• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कर्णाली राजमार्ग : बर्सेनि पहिरो, हटेन 'मृत्यु-मार्ग'को त्रास

64x64
नेपाल लाइभ मंगलबार, असार १९, २०७५  १४:४४
1140x725

सुर्खेत– मंगलबार सुर्खेत बसपार्कबाट घर जान बस चढ्दै गर्दा कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ६ जुविथाका पवन कार्की चिन्तित देखिन्थे। आइतबारदेखि निरन्तर परिरहेको झरीका कारण पहिरोले सडक अवरुद्ध भई बाटोमै अलपत्र परिएला कि भनेर उनी पिरोलिएका थिए।

कार्कीले वर्षातको समयमा यात्रा गर्दा हरेक वर्ष कर्णाली राजमार्गमा सास्ती खेप्दै आएका छन्। वर्षातको समयमा यो राजमार्गको दर्जनौं ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध हुने गरेको छ। पहिरोका कारण राजमार्ग छिचोल्नै सास्ती हुने गरेको अनुभव उनीसँग छ। 

‘हरेक वर्ष पहिरोले सडक अवरुद्ध पार्छ’, उनले भने, ‘हिजोदेखि नै कतिपय स्थानमा पहिरो गएको छ रे, थाहा छैन घरसम्म पुग्न कति दुःख झेल्नुपर्ने हो।’ 

वर्षातसँगै कर्णाली राजमार्गमा जाने पहिरोले यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीहरुलाई समेत उत्तिकै पिरोल्ने गर्छ। 

सडक सञ्चालनमा आएको एक दशक बितिसक्दा पनि कर्णाली राजमार्ग ढुक्कका साथ यात्रा गर्न सकिने सडक अझै नबनेको यात्रुहरु बताउँछन्। दैनिक रुपमा सयौं सवारीसाधन सञ्चालन हुने यस राजमार्गमा वर्षातको समय सुरु भएसँगै कतिखेर गाडीमाथि पहिरो खस्छ भन्ने चिन्ताले यात्रु तथा सवारी चालकलाई पिरोल्ने गर्छ। यही जोखिमका कारण यो राजमार्ग 'मृत्यु-मार्ग' का नामले बदनाम पनि छ।

राजमार्गमा पहिरोको सास्तीले स्थानीय यात्रुका साथै यस क्षेत्रको चर्चित पर्यटकीय स्थल रारा लगायतका क्षेत्र घुम्न आउने पर्यटकहरुले पनि समस्या खेप्ने गरेका छन्। 

पहिरोको सिलसिला

आइतबार रातिदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएर कर्णाली राजमार्ग अवरुद्ध बनेको छ। राजमार्ग अन्तर्गतको कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

nimb
nimb
Ncell 2
Ncell 2

गगने खोला त्यस्तो ठाउँ हो, जहाँ हरेक वर्ष पहिरो जाने गर्छ। गगने खोलाका साथै एसमोड, सुनार खोला, दहीखोला, घट्टेखोला, कालेखोला, राँचुलीमा वर्षायाममा बर्सेनि पहिरो जाने गरेको छ। यी बाहेक पनि फरक–फरक ठाउँमा पहिरो जाँदा यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीहरु बताउँछन्।

गगने खोलामा खसेको पहिरो पन्छाउन स्काभेटर र प्रहरी खटिएका छन्। राजमार्गमा नियमितजसो पहिरो जाने भएकाले पहिरो पन्छाउन तयार भएर बस्नुपर्ने अवस्था रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधव अधिकारी बताउँछन्।

केही ठाउँमा पहिलेदेखि पहिरो खस्ने भए पनि पछिल्लो दुई वर्षयता नयाँ–नयाँ ठाउँमा पहिरो खस्न थालेको अधिकारीले बताए। कमजोर भौगोलिक बनावटका साथै सडक निर्माणका बेला ठूला पहरा फुटाउन ‘ब्लास्टिङ’ गराइएका कारण नयाँ ठाउँमा पहिरो गएर सडक हप्तौं अवरुद्ध हुने गरेको उनी बताउँछन्। 

स्तरोन्नतिमा बेवास्ता

राज्यले कर्णाली राजमार्गलाई ‘वान–वे’ सडकको रुपमा निर्माण गरेयता स्तरोन्नतिमा ध्यान नदिएको गुनासो कर्णालीवासीको छ। 

‘सडक साँघुरो छ, त्यसमाथि बर्सेनि पहिरो गएर यात्रा सास्तीपूर्ण हुने गरेको छ’, कालिकोटका कविराज नेपालीले भने, ‘पहिरो जाँदा राजमार्ग हप्तौंसम्म अवरुद्ध हुँदा पनि वास्ता हुँदैन। 

प्रत्येक वर्ष विकास–निर्माणका नाममा करोडौं खर्च गरे पनि कर्णाली राजमार्गको स्तरोन्नति गर्न सरकारले ध्यान नदिएको उनले बताए। 

विगत केही वर्षयता सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा आउने पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक योजना बनाउन सडक विभागलाई आग्रह गर्दै आएको छ। तर, विभागबाट छिटै समाधान खोज्ने आश्वासन दिने बाहेक प्रभावकारी काम हुन सकेको छैन।

प्रकाशित मिति: मंगलबार, असार १९, २०७५  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो बिहीबार, वैशाख २४, २०८३
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा बिहीबार, वैशाख २४, २०८३
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्