• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बदलिन नसकेको मानसिकता 

सितास्मा रायमाझी मंगलबार, फागुन २४, २०७८  १६:४२
1140x725

नारी दिवस मनाइरहँदा कता कता आफैंलाई लज्जाबोध भरहेको जस्तो लाग्छ। ‘गर्ल पावरका’ नारा बोकेर सडकमा निस्कने भीडहरु देखेर पनि अचम्म लाग्छ। भीडलाई एककठ्ठा गर्दै घाँटी सुकुन्जेल महिला सशक्तीकरणका जोडदार भाषण गर्नेहरु देखेर घृणा पैदा हुन्छ। अनायासै याद आउँछ, भर्खरै ताजा, हरेक मिडियाको मृख्य पृष्ठमा देखिरहने समाचार। नायक पल शाहले एक नाबालिगमाथि गरेको करणी र यसमा छताछुल्ल देखिएका महिलाका बोलीहरु।

एक चर्चित नायिका भन्दै थिइन्, ‘लुगा च्यातेर, नमान्दा नमान्दै पनि जबर्जस्ती शारीरिक सम्बन्ध त राखेको होइन होला। मैले बलात्कारको अर्थ नै बुझिनँ?’ 

अनि, त्यही भिडमा अरु महिलाको आवाज गर्जिन्छ, ‘यदि पल शाहलाई दोषी ठहर्‍याइन्छ भने प्रहरी चौकी अगाडि लुगा च्यातेर आफैं भन्छु– प्रहरीले ममाथि बलात्कार गर्‍यो।’

त्यही भीडमा रहेका अरु ‘हो हो’ गर्दै ताली बजाउँछन्। उत्तेजित हुँदै अनुसन्धानलाई नै प्रभावित हुनेगरि नारावाजी गर्छन्। 

कठै मेरो देश ! र, यहाँको कानुन !

महिलाको अस्तित्वलाई कति हलका रुपमा लिन्छौ है तिमीहरु?

अनि, आफैंमाथि प्रश्न गर्छु, साँच्ची नै एकदिन सडकमा र्‍याली र ठूला–ठूला भाषण गर्दैमा नारीमाथि भएको हिंसा र अत्याचार अन्त्य होला र?

अझैपनि समाज र समाजका मानिसको सोच परिवर्तन हुन सकेको छैन भने वर्षमा एकपटक दिवस मनाएर के परिवर्तन होला र खै?

Ncell 2
Ncell 2
nimb
nimb

महिला अधिकारको कुरा गर्दै विभिन्न संघ संस्था खोलेकाहरुले पनि नारीमाथि नै अत्याचार गरेका समाचार नआएका पनि होइनन्। नारीले नारीमाथि नै बिनाअर्थ विभिन्न लान्छना नलगाएका पनि होइनन्। महला भएकै आधारमा विभिन्न कार्यालयले पुरुष र महिलाको ज्यालदारीमा भेदभाव नगरेका पनि होइनन्। यी तपाईं–हामीले दिनदिनै भोग्दै आएको घटनाको केही अंश हुन्।

बलात्कार, घरेलु हिंसा, हत्या, कुटपिट, बोक्सीको आरोपमा गाउँ निकाला, दाइजो प्रथा, बहुविवाह, बालविवाह, जबर्जस्तिकरणीमा महिलालाई नै दोषी नदेखाइएको पनि होइन। खै, कहिले परिवर्तन हुन्छ समाजको सोच? नारी दिवसले कहिले दिन्छ यसविरुद्ध लड्न महिलालाई साथ र सचेतना?

सन् १९११ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने निर्णय भएसँगै महिलाका हक अधिकारलाई सम्बोधन गर्न विश्वका अधिकांश देश सकारात्मक देखिएका थिए। सोही अनुरुप काम पनि भइरहेका छन्। तर, नेपालमा यस्तो दिन आउने कहिले? 

