• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

कागज कीर्ते गरेर भारतीयलाई नेपाली हक्की खेलाडी बनाएको आशंका! 

64x64
दीप सुवेदी शुक्रबार, चैत ११, २०७८  १७:१६
1140x725

काठमाडौं– विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेशले तीन भारतीय खेलाडी खेलाएको भन्दै बागमती प्रदेशले छानबिन गर्न माग गरेको छ।

बिहीबार भएको खेलमा गण्डकीले प्रतियोगिताको नियमविपरीत तीन खेलाडीलाई मैदान उतारेको भन्दै बागमतीले नेपाल हक्की संघसमक्ष छानबिनको माग गरेको हो।

बिहीबारको पहिलो खेलमा गण्डकीले बागमतीलाई ८–० को गोलअन्तरमा पराजित गरेको थियो। गण्डकीको जितमा आशिष ठकुरीले ३ तथा सोनु लामा र पिताम्बर थापाले समान २–२ गोल गरेका थिए।

यस्तै, गण्डकीका रोहन लामाले १ गोल गरेका थिए। जारी प्रतियोगिता पहिलो खेलमा आर्मीसँग ११–० ले पराजित भएको गण्डकी सेमिफाइनलमा पुगिसकेको छ। यस्तै, आर्मीसँगै १४–० गोल अन्तरले पराजित भएको बागमती प्रतियोगिताबाटै बाहिरिसकेको छ।

बागमतीका मुख्य प्रशिक्षक मनोज शर्मा र टिम व्यवस्थापक साजन शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोजक कमिटीले नेपाल हक्की संघबाट जारी नै नभएको र नियमावली समेत स्वीकृत नगरी संयोजक तोकेर आफूखुशी निर्देशित पत्रचार गरेर विभिन्न प्रदेशबाट खेलाडीहरु बोलाएर प्रतियोगिता सञ्चालन गरेको आरोप लगाएका छन्।

उनीहरुले विज्ञप्तिमा आयोजक र प्राविधिक कमिटीका सदस्यहरुको व्यक्तिगत र समूहगत स्वार्थ अनुरुप गण्डकीले विदेशी खेलाडीहरुलाई कीर्ते कागजमार्फत् नेपाली बनाएर सहभागी गराएको पनि दाबी गरेका छन्।

‘खेलाडीहरुको नाम, जर्सी नम्बरसहित विरोध दाबी गर्दासमेत प्राविधिक कमिटी र आयोजकको संयोजक र प्रतिवादीको मिलोमतोमा हामीलाई प्रमाणसमेत नदेखाइ दाबी नपुगेको भनी जारी प्रतियोगिताबाट बाहिर गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आयोजक संरक्षित गण्डकी प्रदेशका खेलाडीको सक्कल प्रमाणहरु हामीले हेर्न पाउनुपर्ने हाम्रो माग रहेको छ।’

No description available.

Ncell 2
Ncell 2
nimb
nimb

बिहीबारको खेलमा गण्डकी प्रदेशले जर्सी नम्बर ८ का सोनु लामा, जर्सी नम्बर १७ का रोहन लामा र हेमन्त पाइना भारतीय खेलाडी भएको आशंका लागेपछि बागमती प्रदेशका प्रशिक्षक र टिम व्यवस्थापकले प्राविधिक कमिटी र आयोजकको संयोजकसँग हाफ टाइममा खेल रोक्न माग गरेका थिए। 

यसअघि आयोजकले टिम दर्ता गराउँदा बुँदा नम्बर दुईमा खेलाडी नेपाली नागरिक हुनुपर्ने र जुन प्रदेशको नागरिक हो सोही प्रदेशबाट खेल्नुपर्ने जनाएको थियो। यस्तै, कुनै टिममा गैर–नेपाली खेलाडी खेलाइएको पाइए वा सावित भए पुरै टिम प्रतियोगिताबाट बाहिरिनु पर्ने जनाएको थियो। 

‘आयोजकले सहभागिता जनाउँदा नै सम्बन्धित प्रदेशबाहेकका खेलाडी खेलाउन नपाइने र विदेशी खेलाडी समेत खेलाउन नपाइने भनेका थिए,’ टिम व्यवस्थापक शर्माले भने, ‘सोही अनुसार विवाद उत्पन्न नहोस् भनेर सबै टोलीले नागरिकतालगायत सबै चाहिने डकुमेन्ट लगेका थिए। तर, खेलको दैरान गण्डकीका तीन खेलाडीको डकुमेन्ट नदेखेपछि आयोजकलाई हाफ टाइममा खेल रोक्न अनुरोध गरेका थियौं। तर, पछि छानबिन गर्ने भनेर झारा टारेपछि हामीले छानबिनको माग गरेका हौं।’

