• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आत्मसमर्पण गरेसँगै कसरी बढ्छ बलात्कार आरोपी पल शाहविरुद्धको मुद्दा?

64x64
नेपाल लाइभ आइतबार, फागुन १५, २०७८  १८:५०
1140x725

काठमाडौं– एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)ले आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। नाबालिगको तर्फबाट उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनुहँमा बलात्कार कसूरको किटानी जाहेरी दर्ता गरेको चार दिनपछि शाह आफैं प्रहरीमा उपस्थित भएका हुन्। 

प्रहरी कार्यालयमा उपस्थित भएसँगै अब पलविरुद्धको बलात्कार आरोपको प्रक्रिया अब कसरी अघि बढ्छ? प्रहरीका अनुसार आत्मसमर्पण गरेसँगै पलको स्वास्थ्य जाँच प्रक्रिया सुरु हुनेछ। प्रहरीले हिरासतमा लिएर अनुसन्धान गर्ने जो कोहीलाई उनको स्वास्थ्य अवस्था ठिक छ/छैन भनेर स्वास्थ्य जाँच गराउनुपर्ने कानुनी प्रावधान छ। प्रहरीले यो काम २४ घण्टाभित्र गरिसक्नुपर्छ। 

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार मञ्जुरी लिएर १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर हुने उल्लेख छ। प्रहरीमा दिएको जाहेरी अनुसार पीडित भनिएकी किशोरी १८ वर्षभन्दा कम उमेरकी बालिका रहेको दाबी गरिएको छ। उक्त दाबी जन्मदर्ता लगायत विभिन्न प्रमाण-पत्रका आधारमा पुष्टि भएमा र स्वास्थ्य परीक्षणबाट करणी भएको पुष्टि भएमा प्रहरीले पलमाथिको मुद्दा दर्ताको प्रक्रिया अघि बढाउने छ। 

आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उनलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार प्रहरीलाई छ। त्यसका लागि प्रहरीले २४ घण्टाभित्र तनहुँ जिल्ला अदालतमा शाहलाई उपस्थित गराएपछि अनुसन्धानका लागि म्याद लिने प्रक्रिया सुरु गर्नुपर्छ। यो प्रक्रियाअनुसार तनहुँ जिल्ला अदालतले आइतबार नै सात दिन हिरासतमा राखेर उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।

अब तनहुँ प्रहरीबाट आरोपीको बयान, पीडितको बयान, बलात्कार भएको भनिएको होटलका कर्मचारी लगायत त्यसदिन होटलमा उनीहरुलाई देख्ने र घटनामा सम्बन्धित हुनसक्ने विभिन्न व्यक्तिसँगको सोधपुछ र बयानको प्रक्रिया सुरु हुन्छ। तनुहँका एसपी राजेन्द्रबाबु रेग्मीका अनुसार जाहेरी परेसँगै पीडित गायिकाको स्वास्थ्य जाँचलगायतका काम भइसकेका छन्।

२५ दिनसम्म अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय तनहुँमा अनुसन्धान प्रतिवेदन पेस गर्नुपर्छ। अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएका विषयहरु सरकारी वकिल कार्यालयले अध्ययन गर्नेछ। 

आरोप प्रमाणित गर्ने प्रमाण नपुगेको ठानेमा प्रमाण पुगेका बखत मुद्दा चल्ने भन्दै आरोपीविरुद्धको मुद्दा तामेलीमा राख्नेसम्मको अधिकार मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ११ ले सरकारी वकिल कार्यालयलाई दिएको छ। दफा ११ को उपदफा २ को १ मा लेखिएको छ- ‘प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि सरकारी वकिल कार्यालयले त्यस्तो कसूरको सम्बन्धमा तत्काल अनुसन्धान गर्न मनासिब आधार नदेखिएमा त्यसको कारण खुलाई थप प्रमाण प्राप्त हुन आएको बखत अनुसन्धान गर्न सकिने गरी तत्काललाई तामेलीमा राख्न सक्नेछ।’

