डोटी– डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ चाँसी गाउँमा मंगलबार करेन्ट लागेर चार जनाको मृत्यु भएको छ। करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेहरुमा सोही ठाउँका जयन्द्र खड्का, वीरेन्द्र खड्का, दिपेन्द्र खड्का र हर्कबहादुर खड्का रहेको स्थानीय महेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्। विद्युतको पोल गाड्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले पाँच जनालाई करेन्ट लागेको खबर प्राप्त भएको र प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको बताए।
‘प्रहरी घटनास्थल पुग्न अझै १ घन्टा लाग्न सक्छ’, उनले भने।
दिपायलबाट दुई घन्टाको दूरीमा भए पनि वर्षाका कारण कच्ची बाटो बिग्रिएकाले प्रहरी घटनास्थल पुग्न ढिलाइ भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।