• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

कागज कीर्ते गरेर भारतीयलाई नेपाली हक्की खेलाडी बनाएको आशंका! 

64x64
दीप सुवेदी शुक्रबार, चैत ११, २०७८  १७:१६
1140x725

काठमाडौं– विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेशले तीन भारतीय खेलाडी खेलाएको भन्दै बागमती प्रदेशले छानबिन गर्न माग गरेको छ।

बिहीबार भएको खेलमा गण्डकीले प्रतियोगिताको नियमविपरीत तीन खेलाडीलाई मैदान उतारेको भन्दै बागमतीले नेपाल हक्की संघसमक्ष छानबिनको माग गरेको हो।

बिहीबारको पहिलो खेलमा गण्डकीले बागमतीलाई ८–० को गोलअन्तरमा पराजित गरेको थियो। गण्डकीको जितमा आशिष ठकुरीले ३ तथा सोनु लामा र पिताम्बर थापाले समान २–२ गोल गरेका थिए।

यस्तै, गण्डकीका रोहन लामाले १ गोल गरेका थिए। जारी प्रतियोगिता पहिलो खेलमा आर्मीसँग ११–० ले पराजित भएको गण्डकी सेमिफाइनलमा पुगिसकेको छ। यस्तै, आर्मीसँगै १४–० गोल अन्तरले पराजित भएको बागमती प्रतियोगिताबाटै बाहिरिसकेको छ।

बागमतीका मुख्य प्रशिक्षक मनोज शर्मा र टिम व्यवस्थापक साजन शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोजक कमिटीले नेपाल हक्की संघबाट जारी नै नभएको र नियमावली समेत स्वीकृत नगरी संयोजक तोकेर आफूखुशी निर्देशित पत्रचार गरेर विभिन्न प्रदेशबाट खेलाडीहरु बोलाएर प्रतियोगिता सञ्चालन गरेको आरोप लगाएका छन्।

उनीहरुले विज्ञप्तिमा आयोजक र प्राविधिक कमिटीका सदस्यहरुको व्यक्तिगत र समूहगत स्वार्थ अनुरुप गण्डकीले विदेशी खेलाडीहरुलाई कीर्ते कागजमार्फत् नेपाली बनाएर सहभागी गराएको पनि दाबी गरेका छन्।

‘खेलाडीहरुको नाम, जर्सी नम्बरसहित विरोध दाबी गर्दासमेत प्राविधिक कमिटी र आयोजकको संयोजक र प्रतिवादीको मिलोमतोमा हामीलाई प्रमाणसमेत नदेखाइ दाबी नपुगेको भनी जारी प्रतियोगिताबाट बाहिर गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आयोजक संरक्षित गण्डकी प्रदेशका खेलाडीको सक्कल प्रमाणहरु हामीले हेर्न पाउनुपर्ने हाम्रो माग रहेको छ।’

No description available.

Ncell 2
Ncell 2

बिहीबारको खेलमा गण्डकी प्रदेशले जर्सी नम्बर ८ का सोनु लामा, जर्सी नम्बर १७ का रोहन लामा र हेमन्त पाइना भारतीय खेलाडी भएको आशंका लागेपछि बागमती प्रदेशका प्रशिक्षक र टिम व्यवस्थापकले प्राविधिक कमिटी र आयोजकको संयोजकसँग हाफ टाइममा खेल रोक्न माग गरेका थिए। 

यसअघि आयोजकले टिम दर्ता गराउँदा बुँदा नम्बर दुईमा खेलाडी नेपाली नागरिक हुनुपर्ने र जुन प्रदेशको नागरिक हो सोही प्रदेशबाट खेल्नुपर्ने जनाएको थियो। यस्तै, कुनै टिममा गैर–नेपाली खेलाडी खेलाइएको पाइए वा सावित भए पुरै टिम प्रतियोगिताबाट बाहिरिनु पर्ने जनाएको थियो। 

‘आयोजकले सहभागिता जनाउँदा नै सम्बन्धित प्रदेशबाहेकका खेलाडी खेलाउन नपाइने र विदेशी खेलाडी समेत खेलाउन नपाइने भनेका थिए,’ टिम व्यवस्थापक शर्माले भने, ‘सोही अनुसार विवाद उत्पन्न नहोस् भनेर सबै टोलीले नागरिकतालगायत सबै चाहिने डकुमेन्ट लगेका थिए। तर, खेलको दैरान गण्डकीका तीन खेलाडीको डकुमेन्ट नदेखेपछि आयोजकलाई हाफ टाइममा खेल रोक्न अनुरोध गरेका थियौं। तर, पछि छानबिन गर्ने भनेर झारा टारेपछि हामीले छानबिनको माग गरेका हौं।’

