काठमाडौं– काठमाडौं प्रहरीले सुन तस्करहरुलाई पक्राउ गरेर सार्वजनिक गरेकाे केही घन्टामै आइतबार फेरि तस्करीको सुन बरामद गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाले आइतबार साँझ ६ किलो सुन बरामद गरेको हो।
भारत तस्करी गर्न लागिएको ६ किलो सुन बरामद भएको र थप अनुसन्धान भइरहेको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।
स्रोतका अनुसार थप गाडीमा पनि सुन रहेको आशंकामा प्रहरीले खानतालासी गरिरहेको छ।
नागढुंगामा शनिबार ३ किलो सुन बरामद भएको थियो। जसमा संलग्न ५ जनालाई आइतबार सार्वजनिक गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।