• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सरकार चलाउने र चुनाव लड्ने गठबन्धन बेग्लाबेग्लै हुनसक्छ : डम्बर खतिवडा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, फागुन ३०, २०७८  १४:४१
1140x725

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ। विभिन्न चार अजेन्डामा छलफल गरिरहेको बैठक हिजोदेखि सुरु भएर आज सकिँदैछ। उसको यो बैठक मुख्यतयाः आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित छ। स्थानीय तहको निर्वाचनमा पार्टीको रणनीतिदेखि पछिल्लो समय पार्टीभित्र रहेको भनिएको विवादका विषयमा जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडासँग नेपाल लाइभले गरेको कुराकानी :

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ। हिजो र आज के-के विषयमा छलफल केन्द्रित छ?
२८ गते हाम्रो संघीय परिषद्को बैठक भएको थियो। त्यसमा बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। राजनीतिक विषय त्यही नै हो। पार्टीको केन्द्रीय कमिटी बैठकमा छलफल गर्नका लागि मुख्यतया: चारवटा एजेन्डाहरु थिए। पहिलो, स्थानीय निकायको निर्वाचन र निर्देशिका हो। जसलाई हामीले हिजो नै छलफल गरेर पारित गरिसक्यौं।

दोस्रो, आज केन्द्रीय सदस्यहरुको कार्यविभाजन हो। त्यसमा केन्द्रित छौं। निर्वाचनसम्मका लागि ७५३ वटै गाउँपालिका, नगरपालिकालाई लक्षित गरेर केन्द्रीय सदस्यको कार्यविभाजन हुनेछ। तेस्रो, पार्टीको आगामी विधान अधिवेशनको कार्य विधिबारे छलफल हो। चौंथो, केही समयसामयिक प्रस्तावहरु पारित गर्ने भन्ने हो। यिनै विषयमा छलफल केन्द्रित भइरहेका छन्।

यी सबैमध्ये महत्त्वपूर्ण स्थानीय तहको निर्वाचन नै होला। निर्वाचनमा तालमेल गरेर जानुहुन्छ कि एक्लाएक्लै जानुहुन्छ? 
हाम्रो बुझाइ के हो भने हाम्रो कारण वा निर्णयले मात्रै अन्तिम हुन्छ भन्ने हुँदैन। गठबन्धनमा रहेका दलका पार्टीका नेताहरुको धारणा के छ भन्ने कुरा पनि महत्त्वपूर्ण नै हो। राष्ट्रिय जनमोर्चाबाहेक अहिले चार दल छौं। उहाँहरुको एमसीसीको विषयमा मात्रै विमत्ति थियो तर, चुनावमा सहकार्य गरेर जादैनौँ भन्नुभएको छैन। अन्य दलहरुको पनि धारणा के हो भन्ने कुरा प्रष्ट भएको छैन। हिजोको बैठकबाट हामीले केही निर्देशिका पारित गरेका छौं। हामीले के आधारबाट निर्देशिका पारित गर्‍यौं  भने स्थानीय तहको निर्वाचनमा केन्द्रीयस्तरको गठबन्धन देशभरि नै आमरुपमा सम्भव छैन। खास-खास ठाउँ महानगर र उपमहानगरमा मात्रै गठबन्धन हुन सक्छ। त्यसको अधिकार केन्द्रीय समितिमा रहन्छ। बाँकी सबै अधिकार स्थानीय कमिटीलाई दिएका छौं। जिल्ला र पालिकास्तरका कमिटी हुन्। जहाँ एक्लै जितिन्छ त्यहाँ साथीहरुले एक्लै लड्ने निर्णय गर्नुहुन्छ। 

गठबन्धन गर्दा कुन पार्टीसँग गर्ने भन्ने तय भयो कि भएन?
गठबन्धन यो पार्टीसँग गर्ने, यो पार्टीसँग नगर्ने भन्ने छैन। सबैतिर खुला छौं। यसको निर्णय गर्ने सबै अधिकार स्थानीय कमिटीलाई छाडिदिएका छौं।  कुन पार्टीले गठबन्धन गर्न चाहन्छ, कसले चाहँदैन, अवस्था के छ? के लिने वा के दिने? सबै स्थानीय कमिटीले मूल्यांकन गर्छन्। त्यसैले खास पार्टीसँग मात्रै गठबन्धन गर्ने भन्ने छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

