• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बलेवा विमानस्थल : घाँसे मैदानमै सञ्चालित, खाली सिटको भाडा नगरपालिकाले तिर्दै

64x64
नेपाल लाइभ सोमबार, असार १८, २०७५  १२:५८
1140x725

बाग्लुङ– जुनसुकै अवस्थामा पनि विमानस्थल सञ्चालन गर्ने रहरको नमूना हो, बाग्लुङको बलेवा (बाग्लुङ) विमानस्थल। एउटा विमानस्थल नियमित सञ्चालनका लागि चाहिने पहिलो सर्त हो, आवश्यक पूर्वाधारको निर्माण। र, दोस्रो सर्त हो, हवाई यात्राका लागि तयार यात्रु। साताको दुई वटा उडान हुने बलेवा विमानस्थलमा यी दुवै सर्त लागू भएका छैनन्। 

सदरमुकाम बाग्लुङ बजारदेखि विमानस्थलसम्म पुग्न करिब ११ किलोमिटर कच्ची बाटो छिचोल्नुपर्छ। सुरक्षित उडानका लागि धावनमार्गमा पिच, आपतकालीन अवस्थामा अवतरणका लागि पूर्व तयारी, दमकलका लागि पर्याप्त सडक, राडर (उडान दिशानिर्देश गर्ने), टर्मिनल भवन, चुस्त सुरक्षा प्रणाली जस्ता विषयमा सम्झौता गरिएको हुनु हुँदैन।

तर, बलेवा विमानस्थल पुग्दा बस्तुभाउ चराउने कुनै चउरमा पुगेको अनुभूति हुन्छ। २०४८ सालसम्म नियमित सञ्चालनमा आएर बन्द भएको बलेवा विमानस्थलमा अहिले पुरानो भवन, गाइबस्तु छिर्न मिल्ने तारजाली, टावर देख्न सकिन्छ। यद्यपि, बेलेवा विमानस्थलमा अहिले नेपाल एयरलाइन्स र सीता एयरलाइन्सले साताको दुई वटा उडान भरिरहेका छन्।

बलेवामा उडान सुचारु गर्न बाग्लुङ नगरपालिकाको पहल पनि अचम्म लाग्दो छ। बाग्लुङ नगरपालिकाले उडान भर्दा जहाजको सिट क्षमता जति यात्रु नआए अपुग यात्रीको भाडा आफैं ब्यहोर्ने शर्तमा हवाइ उडान सञ्चालनमा ल्याएको हो। उडान सुरु भएदेखि नगरपालिकाले एयरलाइन्स कम्पनीलाई खालि सिटबापत ६ लाख ३६ हजार रुपैयाँ बुझाइसकेको छ।

विमानस्थल सञ्चालनको पहिलो महिना (चैत ९ देखि) नगरपालिकाले अपुग यात्रु बापत २ लाख ८ हजार रुपैयाँ, बैसाखमा २ लाख ६६ हजार र जेठमा १ लाख ६२ हजार रुपैयाँ एयरलाइन्सलाई तिरेको हो। सम्झौता अनुसार १९ सिटे जहाजमा यात्रु संख्या अपुग भए नगरपालिकाले खालि सिटको भाडा चुक्ता गर्नुपर्छ। व्ययभार बढ्दै गएपछि उडानको रकम केन्द्र सरकारले तिर्नुपर्ने नगरपालिकाका मेयर जनक पौड्याल बताउँछन्। 

तारा र नेपाल एयरलाइन्सले हप्तामा एक/एक दिन काठमाडौं–बलेवा, बलेवा–काठमाडौं उडान गर्ने सम्झौता गरेका थिए। विमान बिग्रिएको जनाउँदै ताराले असार १७ (आइतवार) देखि उडान बन्द गरेको छ। ताराले आगामी उडान नगर्ने संकेत पाएको विमानस्थलका लागि सम्पर्क व्यक्ति तोकिएका नगरपालिकाका कर्मचारी भिमसेन पन्तको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

