सुर्खेत- शनिबारदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य खराब बन्दै गएको छ।
अनशनरत डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिए। '२४ घन्टामा २ सय मिलिलिटर मात्र पिसाब भएको छ, दैनिक रुपमा स्वास्थ्य निकै खस्किँदै गएकाले अवस्था खतरायुक्त छ,' मेडिकल डाइरेक्टर रोकायाले भने।
भँगेराको बिस्टा झर्ने ठाउँमा मैनबत्ती बालेर अनशन बसेका डा केसीको सुरक्षा र स्वास्थ्य उपचारार्थ पहल गर्न मेडिकल टिमले प्रशासनलाई ध्यानाकर्षण गराइसकेको रोकायाले जनाए।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले डा केसीको सुरक्षा अवस्थामा संवेदनशील रहेको बताएका छन्। 'डा केसीको माग आफ्नो ठाउँमा छन् र हामीले सम्मान गरेका छौं, तर उहाँको मागलाई आन्दोलनको रुप दिएर हुलदंगा मच्चाउने र शान्ति सुरक्षामा खलल पुर्यारउनेलाई कडाइ गरेका हौं,' प्रमुख जिल्ला अधिकारी पौडेलले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।