जसपाका नेता र जनप्रतिनिधि एमालेमा गइरहेका छन्। यसलाई कसरी लिनुभएको छ?
लोकतन्त्रमा पार्टी रोज्ने अधिकारका पक्षपाति हौं। लोकतन्त्र भनेको नागरिकको सार्वभौमस सत्ता हो। मन लागे पार्टीमा बस्छन्, नलागे छाड्छन्। मन लागे भोट दिन्छन्, मन नलागे भोट दिँदैनन्। त्यसमा हाम्रो आपत्ति कहिल्यै पनि हुँदैन। जहाँसम्म हाम्रा केही साथीहरुले छोड्नुभयो भन्ने कुरा छ। त्यसमा त व्यक्तिगत मनोविज्ञान होला उहाँहरुको। त्यसमा मैले टिप्पणी गरिरहनु उचित हुन्छ जस्तो लाग्दैन।

सत्ता गठबन्धनका दलहरुबीच तालमेल नहुने स्थिति बन्यो भने जसपाले के गर्छ?
जसपा एक्लै पनि चुनाव लड्छ। जति सक्छ, लड्छ। त्यसको तयारी हामीले सुरु गरिसकेका छौँ। सरकार चलाउने गठबन्धन भन्नु र चुनाव लड्ने गठबन्धन भन्नु बेग्लाबेग्लै हो। सरकार चलाउने गठबन्धनले चुनाव पनि गठबन्धन बनाएरै लड्नुपर्छ भन्ने छैन।

एक्लै चुनाव जित्छौँ भन्ने आत्मविश्वास छ?
लोकतन्त्र हो। ७५३ पालिकामा सबै जित्छौँ भन्ने होइन। त्यस्तो दाबी गर्नु हास्यास्पद पनि हुन्छ। यो त बहुदलीय प्रणाली हो। मलाई लाग्छ, सात सयभन्दा बढी पालिकाहरुमा हामी शानदार प्रतिस्पर्धा गर्न सक्छौँ। यद्यपि, हार्न पनि सक्छौँ, जित्न पनि सक्छौँ। तर, प्रतिनिधित्वको संघर्षचाहिँ हामी सजिलै गर्न सक्छौँ। तर, चर्चा गरिएजस्तो कमजोर संस्था होइन हाम्रो। पहाडतिर केही कमजोर होला। त्यहाँ पनि सबै जिल्लाहरुमा एउटै स्थिति होइन। त्यसैले हामीलाई एक्लै चुनाव लड्न पनि खासै गाह्रो छैन।

Xtrem
Xtrem

पार्टीमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच खटपटको चर्चा पनि छ। त्यस्तो अवस्था हो र?
तीन महिनायता मिडियाहरुले लेखेको देख्छु। तर, हामीभित्रको आन्तरिक आयाम खासै त्यस्तो थिएन। म पार्टीको प्रचार विभाग प्रमुख पनि हुँ। तीन महिनादेखि मिडियाले सोध्दा मैले बारम्बार एउटै कुरा भनिरहेको छु, तपाईंहरु जसपा फुट्दैछ र फुटको संघारमा भनेर पनि लेख्नुभयो। तर, त्यो गलत साबित भयो भने त लेख्नेहरुलाई पनि मजा भएन। त्यसैले अड्कलेर लेख्नुस् भनेर भन्ने गरेको थिएँ। मैले पार्टी फुट्ने कुनै सम्भावना पनि देखेको थिइनँ। मलाई अहिले पनि पूर्ण आत्मविश्वास छ, यो पार्टी एकताबद्ध भएरै अगाडि बढ्छ।

विवाद त भएकै हो नि?
हेर्नुस्, लोकतन्त्रमा विवादका दुई–तीन वटा रुपहरु हुन्छन्। एउटा, राष्ट्रिय महत्त्वका विषयहरुमा। जस्तै एमसीसी। त्यस्ता विषयमा मानिसहरु बाँडिन सक्छन्। एउटै पार्टीका मानिसहरु पनि बाँडिन सक्छन्। अर्को, पार्टी पार्टीबीचका बहसहरुमा। अर्को, पार्टीभित्रका बहसहरुमा। यी तीन फरकफरक विषयहरु हुन्। केही बहस हामीभित्र थिए। तर, पछिल्ला १०/१५ दिनयता त्यस्ता विषयहरुलाई हामीले टुंग्याएका छौँ। र, अब यो पार्टी एकताबद्ध भएर चुनावमा जान्छ।

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्