काठमाडौं– राजधानीमा प्रहरीले गुन्डागर्दीविरुद्ध आक्रामक अभियान सुरु गरेको छ। गुन्डा नाइकेदेखि टोले गुन्डासम्मलाई प्रहरीले कारबाही अघि बढाएको छ।
बुधबार ४ जना ‘टोले गुन्डा’लाई प्रहरीले पक्राउ गरेको छ। गोंगबु, नयाँ बसपार्क, बालाजु लगायत क्षेत्रमा गुन्डागर्दीमा संलग्न सुरेश डंगोल, राज कुमार ढुंगाना, राम कुमार घर्ती र भिम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई धम्काउने र पैसा असुल्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए। मंगलबार मात्र प्रहरीले दरबारमार्ग र ठमेल क्षेत्रमा गुन्डागर्दी गरेको आरोपमा विमल लुङगेली मगरलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।