बलेवा विमानस्थलमा साताको दुई वटा मात्र उडान भए पनि यात्रु पर्याप्त छैनन् भन्ने कुरा नगरपालिकाले एयरलाइन्सलाई तिरेको रकमबाट पुष्टि हुन्छ। जेठको अन्तिम साता नेपाल एयरलाइन्सले काठमाडौंबाट बलेवा एक जना मात्रै यात्रु लिएर उडान भर्नुपरेको पन्तले जानकारी दिए। बलेवा विमानस्थलमा कार्यरत नागरिक उड्ययन प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री भन्छन्, ‘विगत तीन महिनामा प्रतिउडान औसतमा ९ जना यात्रु हुने गरेका छन्।’ 

बागलुङका पूर्व सांसद प्रकाश शर्मा नगरपालिका र एयरलाइन्सको मिलेमतोमा तय गरिएको भाडाका कारण यात्रु कम भएको आरोप लगाउँछन्। ‘मिलेमतोमा भाडादर चर्को बनाइयो। भाडादर महँगो हुँदा यात्रु संख्या पुगेन र नगरपालिकालाई पनि भार बढ्यो’, शर्माले भने। 

विगत तीन महिनाको व्ययभारपछि नगरपालिकाको स्रोतबाट मात्रै विमानस्थल नियमित हुन नसक्ने बताउँदै मेयर पौड्याल घाटा भए पनि राज्यले विमानस्थल सञ्चालन गर्नुपर्ने तर्क गर्छन्।

‘सीमित समयका लागि एयरलाइन्सहरुसँग सम्झौता गरिएको हो। दीर्घकालीन रुपमा थेग्न सकिँदैन भन्ने भइसक्यो। तर, विमानस्थल सुचारु गर्नु राज्यको दायित्व हो,’ उनले भने, ‘राज्यले विमानस्थलबाट नाफा मात्रै हेर्नु भएन। घाटा हुने भए पनि विमानस्थल सञ्चालन गर्नुपर्छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नगरपालिकाले प्रारम्भिक चरणमा ६ महिनाको सम्झौता गरेको छ। दुवै एयरलाइन्सका लागि अग्रिम १०/१० लाख रुपैयाँ पेस्की दिइएकोे मेयर पौड्यालले जानकारी दिए।

नेपाली कांग्रेसका नेता एवं बागलुङ नगरपालिकामा मेयरमा पराजित भएका वसन्तकुमार श्रेष्ठले नागरिकहरुबाट उठाइएको कर विमानस्थल सञ्चालनमा खर्च गर्न नहुने बताउँछन्। ‘यात्रुको संख्या किन कम भयो? त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनले भने, ‘तर, यहाँ त बागलुङ बजारबाट विमानस्थलसम्म पुग्ने बाटो पिच गर्नसमेत ध्यान दिइएको छैन।’ 

टिकट पाउनै सास्ती

नेपाल एयरलाइन्स र ताराले सातामा दुई पटक क्षमताभन्दा कम यात्रु लिएर उडान भरे पनि यात्रुले सहजै टिकट भने पाउन सकेका छैनन्। नगरपालिकाले आफ्नै कर्मचारीलाई सम्पर्क व्यक्तिका रुपमा काममा लगाएको छ। वागलुङ नगरपालिका–३ का नासु भीमसेन पन्तलाई बलेवा एयरपोर्ट समन्वय व्यक्तिका रुपमा जिम्मेवारी दिइएको छ।

हवाई यात्रामा निस्कनेहरुले पन्तलाई नै सम्पर्क गर्नुपर्ने बाध्यकारी अवस्था छ। पन्तलाई नाम टिपाएपछि उडान हुने समयमा बलेवा विमानस्थल पुगेर पुनः ‘भेरिफाई’ गर्नुपर्ने हुन्छ। टिकट काउन्टरका लागि बागलुङ बजारमा स्थापना गरिएको कार्यालय सञ्चालनमा आउन सकेको छैन। टिकटका लागि यात्रुलाई सास्ती भएको बाग्लुङ नगरपालिकाका मेयर पौड्याल स्विकार्छन्। भन्छन्, ‘टिकट सहज रुपमा किन्ने व्यवस्था मिलाउनु एयरलाइन्सको दायित्व हो। यही समस्याले पनि यात्रुको संख्या कम भएको हो।’

