• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सरकार चलाउने र चुनाव लड्ने गठबन्धन बेग्लाबेग्लै हुनसक्छ : डम्बर खतिवडा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, फागुन ३०, २०७८  १४:४१
1140x725

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ। विभिन्न चार अजेन्डामा छलफल गरिरहेको बैठक हिजोदेखि सुरु भएर आज सकिँदैछ। उसको यो बैठक मुख्यतयाः आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित छ। स्थानीय तहको निर्वाचनमा पार्टीको रणनीतिदेखि पछिल्लो समय पार्टीभित्र रहेको भनिएको विवादका विषयमा जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडासँग नेपाल लाइभले गरेको कुराकानी :

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ। हिजो र आज के-के विषयमा छलफल केन्द्रित छ?
२८ गते हाम्रो संघीय परिषद्को बैठक भएको थियो। त्यसमा बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। राजनीतिक विषय त्यही नै हो। पार्टीको केन्द्रीय कमिटी बैठकमा छलफल गर्नका लागि मुख्यतया: चारवटा एजेन्डाहरु थिए। पहिलो, स्थानीय निकायको निर्वाचन र निर्देशिका हो। जसलाई हामीले हिजो नै छलफल गरेर पारित गरिसक्यौं।

दोस्रो, आज केन्द्रीय सदस्यहरुको कार्यविभाजन हो। त्यसमा केन्द्रित छौं। निर्वाचनसम्मका लागि ७५३ वटै गाउँपालिका, नगरपालिकालाई लक्षित गरेर केन्द्रीय सदस्यको कार्यविभाजन हुनेछ। तेस्रो, पार्टीको आगामी विधान अधिवेशनको कार्य विधिबारे छलफल हो। चौंथो, केही समयसामयिक प्रस्तावहरु पारित गर्ने भन्ने हो। यिनै विषयमा छलफल केन्द्रित भइरहेका छन्।

यी सबैमध्ये महत्त्वपूर्ण स्थानीय तहको निर्वाचन नै होला। निर्वाचनमा तालमेल गरेर जानुहुन्छ कि एक्लाएक्लै जानुहुन्छ? 
हाम्रो बुझाइ के हो भने हाम्रो कारण वा निर्णयले मात्रै अन्तिम हुन्छ भन्ने हुँदैन। गठबन्धनमा रहेका दलका पार्टीका नेताहरुको धारणा के छ भन्ने कुरा पनि महत्त्वपूर्ण नै हो। राष्ट्रिय जनमोर्चाबाहेक अहिले चार दल छौं। उहाँहरुको एमसीसीको विषयमा मात्रै विमत्ति थियो तर, चुनावमा सहकार्य गरेर जादैनौँ भन्नुभएको छैन। अन्य दलहरुको पनि धारणा के हो भन्ने कुरा प्रष्ट भएको छैन। हिजोको बैठकबाट हामीले केही निर्देशिका पारित गरेका छौं। हामीले के आधारबाट निर्देशिका पारित गर्‍यौं  भने स्थानीय तहको निर्वाचनमा केन्द्रीयस्तरको गठबन्धन देशभरि नै आमरुपमा सम्भव छैन। खास-खास ठाउँ महानगर र उपमहानगरमा मात्रै गठबन्धन हुन सक्छ। त्यसको अधिकार केन्द्रीय समितिमा रहन्छ। बाँकी सबै अधिकार स्थानीय कमिटीलाई दिएका छौं। जिल्ला र पालिकास्तरका कमिटी हुन्। जहाँ एक्लै जितिन्छ त्यहाँ साथीहरुले एक्लै लड्ने निर्णय गर्नुहुन्छ। 

गठबन्धन गर्दा कुन पार्टीसँग गर्ने भन्ने तय भयो कि भएन?
गठबन्धन यो पार्टीसँग गर्ने, यो पार्टीसँग नगर्ने भन्ने छैन। सबैतिर खुला छौं। यसको निर्णय गर्ने सबै अधिकार स्थानीय कमिटीलाई छाडिदिएका छौं।  कुन पार्टीले गठबन्धन गर्न चाहन्छ, कसले चाहँदैन, अवस्था के छ? के लिने वा के दिने? सबै स्थानीय कमिटीले मूल्यांकन गर्छन्। त्यसैले खास पार्टीसँग मात्रै गठबन्धन गर्ने भन्ने छैन। 

