काठमाडौं– न्याय परिषदले उच्च अदालतका १७ न्यायाधीशको काज सरुवा गरेको छ।
परिषदको बुधबार बसेको बैठकले सर्वोच्च अदालत, न्याय परिषद् र अन्य अदालतका न्यायाधीशहरुको काज सरुवा गर्ने प्रधानन्यायाधीशको निर्णय सदर गरेको हो।
परिषदले विभिन्न उच्च अदालतका ८ जना न्यायाधीशलाई सर्वोच्चमा काजमा राख्ने यसअघिकै निर्णयलाई सदर गरेको छ। आर्थिक लाभ लिई फैसला गरेको आरोपमा कानुन व्यवसायीले आन्दोलन गरेपछि उच्च अदालत जनकपुरको राजविराज इजलासका तीन जना न्यायाधीश काठमाडौं तानिएका थिए।
अन्य नौ जना न्यायाधीशहरुलाई विभिन्न अदालतमा काज सरुवा गरिएको छ।
रोजगार न्यायाधीकरणमा सिलवालको नाम सिफारिस
न्याय परिषदले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश किशोर सिलवालको नाम सिफारिस गरेको छ।
परिषदको सिफारिसपछि अब मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गर्छ। न्यायाधीकरणमा यसअघिदेखि नै कानुन सदस्य अर्थात् अध्यक्षको पद रिक्त थियो।
यस्ता छन् काज सरुवा हुनेहरु:



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।