काठमाडौं- जुम्लामा अनसरनत डा गोविन्द केसी र वीर अस्पतालमा अनसनमा रहेकी गंगामाया अधिकारीको माग पूरा गर्न निषेधाज्ञा फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीसहित १२ जना माइतीघरबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा चरण प्रसाईँ, डा. सुरेन्द्र भण्डारी, डा. उद्धव प्याकुरेल, महामुनिश्वर आचार्य, सागर अधिकारी, मनोज अधिकारी, मोहन ज्ञवाली र लोकेन्द्र पोखरेल, लोकराज अवस्थी, विश्व दुवाल, जयराम दाहाल, इन्द्रप्रसाद अर्याल रहेका छन्।
बिहान पक्राउ परेका उनीहरुलाई अनामनगर प्रहरी वृत्तमा लगिएको छ।
सरकारले माइतीघर मण्डला लगायत अन्य केही स्थानलाई विरोध प्रदर्शनका लागि निषेधित क्षेत्र तोकेपछि उनीहरु फिर्ताको मागसहित माइतीघर पुगेका थिए। नेपाली कांग्रेसले पनि निषेधाज्ञा तोड्ने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।