काठमाडौं– केही दिनयता प्रहरीको उपचार खर्च सम्बन्धि अर्थ मन्त्रालयको एक पत्र सामाजिक सञ्जालमार्फत प्रहरी कर्मचारीबीच भाइरल भइरहेको छ। सोही पत्रका आधारमा अब अवकाशको क्रममा प्रहरीले उपचार खर्च नपाइने भन्ने हल्ला चलाइएको छ।
सोही हल्लाका कारण विगतमा कतिपय प्रहरीले जागिर छाडेका थिए। अहिले फेरि त्यस्तै हल्लापछि प्रहरी प्रधान कार्यालयले बिहीबार प्रेस बिज्ञप्ती जारी गरी त्यसबारे प्रष्ट पारेको छ।
प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीका अनुसार प्रहरी नियमावलीमा व्यवस्था भएअनुसार सुविधा प्रहरीले पाउने छन्।
हाल सामाजिक सञ्जालमा भाइरल भएको पत्र सक्कली भएको र त्यो एक प्रहरी जवानको उपचार खर्चसँग सम्बन्धित भएको एसएसपी क्षत्रीले बताए। निर्वाचनको क्रममा अछामको साँफेबगरमा घाइते भएका प्रहरी जवान हिक्मत विकको उपचार खर्च माग्दै प्रहरीले पठाएको पत्रमा अर्थ मन्त्रालयले सो उपचार खर्च उपलब्ध गराउन नसकिने जवाफ दिएको थियो। सोही जवाफलाई आधार बनाएर प्रहरीले उपचार खर्च नपाउने भनेर हल्ला फिजाइएकोमा ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालयको प्रेस बिज्ञप्ती

अर्थ मन्त्रालयको पत्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।