आइतबार तारा र बिहीवार नेपाल एयरलाइन्सले उडान गर्ने गरी तालिका मिलाइएको छ। ताराले प्रतियात्रु ६ हजार ८ सय रुपैयाँ टिकटदर निर्धारण गरेको छ भने नेपाल एयरलाइन्सको टिकट ५ हजार ८ सय १० रुपैयाँमा पाइन्छ। काठमाडौं– बलेवा र बलेवा–काठमाडौंको टिकट शुल्क भने थोरै फरक छ। काठमाडौंबाट उड्नेहरुले २ सय रुपयाँ बढी खर्च गर्नुपर्छ भने बलेवाबाट उड्नेहरुले १० रुपैयाँ मात्रै थप रकम तिरे पुग्छ।

नियमित उडानमा समस्या 

बलेवा–काठमाडौं–बलेवाको टिकट दर महँगो भएको स्थानीयको गुनासो छ। पूर्व सांसद शर्माले काठमाडौंबाट पोखराका लागि तोकिएको भाडादरभन्दा केही बढी हुनुपर्नेमा अस्वभाविक दर लिने गरिएको टिप्पणी गरे। भने, ‘सर्वसाधारणलाई मार पर्ने गरी भाडा निर्धारण गरिएको छ।’

भाडादर समायोजन गर्ने भनिए पनि भाडा नघटेको पत्रकार महासंघ वागलुङका पूर्व सभापति मुकेश राजभण्डारीले बताए। भाडा र विमानस्थल पुग्ने बाटोको असहजता विमानस्थल नियमितताका लागि बाधक रहेको राजभण्डारीले टिप्पणी गरे। बागलुङ बजारदेखि विमानस्थलसम्म पुग्ने करिब ११ किलोमिटर कच्ची बाटोले गर्दा पनि यात्रुहरु हवाइयात्रा तर्फ आकर्षित हुन सकेका छैनन्।

‘विमानस्थलमा ओर्लने बित्तिकै चिया खाऊँ भने पनि रेस्टुरेन्ट छैन र बास बस्न परे होटल छैन,’ उनले भने, ‘३ सय तिरेर पोखरा पुगेको व्यक्तिले सस्तो र छिटो सेवा पाउँछ भने महँगो भाडा तिर्न किन खोज्छ?’ 

बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाका लागि विमानस्थल जाने बाटो पिच नभएकाले समस्या छ। जहाजको उडान–अवतरण अनिश्चिताका कारण सर्वसाधारण तथा बिरामीहरु विमानस्थल पुगेर पनि फर्कनुपरेको अवस्था छ।

उडान–अवतरण गर्ने समयमा सदरमुकामदेखि विमानस्थलसम्म यात्रुलाई ओहोरदोहोर गराउन जिप व्यवसायी समितिसँग निःशुल्क सेवा दिन नगरपालिकाले सम्झौता गरेको छ। धौलागिरी र बाग्लुङ–भगवती जिप व्यवसायी समितिसँग भएको सम्झौता बागलुङ–भगवती जिप व्यवसायी समितिले भने लागू गरेको छैन।

कमजोर पूर्वाधार

५३ वर्षअघि निर्माण भए पनि विमानस्थल घाँसे मैदानमै सीमित छ। उडान गर्नका लागि धावन मार्ग अनिवार्य पिच हुनुपर्ने पुल्चोक क्याम्पसका उपप्राध्यापक एवं एरोनोटिकल (हवाई) इन्जिनियर आयुष भट्टराई बताउँछन्। उडानका लागि सुरक्षा पहिलो सर्त हुनपर्ने उनको भनाइ छ। 

