काठमाडौं– २ करोड ५० लाख रुपैयाँ भन्दा धेरै रकम हिनामिना प्रकरणमा चार्टड अकान्टेन्ट(सिए) पनि पक्राउ परेका छन्।
काभ्रेको साँगास्थित सामुदायिक लघुवित्त वित्तिय संस्थाको हिनामिनामा सहयोग गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले सोमबार सिए मुकल भट्टलाई पक्राउ गरेको हो।
यसअघि कम्पनीका अध्यक्ष हिरा बिश्वकर्मा, सञ्चालक चण्डेश्वरी प्रधान र बटुकृष्ण कार्की तथा तत्कालिन सिइओ स्वयम्भुराम जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
सो संस्थाका तत्कालिन सिइओ जोशीले संस्थाबाट नेपाल महिना उत्थान केन्द्रलाई आधिकारीक निकायको स्वीकृत बिना नै २ करोड ५० लाख रुपैयाँ रकम दिएका थिए। संस्थाको सो रकम डुबेको थियो। त्यस्तै, जोशीले राष्ट्र बैंकको नीति निर्देशनविपरीत ७ लाख ४४ हजार रुपैयाँ भुक्तानी लिएका थिए। त्यस्तै स्वयम्भूराम जोशीलाई अवैध रुपमा सञ्चालकमा नियुक्त गरिएको थियो।
संस्थानमा अन्य आर्थिक कारोबार समेत अपारदर्शी रहेको र त्यसमा सिए भट्टले समेत सहयोग गरेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको सिआइबीका एसपी कृष्णहरी शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।