चितवन- चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५, टोपे खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
आज बिहान ५ः४० बजेतिर पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक वेद गौतमले जानकारी दिए। गौतमका अनुसार ५० मिटरभन्दा लामो पहिरो खसेकोले पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने देखिएको छ।
अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको उनले बताए। ‘पहिरो निकै ठुलो रहेको र हटाउन निकै समय लाग्ने भएकोले यात्रुहरुलाई वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न आग्रह गर्दछु।’, गौतमले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।