करिब ३ वर्ष अगाडि थाइल्यान्डमा आयोजना भएको एसियाली इन्डोर हक्की प्रतियोगितामा सोनु लामाको नागरिकतालगायत कागजात नमिलेको भन्दै राहदानी बनाउन पाएका थिएनन्। प्रतियोगितास्थल पुग्न अनिवार्य राहदानी चाहिने भएपनि पेस गर्न नसकेपछि उनलाई हक्की संघले सहभागी हुनबाट बञ्चित गरेको थियो।

Xtrem

Xtrem

संघले नै उनको बुबा र आमाको नेपाली नागरिकता नभएको कारण प्रतियोगितामा सहभागी नगराइएको जनाएको थियो। संघका अनुसार उनको हजुरबुबाले मात्रै नेपाली नागरिकता लिएका छन्। नेपालबाट नागरिकता लिन नमिलेपछि उनले प्रतियोगितामा सहभागिता जनाउन पेस गर्नुपर्ने कागज जुटाउन सकेका थिएनन्।

संघको उक्त कदमसँगै बागमतीले पनि उनी भारतीय नागरिक भएको आशंका गरेको छ। बिहीबारको खेलमा पनि उनी लगायत ३ खेलाडीको आवश्यक कागजात माग्दा आयोजकले आफूलाई आश्वस्त पार्न नसकेको टिम व्यवस्थापक शर्माको भनाइ छ। 

‘हामीले खेलाडीमै शंका लागेपछि छानबिन गर्न निवेदन दिएका थियौं। तर, आयोजकले खेल आधामा पुगिसकेको भन्दै रोक्न मानेर र हामीले पनि पछि हट्यौं। खेल सकिएको आधा घण्टापछि निवेदन लियो। भरेसम्म छानबिन गर्ने भनिएको थियो तर, सुनुवाइ भएन,’ उनले भने। 

बागमती प्रदेशले कागजात मागेपछि आयोजक कमिटीले बागमतीका प्रशिक्षक र टिम व्यवस्थापकलाई सोनु र रोहन लामा दाजुभाइ भएको कागजात देखाएको थियो। उनीहरु एकैको जन्मदर्ता एकै दिन बनिएको देखिएकाले थप आशंका उब्जिएको बागमतीका टिम व्यवस्थापक शर्मा बताउँछन्। 

‘छानबिन कमिटीले कागजात मागेपछि रोहन र सोनुले आफू दाजुभाइ भएको भन्दै केरमेर भएको जन्मदर्ताको सामान्य फोटोकपी देखाएका थिए। फोटोकपीमा देखिएको कागजात सम्बन्धित स्थानबाट जारी नभएको देखिएपछि शंका लागेर हामीले असहमति जनाएका हौं,’ उनले भने। 

यसअघि आयोजकले नियमविपरीत खेलाडी अनुबन्ध गराएको खण्डमा तयारी र यातायात खर्चसँगै टोलीलाई नै प्रतियोगिताबाट बञ्चित गर्ने भन्दै सचेत गराएको थियो। तर, हक्की संघकै पदाधिकारीले गण्डकी प्रदेशलाई बचाएको शर्मको आरोप छ। 

संघको आफ्नै तर्क
नेपाल हक्की संघले भने प्रतियोगितामा कुनै विदेशी खेलाडी सहभागी नभएको जनाएको छ। संघका सदस्य असिम शर्माले बागमती प्रदेशले खेलाडी सहभागितालाई लिएर आपत्ति जनाएपनि छानबिनको क्रममा त्यस्ता कुनै शंकास्पद कागजात फेला नपारेको दाबी गरेका छन्।

No description available.

‘बागमती प्रदेशले प्रोटेस गर्नुभएको थियो। त्यसपछि हामीले तीनै खेलाडीको स्थानिय निकायबाट जारी गरिएको जन्मदर्ताको फोटोकपी लिएर हेर्दा शंका गर्नुपर्ने नदेखिएपछि उहाँहरुको प्रोटेस खारेज गरेका हौं,’ उनले भने। 

उनले खेलाडीले जन्मदर्ताको फोटोकपी पेस गरेपनि गण्डकीले नागरिकता देखाउन नसकेको स्वीकार गरेका छन्। उनले प्राप्त कागजातको छानबिन गर्न संघमा पठाइएको र उतैबाट छानबिन हुने बताएका छन्।

‘उहाँहरुले दिनुभएको निवेदन, हामीले उहाँहरुलाई दिएको जानकारी, गण्डकीबाट प्राप्त खेलाडीको कागजात समेटेर रिपोर्ट संघलाई पठाएका छौं। उतैबाट उहाँहरुलाई जानकारी दिनुहोला,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी आइतबार, असोज १८, २०८३
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्