• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

जसपा एकढिक्का भयो, अब निर्वाचनमा केन्द्रित हुन्छौं : राजकिशोर यादव [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, चैत १, २०७८  १५:२०
1140x725

पार्टी फुटको संघारमै पुगेको भनेर चर्चा भइरहेको जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तहको निर्वाचन, पार्टीभित्रको विवाद, एमसीसी, सांगठनिक संरचनालगायत विषयमा कार्यकारिणी समिति, संघीय परिषद् र केन्द्रीय समिति बैठकमा छलफल गरेको छ। पार्टीको बैठक सकिएपछि नेताहरुले ‘जिम्मेवारी बाँडफाँट’मार्फत् फुटको सम्भावना टरेको सन्देश प्रवाह गरेका छन्। र, स्थानीय निर्वाचनमा केन्द्रित भएका छन्। जसपा बैठकमा उठेका सवाल, स्थानीय निर्वाचन र पार्टी विवादका विषयमा कार्यकारिणी समिति सदस्य एवम् पूर्वमन्त्री राजकिशोर यादवसँग नेपाल लाइभले गरेको कुराकानी :

तपाईंहरूले कार्यकारिणी समिति, संघीय परिषद् र केन्द्रीय समिति बैठक सक्नुभयो। ती बैठकले खासमा के गरे? 
बैठकमा धेरै विषयमा छलफल भएपनि मुख्य रुपमा स्थानीय निर्वाचनमा केन्द्रित भएर बढी छलफल भयो। त्यसपछि निर्वाचनका निम्ति नेता र कार्यकर्तालाई उर्जा थप्ने काम भयो। निर्वाचनमा कसरी गएमा जित हासिल गर्न सकिन्छ भन्नेगरी मिहिन ढंगले बहस र छलफल भयो।

यस्तै, चुनावमा कस्ता व्यक्तिलाई उम्मेदवार बनाउने, कसले त्यसमा निर्णय गर्ने र कुन-कुन केन्द्रीय सदस्यलाई कहाँ खटाउने भन्ने विषयमा निर्णय भयो। चुनावमा के कस्ता नाराहरु बनाउने भन्ने विषयमा पनि छलफल भयो।

अर्को, संगठनको सवालमा तीन जनाको नेतृत्वमा मुख्यालय बनाउने काम भयो। त्यसबाट सामूहिक निर्णय गर्न सकियोस् भनेर बनायौं। कार्यकारिणी वा केन्द्रीय समिति बस्न नसकेको अवस्थामा मुख्यालय बसेर निर्णय गर्ने छ। त्यो निर्णय कार्यकारिणी र केन्द्रीय समितिबाट पास गराउने काम भयो। उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने जिम्मा अशोक राईलाई पनि दिइएको छ।

यसअघि जसपामा विवाद छ भनिएको थियो। त्यसलाई पनि सम्बोधन गर्नेगरी असार १ र २ गते विधान अधिवेशन गर्ने भएका छौं। त्यसलगत्तै महाधिवेशनमा जाने निर्णय भयो। पार्टी कस्तो बनाउने? पार्टीलाई वैचारिक र सांगठनिक रुपमा कस्तो बनाउने भन्ने विषयमा विधान अधिवेशन र महाधिवेशनमा छलफल गर्ने छौं। अब जसपा एक भएको छ। जसपा एक भएर जानुपर्छ भन्ने छ। जुन वैकल्पिक शक्ति निर्माण गर्ने अभिभारा हो, त्यसलाई परिपूर्ति गरेर जाने निर्णय भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जसपाको विधानले मुख्यालयको व्यवस्था गरेको छैन। तीन जनाको मुख्यालय बनाउने निर्णय विधान विपरीत भएन र? 
पार्टीको कार्यकारिणी र केन्द्रीय समितिबाट निर्णय भइसकेपछि विधान परिमार्जन गरेर जान सकिन्छ। त्यो बनाउँदा विधान विपरीत हुँदैन। 

पार्टीमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षबीच विवाद छ भनिएको थियो। अब विवाद साम्य भयो?
पार्टीमा देखिएको विवाद साम्य भयो। अरु समस्याहरु विधान अधिवेशन र महाधिवेशनबाट टुंगो लगाउँछौं। 

उपेन्द्र यादव अल्पमतमा परेपछि मुख्यालय बनाउनेदेखि अशोक राईको टिकटमा हस्ताक्षर चल्ने व्यवस्था गरिएको भन्ने छ नि?
त्यस्तो हुँदै होइन। पार्टीमा विगतदेखि त्यो अधिकार अरुलाई पनि दिएको स्थिति हो। यसअघिको चुनावमा महासचिव रामसायप्रसाद यादवको टिकटमा हस्ताक्षर चल्ने व्यवस्था गरिएको  थियो। पार्टी भनेको सामूहिक नेतृत्वको अभिव्यक्ति हो। त्यसैले पार्टीमा सामूहिकता झल्कियोस् भनेरै निर्णय भयो। त्यसैले उपेन्द्र यादव अल्पमत वा बहुमतमा परेको भन्ने कुरै होइन। सर्वसम्मत रुपमा निर्णय गरेका छौं।

Xtrem
Xtrem

तपाईंहरु स्थानीय चुनावमा गठबन्धन बनाएर जानुहुन्छ कि एक्लै जानुहुन्छ?
आवश्यकताका आधारमा स्थानीय चुनावमा जान्छौं। सबै स्थानीय तहमा गठबन्धन हुने स्थिति छैन। जहाँ गठबन्धनको आवश्यकता देखिन्छ, त्यहाँ गठबन्धन बनाएर जान्छौं। जहाँ हुँदैन त्यहाँ एक्लाएक्लै भिडेर जान्छौं। केही महानगर, उपमहानगर, नगरपालिकामा केन्द्रबाटै तालमेल गरेर जाने हुन सक्छ। त्यो पनि स्थानीय नेतृत्वले तालमेल गर्ने देख्छ भने तालमेल हुन्छ। तालमेल गर्ने देख्दैन भने हुँदैन। स्थानीय निर्णयलाई केन्द्रले अनुमोदन मात्रै गर्ने हो। 

तपाईंकै पार्टीबाट जनप्रतिनिधिहरु अहिले अरु पार्टीमा प्रवेश गरिरहेका छन्। यस्तो अवस्थामा एक्लै चुनाव लडेर जित्न सकिन्छ?
चुनावका बेला सबै पार्टीमा यस्ता छिटफुट घटनाहरु हुने गर्छन्। पार्टीमा आउने–जाने क्रम जारी रहन्छ। यस्ता कुराहरु व्यक्तिले भन्दा संगठनले तय गर्छ। यसरी एउटा व्यक्ति अर्को पार्टीमा जाँदा क्षति त हुन्छ। जहाँ–जहाँ जसपाको संगठनको आधार छ, त्यहाँ हामी राम्रैसँग विजयी हुन्छौं। धेरै साथीहरुको ग्राउण्डबाट एकल रुपमै चुनावमा जानु पर्छ भन्ने सुझाव आएको छ। 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्