काठमाडौं- वैदेशिक रोजगारका लागि प्रवेशाज्ञामा त्रुटि गर्ने श्रम कार्यालयका कर्मचारीलाई स्पष्टीकरण सोधिने भएको छ।
कुवेत जान लागेका ५ नेपाली महिला कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत शानिबार फर्काइएपछि श्रम मन्त्रालयले छानबिन सुरु गरेको हो। उनीहरुको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक भेटिएकाले त्यसमा संलग्न कर्मचारीलाई स्पष्टीकरण सोधिने भएको मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगार विभागले ती कामदारको प्रवेशाज्ञासमेत खोरज गरेको जनाएको छ।
राजधानीको तीनकुनेस्थित वैभव ओभरसिज प्रालिले उनीहरूलाई ‘रिसेप्सनिस्ट’मा पठाउन खोजे पनि प्रवेशाज्ञामा भने ‘क्लिनर्स’का लागि श्रम स्वीकृति जारी भएकाले रोक्नु परेको विभागले जनाएको छ।
वैभव ओभरसिजका सञ्चालक राष्ट्रभूषण चौलागाईं र सुष्मा पाङबोहाङ हुन्। यो म्यानपावर कम्पनीले कुवेतमा बढी कामदार आपूर्ति गदै आएको छ। उक्त म्यानपावर कम्पनीमाथि छानबिन भइरहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।