काठमाडौं– सरकारको कामकारबाहीको विरोध गर्न नेपाली कांग्रेसले 'पाँच स'को नीति अपनाउने भएको छ। मंगलबार साँझ देउवा निवासमा बसेको कांग्रेसको अनौपचारिक बैठकले सदन, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रहमार्फत् सरकारको कामको प्रतिवाद गर्ने निर्णय गरेको कांग्रेस बालकृष्ण खाँडले जानकारी दिए।
'जल्दाबल्दा समस्याहरुलाई सदनबाट कुरा उठाउने, आवश्यक पर्यो भने सडकबाट उठाउने, सञ्चार माध्यमबाट सम्प्रेषण गर्ने, समाजिक सञ्जाललाई पनि जनता, प्रजातन्त्र र कांग्रेसको पक्षमा प्रयोग गर्ने र आवश्यक पर्यो भने सत्याग्रह गर्ने नीति अख्तियार गरेको छ', खाँडले भने, ' यसका लागि केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेसलाई जुझारु बनाउने निर्णय भएको छ।।'
बैठकमा रामचन्द्र पौडेल, गोपालमान सिंह, कृष्ण सिटौला, नारायण खड्का, मीनेन्द्र रिजाल सहित पदाधिकारीसमेत संलग्न बैठक साँढे तीन घण्टाभन्दा बढी समय बसेको थियो।
पार्टीलाई आन्तरिक रुपमा एकताबद्ध बनाएर लैजाने सहमति पनि भएको खाँडले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।