काठमाडौैं– भारततर्फ तस्करी गर्न लागिएको सुन प्रहरीले शनिबार नागढुंगामा बारमद गरेको छ। भारतीय नम्बर प्लेटको कारबाट प्रहरीले तीन किलो सुन बरामद गरेको हो।
यूके ०२३६८४ नम्बरको मारुती कारबाट सुन बरामद भएको हो। कारको एयर फिल्टरमा लुकाएर तस्करी गर्ने क्रममा सुन बारमद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए। प्रहरीलाई छक्याउन उनीहरुले एयर फिल्टरमा सुन लुकाउका हुन्। तर, सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले चालक भारतीय नागरिक दिमक कुमार मोर्रे र महेन्द्रनगरका मनोज बिकलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानमा सो सुन काठमाडौंबाट भारततर्फ तस्करीको प्रयास भएको खुलेको एसएसपी पोखरेलले बताए।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।