काठमाडौं- आज फेब्रअरी २२, डिजिटल लर्निङ डे। नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी डिजिटल लर्निङ डे मनाइँदै छ। नेपालमा निमा एकेडेमीले ‘अबको परिवर्तन डिजिटल शिक्षासँगै’ सन्देशसहित विविध कार्यक्रम आयोजना गरेको छ।
यस वर्षको डिजिटल लर्निङ डे निमा एकेडेमीको आयोजना तथा भाइबर, इसेवा, कारखाना, जेनेस क्लाउड एकेडेमी, लिभिङ विथ आइसिटी, कनेक्ट आईपीएस, नेपाल टेलिकम, भायानेट, आईएमई पे, खल्ती, पिक्सेल टचको सहकार्यमा मनाइँदै छ ।
निमा एकेडेमीले फेब्रुअरी १८ देखि डिजिटल लर्निङ सम्बन्धि कार्यक्रम शुरू गरिसकेको छ। फेब्रुअरी १८ देखि सामाजिक सञ्जालबाट बच्चाहरूका लागि क्विज कम्पिटिसन, एक्सपेरियन्स शेयरिङ, गिभअवे, ब्रेनको खेल, कथा बाचन, ई-लर्निङ टिप्स लगायतका क्रियाकलाप गरिरहेको निमा एकेडेमीकी सीओओ नेहा जोशीले बताइन्।
फेब्रुअरी २२ अर्थात् आज डिजिटल लर्निङ डेको महत्व, कस्तो हुनुपर्छ, विश्वभर कसरी भइरहेको छ र डिजिटल लर्निङको महत्व लगायतका विषयमा कुराकानी गरिने उनले जानकारी दिइन्।
कार्यक्रम निमा एकेडेमीका विभिन्न सामाजिक सञ्जालबाट साझ साढे ६ बजे प्रत्यक्ष प्रसारण हुनेछ। आज एकेडेमीले क्विज प्रतियोगिका विजेता पनि घोषणा गर्दैछ र पुरस्कार पनि वितरण गर्दैछ। निमा एकेडेमीले डिजिटल लर्निङ डेको अवसरमा फेब्रुअरी २७ सम्म विविध कार्यक्रम आयोजना गर्नेछ।
सन् २०१२ देखि डिजिटल लर्निङ डे मनाउन शुरू गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।