काठमाडौं– २५ हजार घुससहित इन्जिनियर पक्राउ परेका छन्।
बाँकेको बैजनाथ गाउँपालिकाका इन्जिनियर मजिद खाँलाई अख्तियार दुरुपयोय अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेको हो।
बैजनाथ गाउँपालिका वडा नम्बर ८ स्थित माटो पटान तथा ग्राभेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि उनले सेवाग्राहीसँग घुस रकम लिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटी गएको टोलीले उनलाई कोहलपुर नगरपालिका वडा नम्बर ४ को मदनचोक स्थित सार्वजनिक प्रतिक्षालयबाट घुस रकम सहित रंगेहात पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।