करिब ३ वर्ष अगाडि थाइल्यान्डमा आयोजना भएको एसियाली इन्डोर हक्की प्रतियोगितामा सोनु लामाको नागरिकतालगायत कागजात नमिलेको भन्दै राहदानी बनाउन पाएका थिएनन्। प्रतियोगितास्थल पुग्न अनिवार्य राहदानी चाहिने भएपनि पेस गर्न नसकेपछि उनलाई हक्की संघले सहभागी हुनबाट बञ्चित गरेको थियो।

संघले नै उनको बुबा र आमाको नेपाली नागरिकता नभएको कारण प्रतियोगितामा सहभागी नगराइएको जनाएको थियो। संघका अनुसार उनको हजुरबुबाले मात्रै नेपाली नागरिकता लिएका छन्। नेपालबाट नागरिकता लिन नमिलेपछि उनले प्रतियोगितामा सहभागिता जनाउन पेस गर्नुपर्ने कागज जुटाउन सकेका थिएनन्।

संघको उक्त कदमसँगै बागमतीले पनि उनी भारतीय नागरिक भएको आशंका गरेको छ। बिहीबारको खेलमा पनि उनी लगायत ३ खेलाडीको आवश्यक कागजात माग्दा आयोजकले आफूलाई आश्वस्त पार्न नसकेको टिम व्यवस्थापक शर्माको भनाइ छ। 

‘हामीले खेलाडीमै शंका लागेपछि छानबिन गर्न निवेदन दिएका थियौं। तर, आयोजकले खेल आधामा पुगिसकेको भन्दै रोक्न मानेर र हामीले पनि पछि हट्यौं। खेल सकिएको आधा घण्टापछि निवेदन लियो। भरेसम्म छानबिन गर्ने भनिएको थियो तर, सुनुवाइ भएन,’ उनले भने। 

बागमती प्रदेशले कागजात मागेपछि आयोजक कमिटीले बागमतीका प्रशिक्षक र टिम व्यवस्थापकलाई सोनु र रोहन लामा दाजुभाइ भएको कागजात देखाएको थियो। उनीहरु एकैको जन्मदर्ता एकै दिन बनिएको देखिएकाले थप आशंका उब्जिएको बागमतीका टिम व्यवस्थापक शर्मा बताउँछन्। 

‘छानबिन कमिटीले कागजात मागेपछि रोहन र सोनुले आफू दाजुभाइ भएको भन्दै केरमेर भएको जन्मदर्ताको सामान्य फोटोकपी देखाएका थिए। फोटोकपीमा देखिएको कागजात सम्बन्धित स्थानबाट जारी नभएको देखिएपछि शंका लागेर हामीले असहमति जनाएका हौं,’ उनले भने। 

यसअघि आयोजकले नियमविपरीत खेलाडी अनुबन्ध गराएको खण्डमा तयारी र यातायात खर्चसँगै टोलीलाई नै प्रतियोगिताबाट बञ्चित गर्ने भन्दै सचेत गराएको थियो। तर, हक्की संघकै पदाधिकारीले गण्डकी प्रदेशलाई बचाएको शर्मको आरोप छ। 

संघको आफ्नै तर्क
नेपाल हक्की संघले भने प्रतियोगितामा कुनै विदेशी खेलाडी सहभागी नभएको जनाएको छ। संघका सदस्य असिम शर्माले बागमती प्रदेशले खेलाडी सहभागितालाई लिएर आपत्ति जनाएपनि छानबिनको क्रममा त्यस्ता कुनै शंकास्पद कागजात फेला नपारेको दाबी गरेका छन्।

No description available.

‘बागमती प्रदेशले प्रोटेस गर्नुभएको थियो। त्यसपछि हामीले तीनै खेलाडीको स्थानिय निकायबाट जारी गरिएको जन्मदर्ताको फोटोकपी लिएर हेर्दा शंका गर्नुपर्ने नदेखिएपछि उहाँहरुको प्रोटेस खारेज गरेका हौं,’ उनले भने। 

उनले खेलाडीले जन्मदर्ताको फोटोकपी पेस गरेपनि गण्डकीले नागरिकता देखाउन नसकेको स्वीकार गरेका छन्। उनले प्राप्त कागजातको छानबिन गर्न संघमा पठाइएको र उतैबाट छानबिन हुने बताएका छन्।

‘उहाँहरुले दिनुभएको निवेदन, हामीले उहाँहरुलाई दिएको जानकारी, गण्डकीबाट प्राप्त खेलाडीको कागजात समेटेर रिपोर्ट संघलाई पठाएका छौं। उतैबाट उहाँहरुलाई जानकारी दिनुहोला,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डम... सोमबार, मंसिर २२, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने... बुधबार, कात्तिक १९, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा सोमबार, मंसिर २२, २०८२
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, मंसिर २२, २०८२
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
माग पूरा नभए फागुनमा निर्वाचन हुनै दिन्न : प्रसाईं सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्