महिलाको राजनीतिक अधिकारसम्बन्धी महासन्धि सन् १९५२ ले महिलालाई कुनै पनि भेदभावबिना पुरुषसरह सबै प्रकारका निर्वाचनमा मतदान गर्न पाउने, सम्पूर्ण निकायका निर्वाचनका लागि उम्मेदवार हुन पाउने र राष्ट्रिय कानुनद्वारा स्थापित सार्वजनिक पद धारण गर्न तथा सबै किसिमका सार्वजनिक काम गर्न पाउने अधिकार प्रदान गरेको थियो। तर, राजनीतिक क्षेत्रमा पनि महिलाको भूमिका न्यून नै छ।   

Xtrem

Xtrem

यो विज्ञान र प्रविधिको युगमा पनि छाउप्रथा कतिपयको कमाइखाने भाँडो बनेको छ। लाखौँ, करोडौं पैसा खर्च गरेपनि त्यहाँका समुदायका मानिसले पीडा भोग्नु नै परेको छ।  

कुनैपनि गाँउमा बोक्सीको आरोपमा एक महिलामाथि अत्याचार गरिन्छ। मलमुत्र खुवाइन्छ। त्यसमा पनि महिलाको नै अग्रणी भूमिका रहेको हुन्छ। कुनै परिवारमा छोरी जन्मनेबितिकै बावु वा आमाको मृत्यु भयो भनेपनि त्यसको दोष अवोध बालिकामाथि नै थुपारिन्छ। कुनै महिला बलात्कृत भइन् भने त्यसको कारण पनि स्वयं महिलालाई ठानिन्छ। यस्ता तुच्छ सोंचमा परिवर्तन आएको छैन भने सडकमा र्‍याली निकाल्नुको के अर्थ?

शहरका एकाध महिलाले कार, टेम्पु चलाउँदैमा महिला सक्षम छन् भनेर देखाउन मिल्दैन। केही कार्यालयमा महिला कर्मचारी राखेर महिलालाई पनि रोजगार दिइएको छ भन्न मिल्दैन। शिक्षित महिलालाई मात्र सीप दिएर महिलाका लागि पनि सीप विकासको तालिम अगाडि बढाइएको छ भन्न पाइँदैन। गाउँका सयौँ आमाको आँसु पुछिनुपर्छ। गोरुजस्तै जोताइने प्रवृत्ति र कुसंस्कारको अन्त्य हुनुपर्छ। महिनावारी हुँदा गोठमा राख्ने संस्कारलाई जरैदेखि उखेलेर फाल्नुपर्छ।

दाइजोप्रथाको विरोधमा आवाज उठाउनुपर्छ। देशका विकट ठाउँमा पसिनाले माटो भिजाउँदै गरेका महिलाहरुको आवाज सुनिनुपर्छ। त्यसपछि मात्र बनाउनुपर्छ, महिला हक र अधिकार सम्बन्धी कानुन। शहरमा आफूलाई ठूला ठान्ने महिलाहरु पनि गाउँ गाउँमा छिर्नुपर्छ र दिदीबहिनीको दुःखमा सामेल हुनुपर्छ। म मान्छु महिला सहनशीलताका खानी हुन्, त्यो भन्दैमा महिलालाई दासी बनाएर राख्नु घोर अपराध हो। 

अझैपनि गाउँ गाउँमा छिर्ने हो भने महिलाको अवस्था नाजुक नै छ। कतिपय महिला अझैपनि डर र धम्कीमा आफ्ना दिन काटिरहेका छन्। दाइजो नल्याएका कारण जिउँदै जलाएर मारिएका छन्। 

नेपालको संविधानले महिला र पुरुषबीच भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ। तर, व्यवहारमा भने पालना भएको छैन। महिला समानताको सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय सन्धिमा नेपालले हस्ताक्षर पनि गरेको छ। प्रतिबद्धता जनाएको छ। तर, त्यो कागजमा मात्र सीमित भएजस्तो देखिन्छ। हामी महिला सशक्तीकरणको वकालत त गर्छौं तर समाजमा भइरहेका घटनाहरुले सशक्तीकरणका मुद्दाहरु हाँसोको विषय मात्रै भइरहेका छन्। 

