थिए।

अमिनीले तल्लोक्रमका नर्मन भानुवासँग मिलेर ४८ रनको साझेदारी गरेका थिए। भानुवा ४९औं ओभरको पाँचौं बलमा कमलसिंह ऐरीको बलमा दीपेन्द्रसिंह ऐरीबाट ४७ रनमा आउट भए। उनले २८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दा पपुवा न्यू गीनीले २९२ रन बनायो।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ नेपाली राष्ट्रिय टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन्। दीपेन्द्र... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण शुक्रबार, असोज १६, २०८३
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु शुक्रबार, असोज १६, २०८३
चाडपर्वमा तोकिएको भाडाभन्दा बढी नलिन यातायात व्यवसायी महासंघको आग्रह शुक्रबार, असोज १६, २०८३
सस्ता प्याकेज हटाएर महँगा प्याकेज किन्न बाध्य पार्दै इन्टरनेट सेवा प्रदायकहरु, उपभोक्ताहरु मारमा पर्नसक्ने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्