‘आपतकालीन अवस्थामा अवतरणका लागि पूर्वतयारी, दमकलका लागि पर्याप्त सडक, राडर (उडान दिशानिर्देश गर्ने) प्रणाली अनिवार्य हुनुपर्छ।’ तर, बलेवा विमानस्थलमा यी कुनै पूर्वाधार तयार भएका छैनन्। घाँसे मैदानमा गाइबस्तु चर्न आइपुग्ने भएकाले उडान र अवतरणका क्रममा जोखिम हुने उनको भनाइ छ।

८ सय मिटर धावन मार्ग भएको विमानस्थलको पश्चिमी भागमा टावरसँगै विमानस्थलको प्रयोजनका लागि २०२८ सालमा बनाइएको पुरानो भवन छ। चारै दिशामा सुरक्षा पोष्ट राखिएको छ। साथै,  विमानस्थल क्षेत्रलाई तारजालीले घेरिएको छ। तर, तारजालीबाट गाइबस्तु भित्र छिर्न सक्छन्।

विमानस्थलको ५३ वर्षे यात्रा

२०२२ देखि प्रारम्भ भएको बलेवा विमानस्थल २०३० पछि व्यस्त विमानस्थलका रुपमा सञ्चालन भएको थियो। १८ वर्षसम्म सञ्चालन भएको विमानस्थल २०४८ मा एकाएक बन्द भयो। त्यसपछि विमानस्थल फुटबल मैदानमा परिणत भएको थियो। 

चिनियाँ सरकारको सहयोगमा निर्माण भएको पोखरा–बागलुङ सडक खण्ड बलेवा विमानस्थलका लागि ‘अभिषाप’ बनेको थियो। 

बलेवा विमानस्थल निर्माणका लागि २०१८ सालमा स्थानीयले उपलब्ध गराएको जग्गा स्थानीयबासीले नै श्रमदान गरी सम्याएका थिए। पूर्व सांसद तथा बागलुङका कांग्रेस नेता शर्माले सरकारका तर्फबाट छुट्याइएको मुआब्जा रकम स्थानीयले नबुझेको जानकारी दिए। ‘जहाजको सुविधाका लागि स्वैच्छिक रुपमा सरकारलाई सहयोग गरेको हो,’ उनले भने। २०२२ मा डकोटा (सानो जहाज) मार्फत उडान सुरु भएको थियो। २०३० मा केही ठूला जहाज सुरु गर्नका लागि धावनमार्गको लम्बाइ बढाइएको थियो। 

राजधानी तथा पोखरासँग सडक मार्गबाट सहज पहुँच भएसँगै विमानस्थल बन्द भएको थियो। बन्द हुनुपूर्व काठमाडौं, पोखरा, भैरहवा र जोमसोमका लागि तत्कालीन शाही नेपाल वायु सेवा निगमले नियमित उडान गरिरहेको थियो। सातामा दुई दिन सेवा दिइरहेको निगमको टिकटका लागि त्यसबेला सर्वसाधारण र कर्मचारीको भिड लाग्ने गरेको स्थानीय जनता माविका प्राचार्य कुमार पौडेल सम्झिन्छन्। 

‘विमानस्थलमा टिकटका लागि अघिल्लो रातदेखि नै लाइन हुन्थ्यो,’ उनले भने। विमानस्थल सञ्चालन हुँदाको सुरुवाती चरणमा कार्यरत स्थानीय ताराबहादुर खड्काले मासिक ७० रुपैयाँमा काम गरेको बताए। तत्कालीन राजा वीरेन्द्रले विमानस्थलको निरीक्षण गरेको खड्काले सम्झिए।

स्थलगत शृंखला-१ः पूर्वाधारबिनै विमानस्थल थप्ने हतारो, आन्तरिक उडानले निरन्तरता पाउने सम्भावना कति?

स्थलगत शृंखला-१ः पूर्वाधारबिनाको रेसुङ्गा विमानस्थल, कसरी होला नियमित उडान?

प्रकाशित मिति: सोमबार, असार १८, २०७५  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्