• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

यथास्थितिमा एमसीसीविरुद्ध जुनसुकै विकल्पका लागि तयार छौं : गिरिराजमणि पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, फागुन ११, २०७८  १९:४८
1140x725

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता जुनसुकै हालतमा पारित गर्ने पक्षमा छन् भने सत्ता गबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पारित गर्नै नहुने अडानमा छन्। तर, गठबन्धन घटक जनता समाजवादी पार्टी भने एमसीसीलाई लिएर दुई धारमा विभाजित छ। एमसीसीबारे छलफल गर्न भोलि बिहीबार संसद् बैठक बोलाइएको छ। एमसीसीलाई लिएर पक्ष/विपक्षमा विभाजित भएपछि गठबन्धन धरमराउन थालेको विश्लेषण भइरहेको छ। यस्तो अवस्थामा माओवादी केन्द्र लगायत गठबन्धनमा सहभागी दलहरुले लिने रणनीतिका विषयमा माओवादी नेता गिरिराजमणि पोखरेलसँग नेपाल लाइभले गरेको कुराकानी :

एमसीसीका विषयमा संसद्‌मा बिहीबार छलफल हुँदैछ। माओवादी पक्षमा उभिन्छ कि विपक्षमा?
हामी सत्ता गठबन्धनमै भएपनि एमसीसीको विपक्षमा उभिन्छौं। त्यसमा दायाँबायाँ हुँदैन। हामीले निरन्तर भन्दै आएका छौं। भोलि संसद्‌मा विपक्षमै उभिने हो।

सत्ता गठबन्धनमा भएकाले एमसीसीको विपक्षमा उभिन नैतिक रुपमा गाह्रो हुँदैन?
अहिलेको गठबन्धन सरकार विशिष्टि स्थितिमा बनेको हो। प्रतिनिधि सभा दुई/दुई पटक विघटन भएपछि गठबन्धन बनेको हो। सरकार बनाउन राष्ट्रपतिकहाँ दाबी गरियो। त्यहाँबाट निकास निस्कन नसकेपछि मिलेरै सर्वोच्च अदालत गएपछि सरकार निर्माणको अवस्था भयो। यो सरकार कसैले बनाइदिएको होइन, बहुमत सिद्ध गरेर बनेको हो। 

यो सरकार बनेपछि न्यूनतम साझा कार्यक्रम बनायौं। त्यसमा एमसीसी पास गर्ने भन्ने थिएन। सरकार सञ्चालन गर्न संयन्त्र बनायौं। त्यसले काम पनि गर्‍यो। यस्तो अवस्थामा एमसीसी ल्याउनुपर्ने अवस्था थिएन। यसले राष्ट्रिय सहमति माग गरेको छ। 

एउटा कुरा, दाताले दिएको सहयोग संसद्‌मा लग्ने प्रचलन नै छैन। संविधानले चार प्रकारको सीमा निर्धारण गरेको छ। त्यसमा यो एमसीसी पर्दैन। त्यसकारण हामीले उठाएको संविधान र राष्ट्रको कुरा हो। राष्ट्रभन्दा दल माथि हुँदैन। यस्तो अवस्थामा सरकारमा बस्ने/नबस्ने ठूलो कुरा होइन। अर्को कुरा, एमसीसी सबैभन्दा पहिला संसद्‌मै लग्नु हुँदैन थियो। यदि लगियो भने विपक्षमा उभिन्छौं भनेका थियौं।  

तपाईंहरुले सहयोग नगरेपनि बहुमतले पारित हुने देखिन्छ नि? 
तपाईंले भनेको जस्तो परिस्थिति छैन। प्रधानमन्त्रीको पक्षमा पनि बहुमत छैन। त्यसकारण हामीले पहिल्यै छोड्नुपर्छ भन्ने जो कोणबाट कुरा उठिराखेको छ। हामीले विपक्षमा मतदान गर्नेले जित्छौं कि प्रधानमन्त्रीले गरेको मतदानले जित्छ भन्ने फैसला भइसकेको छैन। त्यसैले हामी संघर्षमा छौं।

