काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ। संसदीय दलको कार्यालयमा बसेकाे बैठकले महत्वपूर्ण तीन निर्णय गरेको छ।
बैठकले सबै सार्वजनिक स्थानमा विरोध प्रदर्शनका लागि खुला गर्न अभियान चलाउने निर्णय छ। सरकारले माइतीघर लगायत क्षेत्रलाई निषेधित क्षेत्र तोकेपछि त्यसको त्यसविरुद्ध आन्दोलन गर्न लागेको हो।
त्यस्तै, जुम्लामा अनसन बसिरहेका डा गोविन्द केसीलाई सहयोग गर्न प्रकाश रसाइली सहितका तीन सांसदलाई जुम्ला पठाउने निर्णय भएको छ।
चिकित्सा शिक्षासम्बन्धि बिधेयकलाई पहिले जस्तै पेश गर्न सरकारसँग माग गरेको थियो।
त्यस्तै, संसदीय समितिहरुलाई तत्काल पूर्णता दिन र मौलिक हकसम्बन्धि कानुन बनाउन पनि माग गर्ने निर्णय भएको कांग्रेस नेता बालकृष्ण खाँडले बताए।
प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारविरुद्ध आक्रामक रुपमा सडक र सदनमा प्रस्तुत हुने तयारीमा छ। त्यसका लागि मंगलबार साँझ सभापति शेरबहादुर देउवाले पार्टीका सिनियर नेताहरुसँग छलफल गरेका थिए।
छलफलमा पार्टीभित्रका तिक्तता छाडेर एकजुट भइ सशक्त प्रतिपक्षीको भूमिका निभाउने निर्णय भएको नेता खाँडले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।