‘मै हुँ’ भन्ने पुरुषले महिलामाथि हेर्ने दृष्टिकोण पनि घिनलाग्दो नै छ। उनीहरुको बुझाइ र व्यवहार १५औं शताब्दीकोजस्तो दास मानसिकताबाट माथि उठ्न सकेको छैन। जुन तपाईं–हाम्रो काम गर्ने  कार्यालय, चिया पसल र सार्वजनिक गाडीमा प्रशस्तै देख्न र सुन्न पाइन्छ। महिलाले लगाउने पहिरन देखेर उनीहरुमाथि प्र्रश्नचिह्न उठाइरहेका हुन्छन्। 

कतिपय महिला बाबुविनाको बच्चा जन्माउन बाध्य छन्।  महिला र अबोध बालिकमाथि अपराध गर्ने पुरुष नै हुन्, तर त्यहाँ महिलाकै अस्मितामाथि प्रश्न उठाइन्छ। बोलेको सुन्दा लाग्छ, पुरुष भनेको भगवान हुन्, उनीहरुले जे गरेपनि जायज हुन्छ। 

पुरुषप्रधान समाजमा जन्मिएको भन्दै घमण्ड गर्ने केही पुरुषसँग कुराकानी गर्दा उनीहरुभित्रको दम्भमा पुरुषवादी सामाजिक मनोविज्ञान झल्किरहेको पाइन्छ। उनीहरुलाई एउटै प्रश्न छ, ‘तिमीलाई जन्म दिने आमा के हुन्, महिला कि पुरुष? तैपनि पुरुष भएकोमा तिमीभित्र दम्भ किन छ? नारीले यो संसार सञ्चालनको प्रणालीलाई धानेको प्रष्ट छ। तर, आमाले नै जन्माएका केही ‘कुपात्र’ भोलि आमा हुने वा अरु कसैकी आमामाथि गिद्धे नजर लगाइरहेको हुन्छ। हुन त यो भन्दै गर्दा समाजमा सभ्य मानिस नै छैनन् भन्न खोजेको होइन। समाजमा सभ्य र भद्र व्यक्तिपनि छन्, नगन्य मात्रामा। 

बलात्कार गर्नेसँग पनि मेरो प्रश्न छ, कुनै ७ बर्षे बालिकालाई बलात्कार गर्दा आफ्नै अगाडि छुनुमुनु गर्ने बहिनीको याद आउँदैन? कुनै महिलामाथि बलात्कार र तुच्छ बोली बोल्दै गर्दा आफ्नो आमा दिदीबहिनीको याद आउँदैन? आखिर उनीहरु पनि त कसैको आमा, दिदीबहिनी हुन्। हैन र?

सार्वजनिक गाडी चढेको बेला पुरुषहरुले गर्ने यौनहिंसाको शिकारमा त म आफैंपनि कति परेको छु। बोलिहाल्यो भने साथ दिने कोही हुँदैन। सम्झँदा पनि उदेक लाग्छ। नारी दिवसको दिन देखिने यत्रो जमातहरु अरु समयमा कता हुन्छन् होला?

यसरी महिला हिंसा बढ्नुको मूल कारण राज्यको कमजोर कानुनी प्रक्रिया हो। साथै, सामाजिक, धार्मिक, सांस्कृतिक कारण मुख्य जिम्मेवार छन्। घर भित्रदेखि विभेद खेप्दै अगाडि बढ्नुपर्ने बाध्यता छ नारीलाई। समाजको मैदानसम्म पुग्दा विभिन्नखाले जायज–नाजायज नीति नियमको शिकार बन्दै प्रताडित भइरहेकी छिन्, नारी। पिढी जतिसुकै परिवर्तन होस्, समाज जतिसुकै शिक्षित र सभ्य भए पनि नारीप्रतिको सामाजिक सोंच अझै पनि पुरानै संस्कारको घेराभित्र कैद छ। पुरातनवादी सोंच र पुरुषवादी मानासिकतामा शुद्धीकरण नभएसम्म नारीमुक्ति सम्भव छैन। तसर्थ, यो अन्तर्राष्ट्रिय नारी दिवस चेतनशील नारीकोे मात्र अभिभारा नभइकन समाज र राज्यको, नारी मुक्तिप्रतिको गहन जिम्मेवारी हो। 

अन्तर्राष्ट्रिय नारी दिवको शुभकामना!

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १६:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्