काठमाडौं– सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्।
समितिमा सभामुखका साथै उपसभामुख, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र १४ जना सांसद सदस्य छन्।
समितिमा सत्तारुढ नेकपाबाट ८ जना, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट ४ र राजपा तथा संघीय समाजवादी फोरमबाट १/१ जना सदस्य रहेका छन्।
नेकपाबाट प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओन्सरी घर्ती मगर, खगराज अधिकारी, जयपुरी घर्ती, भानुभक्त ढकाल, रेखा शर्मा, पवित्रा निरौला खरेल र शान्ता चौधरी रहेका छन्। यस्तै, नेपाली कांग्रेसबाट प्रमुख सचेतक बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, पार्वता डिसी चौधरी छन्। राजपाबाट राजकिशोर यादव र संघीय समाजवादी फोरमबाट उमाशंकर अरगरिया सदस्य रहेका छन्।
कार्यव्यवस्था परामर्श समितिमा संसदको बैठक बस्नुअघि कार्यसूची र छलफलको विषयमा छलफल गरिन्छ। त्यहाँ सहमति भएपछि मात्र विधेयकहरु प्रतिनिधिसभामा पेस गर्ने परम्परा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।