Ncell 2
Ncell 2

जसपाका नेता र जनप्रतिनिधि एमालेमा गइरहेका छन्। यसलाई कसरी लिनुभएको छ?
लोकतन्त्रमा पार्टी रोज्ने अधिकारका पक्षपाति हौं। लोकतन्त्र भनेको नागरिकको सार्वभौमस सत्ता हो। मन लागे पार्टीमा बस्छन्, नलागे छाड्छन्। मन लागे भोट दिन्छन्, मन नलागे भोट दिँदैनन्। त्यसमा हाम्रो आपत्ति कहिल्यै पनि हुँदैन। जहाँसम्म हाम्रा केही साथीहरुले छोड्नुभयो भन्ने कुरा छ। त्यसमा त व्यक्तिगत मनोविज्ञान होला उहाँहरुको। त्यसमा मैले टिप्पणी गरिरहनु उचित हुन्छ जस्तो लाग्दैन।

सत्ता गठबन्धनका दलहरुबीच तालमेल नहुने स्थिति बन्यो भने जसपाले के गर्छ?
जसपा एक्लै पनि चुनाव लड्छ। जति सक्छ, लड्छ। त्यसको तयारी हामीले सुरु गरिसकेका छौँ। सरकार चलाउने गठबन्धन भन्नु र चुनाव लड्ने गठबन्धन भन्नु बेग्लाबेग्लै हो। सरकार चलाउने गठबन्धनले चुनाव पनि गठबन्धन बनाएरै लड्नुपर्छ भन्ने छैन।

एक्लै चुनाव जित्छौँ भन्ने आत्मविश्वास छ?
लोकतन्त्र हो। ७५३ पालिकामा सबै जित्छौँ भन्ने होइन। त्यस्तो दाबी गर्नु हास्यास्पद पनि हुन्छ। यो त बहुदलीय प्रणाली हो। मलाई लाग्छ, सात सयभन्दा बढी पालिकाहरुमा हामी शानदार प्रतिस्पर्धा गर्न सक्छौँ। यद्यपि, हार्न पनि सक्छौँ, जित्न पनि सक्छौँ। तर, प्रतिनिधित्वको संघर्षचाहिँ हामी सजिलै गर्न सक्छौँ। तर, चर्चा गरिएजस्तो कमजोर संस्था होइन हाम्रो। पहाडतिर केही कमजोर होला। त्यहाँ पनि सबै जिल्लाहरुमा एउटै स्थिति होइन। त्यसैले हामीलाई एक्लै चुनाव लड्न पनि खासै गाह्रो छैन।

पार्टीमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच खटपटको चर्चा पनि छ। त्यस्तो अवस्था हो र?
तीन महिनायता मिडियाहरुले लेखेको देख्छु। तर, हामीभित्रको आन्तरिक आयाम खासै त्यस्तो थिएन। म पार्टीको प्रचार विभाग प्रमुख पनि हुँ। तीन महिनादेखि मिडियाले सोध्दा मैले बारम्बार एउटै कुरा भनिरहेको छु, तपाईंहरु जसपा फुट्दैछ र फुटको संघारमा भनेर पनि लेख्नुभयो। तर, त्यो गलत साबित भयो भने त लेख्नेहरुलाई पनि मजा भएन। त्यसैले अड्कलेर लेख्नुस् भनेर भन्ने गरेको थिएँ। मैले पार्टी फुट्ने कुनै सम्भावना पनि देखेको थिइनँ। मलाई अहिले पनि पूर्ण आत्मविश्वास छ, यो पार्टी एकताबद्ध भएरै अगाडि बढ्छ।

विवाद त भएकै हो नि?
हेर्नुस्, लोकतन्त्रमा विवादका दुई–तीन वटा रुपहरु हुन्छन्। एउटा, राष्ट्रिय महत्त्वका विषयहरुमा। जस्तै एमसीसी। त्यस्ता विषयमा मानिसहरु बाँडिन सक्छन्। एउटै पार्टीका मानिसहरु पनि बाँडिन सक्छन्। अर्को, पार्टी पार्टीबीचका बहसहरुमा। अर्को, पार्टीभित्रका बहसहरुमा। यी तीन फरकफरक विषयहरु हुन्। केही बहस हामीभित्र थिए। तर, पछिल्ला १०/१५ दिनयता त्यस्ता विषयहरुलाई हामीले टुंग्याएका छौँ। र, अब यो पार्टी एकताबद्ध भएर चुनावमा जान्छ।

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह
बालेनले राजीनामा नदिने
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको पेसी माघ ६ गतेको लागि तोकियो
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको पेसी माघ ६ गतेको लागि तोकियो आइतबार, माघ ४, २०८२
देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी आइतबार, माघ ४, २०८२
राष्ट्रिय सभाका तीन सांसदले दिए राजीनामा आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्