• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बिजनेस भिसा, धर्मको व्यापार

64x64
नेपाल लाइभ बिहीबार, असार २१, २०७५  ०१:३५
1140x725

काठमाडौं– ललितपुरको पुल्चोकमा सिङ्ग–मा फुड कोर्ट प्रालि नामक रेस्टुरेन्ट छ। यस रेस्टुरेन्टका सञ्चालक सिंगापुरका नागरिक यो क्वान छेङसहित ६ जना छन्। 

छेङ नेपालमा बस्दैनन्। उनले इन्डोनेसियाकी महिला रीता गोंगालाई व्यापार प्रतिनिधिका रुपमा नेपालमा खटाएका छन्। सो कम्पनीको व्यापार प्रतिनिधिका रुपमा बिजनेस भिसामा नेपालमा बस्दै आएकी रीतालाई पुल्चोकको सो रेस्टुरेन्टप्रति खासै चासो छैन। रेस्टुरेन्ट त उनको नेपाल बसाइको बहाना मात्र हो। 

उनको दिन बित्ने गर्छ, कुमारीपाटीस्थित ‘एभ्री नेसन चर्च’ मा। आफ्ना श्रीमान् दी भेरा रिचार्ड (फिलिपिनो नागरिक) सँग मिलेर उनले चर्च चलाउँदै आएकी छिन्। नेपालमा व्यवसाय गर्न भनेर बिजनेस भिसामा बसेका उनीहरु धर्म प्रचार र धर्म परिवर्तनको ‘व्यापार’ मा संलग्न छन्। उनीहरु दुवै जना पादरी भएको स्रोत बताउँछ। रेस्टुरेन्टका मुख्य मालिक सिंगापुरका क्वान छेङ पनि पादरी नै भएको र बिजनेस भिसा पाउनकै लागि सो रेस्टुरेन्ट खोलिएको स्रोत बताउँछ।

नेपालको संविधानले दबाव तथा प्रभावमा धर्म परिवर्तनलाई अपराध मानेको छ। तर, उनीहरुले बिजनेस भिसामा बसेर नेपालमा धर्म परिवर्तन गर्दै आएका छन्।

विदेशीहरुले नेपालमा भिसाको दुरुपयोग गरेर कसरी इसाई धर्मको प्रचार गरिरहेका छन् भन्ने यो एउटा उदाहरण हो। जानकारहरुका अनुसार, नेपालमा बिजनेस भिसामा बस्दै आएका एक सयभन्दा धेरै व्यक्ति इसाई धर्मको प्रचार तथा धर्म परिवर्तनको ‘धन्दा’मा सक्रिय छन्। 

रेस्टुरेन्टका साथै भाषा प्रशिक्षण केन्द्र जस्ता साना लगानीका कम्पनीहरु खोलेर विदेशीहरु नेपालको अध्यागमन कानुन विपरीत अवैध गतिविधिमा संलग्न छन्। विदेशी नागरिकहरुमाथि प्रभावकारी अनुगमन हुन नसक्दा यस्ता अवैध गतिविधि बढ्दो छन्। 

अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले पनि कतिपय विदेशीहरु धर्म परिवर्तन लगायत अवैध गतिविधिमा लागेको सूचना प्राप्त भएको र अनुसन्धान भइरहेको बताउँछन्।

‘नेपालमा आउने धेरै विदेशीहरु धर्म प्रचार तथा प्रवचन जस्ता गतिविधिमा संलग्न रहेका सूचना आइरहन्छन्’, महानिर्देशक काफ्ले भन्छन्, ‘तर नेपालको कानुनमा धर्म प्रचार गर्न नपाइने भन्ने प्रावधान रहेनछ, भिसा दुरुपयोग गर्ने कतिपयलाई निष्कासन पनि गर्दै आएका छौं।’  

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय विदेशीहरु धर्म परिवर्तनकै उद्देश्य लिएर नेपाल आउने गरेका छन्। व्यापारका लागि लगानी गरिएको पैसा पनि त्यसैमा खर्च हुने गरेको छ। 

नेपालका विभिन्न स्थानमा रहेका चर्चमा छापा मार्ने हो भने अवैध रुपमा बसिरहेका एक सयभन्दा बढी पादरी पक्राउ पर्ने अध्यागमन विभागका एक अधिकारी बताउँछन्।

२ हजारभन्दा बढी विदेशी बिजनेस भिसामा

काठमाडौंमा व्यापारको आवरणमा धेरै विदेशीहरु क्रिस्चियन धर्म प्रचारमा लागेका छन्। कीर्तिपुर नगरपालिकाको टौदहमा एक कोरियन नागरिकले ग्रेस कम्प्युटर इन्स्टिच्यूट खोलेका छन्। जहाँ ७/८ थान कम्प्युटर छन्। नजिकैको एक स्कुल र स्थानीयलाई त्यहाँ कम्प्युटर सम्बन्धी तालिम पनि दिइन्छ।

तर, त्यसरी तालिम दिएर पैसा कमाउने सो कम्पनीको उद्देश्य होइन। स्थानीयहरुलाई क्रिश्चियन धर्ममा लगाउने उद्देश्यले सो कम्पनी स्थापना गरिएको स्रोत बताउँछ। 

त्यस्तै, कीर्तिपुरको पाँगामा पनि एक कोरियन भाषा इन्स्टिच्यूट छ। कोरियन भाषा पढाउनेभन्दा पनि सो कम्पनीले पनि शनिबार इसाई धर्म सम्बन्धी प्रवचन दिने गरेको छ। 

नेपालमा २ हजारभन्दा धेरे विदेशी बिजनेस भिसा लिएर बसेका तथ्यांक अध्यागमन विभागसँग छ। बिजनेस भिसा लिन नेपालमा कम्तीमा ५० लाख रुपैयाँ बराबरको लगानी गर्नुपर्छ। त्यसरी लगानी गरेको कम्पनीमा अनुगमन गरेपछि मात्र बिजनेस भिसा दिन सकिने प्रावधान छ। तर, भिसाका लागि सिफारिस गर्ने उद्योग विभाग र भिसा दिने अध्यागमन विभागले विस्तृत अध्ययन र अनुगमनबिना नै दिने गर्छन्। त्यसपछि कहिल्यै अनुगमन समेत नहुने भएकाले धर्म प्रचारको विकृति बढेको हो। 

पर्यटन भिसामा आएका विदेशीहरु पनि समाजसेवाको नाममा धर्म प्रचारमा लाग्ने गरेका छन्। जसमा धेरैजसो कोरियन तथा जापानी नागरिकहरु हुने गर्छन्। 

यसरी भिसाको दुरुपयोग गरी नेपालमा बस्दै आएका विदेशीहरुको अनुगमनका लागि सरकारले ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७५’ ल्याएको छ। सो निर्देशिका अनुसार विदेशी नागरिकहरुमाथि निगरानी र कारबाही प्रभावकारी बनाइने अध्यागमन विभागका महानिर्देशक काफ्ले बताउँछन्।

प्रकाशित मिति: बिहीबार, असार २१, २०७५  ०१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ मंगलबार, असोज ६, २०८३
जलेर मृत्यु भएका चालकको पहिचान खुल्यो, लाइसेन्स भने अर्कैको मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्