एमालेसँग सहकार्य गरेर भएपनि एमसीसी पारित गर्ने रणनीतिमा कांग्रेस लागिपरेको छ। त्यस्तो अवस्थामा तपाईंहरु गठबन्धनमै रहनु हुन्छ कि बाहिरिनुहुन्छ? 
पहिलो कुरा एमाले निर्णायक ठाउँमा छ। विकासको नाममा अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत आएको कार्यक्रमलाई अगाडि बढाउन दिएर देशको परराष्ट्र नीति  विपरीत जानु हुँदैन। त्यो अवस्थामा एमाले कुन कित्तामा उभिन्छ? त्यो भोलि संसद्‌मा थाहा हुन्छ। राष्ट्र बचाउन बृहत राष्ट्रिय सहमति आवश्यक छ। 

त्यस्तो अवस्थामा नयाँ गठबन्धन गर्न पनि सकिन्छ। किनभने यो राष्ट्रको कुरा हो। यो बेला पुराना मतभेदहरु गौण हुन्छन्। एमाले विभाजन, सभामुख लगायतका विषय राष्ट्रका लागि चुनौती होइन। त्योभन्दा ठूलो एमसीसी आइसक्यो। यस्तो अवस्थामा पुराना मुद्दालाई आधारित गरेर हुन्छ र? यसमा एमालेले जनतालाई जवाफ दिनुपर्ने हुन्छ। हाम्रोमा दलहरुवीच मतभेद र प्रतिस्पर्धा दुवै हुन्छन्। यो राष्ट्रको सवालमा आइपुग्दा नयाँ एकताको माग हुन सक्छ।

Ncell 2
Ncell 2

हामीले एमालेसहित शक्तिहरुबाट हल गरौं भनिरहेका छौं। एमसीसीले देशको सार्वभौमसत्ता, राष्ट्रिय एकतालाई चुनौती दिएको छ। घरेलु कानुनलाई निष्क्रिय बनाउन खोजेको छ। हाम्रो छिमेकीसँगको सम्बन्धलाई दरार पैदा गर्ने खालको छ। अर्को कुरा, मुलुकलाई नयाँ द्वन्द्वतिर लान खोजेको छ। त्यसैले यो प्रस्तावलाई विफल बनाउनु पर्छ। त्यसका लागि सरकार, सदन र सडक तीनवटै मोर्चामा संघर्ष गर्छौं।

विकासका लागि हामीले बाह्य सहयोग लिनैपर्छ। त्यसका लागि प्राथमिकीकरण गरेर कस्तो सहयोग लिने/नलिने निर्धारण गर्नुपर्ने हुन्छ।

त्यसो भए तपाईंहरुले गठबन्धन र सरकार दुवै छोड्नु हुन्न?
अहिले बनेको गठबन्धन तोड्ने र सरकारबाट बाहिरिने कुरा भन्दा एमसीसीको समाधानतिर जानु पर्ने हुन्छ। एमसीसीलाई विकल्प सोचिए गठबन्धनका समस्या आफैं हल भएर जान्छन्।

राष्ट्रिय सहमति अन्तर्गत यो सम्झौता यथास्थितिमा पास गर्न हुँदैन। जुन विषयमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने कुरा आएका छन्, त्यसमा जान हामी ओपन छौं। कतिपयले जनतामा जाऊँ भनेका छन्। कतिपयले संसदीय समिति वा संकल्प प्रस्तावमा जाऊँ भनेका छन्। संसद् एउटा फोरम हो।

जनताबाट निर्वाचित भएका जनप्रतिनिधिको बहस गर्ने थलो हो। अमेरिकाले संसद्लाई जे चाहयो त्यस्तो रबर स्ट्याम्प बनाउन दिने कि देशको सार्वभौमसत्तालाई जोगाएर जाने हो। त्यसका लागि एमसीसी यथास्थितिमा पास नगर्न कुन विकल्पमा जान सकिन्छ, त्यसमा जान तयार छौं।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कैलाली झडपः इन्सपेक्टर र असई घाइते
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध मंगलबार, फागुन १९, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
बर्दीबासमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट मंगलबार, फागुन १९, २०८२
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्