काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि ३ दिनसम्म भारी वर्षा हुनसक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ।
आइतबार महाशाखाका वरिष्ठ मौसमविद विभूति पोखरेलले पूर्वको कोशी चतरा क्षेत्रमा भारी वर्षा भैरहेको र यो वर्षा क्रमशः सबै तिर फैलिँदै गएको हुँदा सबैलाई सतर्क रहन आग्रह गरेका हुन्। उनले अधिकांश नदीहरुको जल सतह समेत बढेको हुँदा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बढी सतर्क रहन पनि आग्रह गरे।
यो वर्षको मनसुन पूर्णरुपमा भित्रिसकेको हुँदा पहिरोको जोखिम, नदी तटीय क्षेत्र र तराईका होचा भूभागमा बसोबास गर्ने सबै चनाखो हुन सरकारले पनि आग्रह गरेको छ। भूकम्पले क्षति पुगेका पहाडी बस्तीका सर्वसाधारणलाई पनि थप सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।