तर, बलात्कार जस्तो जघन्य कसूर र नाबालिग समेत जोडिएको घटना हुनाले पलविरुद्धको मुद्दा तामेलीमा राख्न सक्ने अवस्था एकदमै न्यून देखिएको एक अनुसन्धान अधिकारी बताउँछन्। सरकारी वकिल कार्यालयले मुद्दा तामेलीमा नराखी अदालतमा दर्ता भएको अवस्थामा भने अदालतबाटै पलविरुद्धको कसूरको छिनोफानो हुनेछ। अदालतमा थुनछेक बहस सकिएपछि पेस भएका सबुत प्रमाणको आधारमा अदालतले पललाई साधारण तारेखमा छाड्न, धरौटीमा रिहा गर्न वा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ मा तीन वर्षभन्दा बढी कैद सजाय हुने अपराध गरेमा तत्काल उपलब्ध प्रमाणको आधारमा अदालतले थुनामा पठाउन सक्ने उल्लेख छ। 

अदालतले पीडित नाबालिगको पनि बकपत्र गर्नेछ। नाबालिग 'होस्टाइल' भएर अदालतमा जाहेरीमा उल्लेख भएभन्दा फरक बयान दिइन् भने घटनाले अर्कै मोड लिन सक्छ। बलात्कारको घटनामा जाहेरवाला पक्ष 'होस्टाइल' भएर अदालतमा बयान फेरेका धेरै उदाहरण छन्। 'होस्टाइल' भएर बयान फेरेको खण्डमा जाहेरवालालाई नै कारबाही हुन सक्नेसम्मको कानुनी प्रावधान छ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ मा अदालतमा बयान फेर्ने जाहेरवालालाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। त्यतिमात्र होइन, आरोपितलाई क्षतिपूर्ति समेत दिलाउनु पर्ने कानुनी प्रावधान छ।

यस्तै, यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७ ले त बलात्कार सम्बन्धी मुद्दाको झुटो उजुरी दिने र अदालतमा झुटा बकपत्र गर्नेलाई करणी कसूरमा हुनसक्ने सजायको आधा सजाय हुने उल्लेख गरेको छ। अध्यादेशमा उल्लेख छ- ‘जबरजस्ती करणी सम्बन्धी मुद्दाको झुटा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जबरजस्ती करणी सम्बन्धी कसूर गर्ने कसूरदारलाई हुने न्यूनतम सजायको आधा सजाय हुनेछ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१६ वर्षदेखि १८ वर्षसम्मको नाबालिगलाई बलात्कार गरेको प्रमाणित भएमा १० देखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ। यस्तो अवस्थामा यो घटनामा पीडित भनिएकी नाबालिगले बयान फेरिन् भने उनलाई आधा सजाय अर्थात् कम्तीमा ५ वर्षसम्म कैद हुनसक्छ। 

यही अध्यादेशलाई टेकेर अदालतले सजाय सुनाएका उदाहरण पनि छन्। बलात्कार कसूरमा पीडित भनिएकी महिलाले अदालतमा बयान फेरेको भन्दै सुर्खेत जिल्ला अदालतले २०७७ चैतमा एक महिलालाई ३ वर्ष ६ महिना कैद सजाय समेत सुनाएको थियो।

२०७७ असोजमा दाङमा एक बालिका र महिलाले तीनजना युवाविरुद्ध सामुहिक बलात्कारको जाहेरी दिएका थिए। पछि उनीहरुले अदालतमा बयान फेरे। आरोपित तीन युवालाई अदालतले पुर्पक्षमा थुनामा पठाएको थियो। पछि फैसला हुँदा तीन युवाले सफाई पाए भने बयान फर्ने महिलालाई एक महिना कैद र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराइयो। नाबालिग भएकाले बयान फेर्दा पनि बालिकालाई सजाय सुनाएको थिएन।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्