काठमाडौं– २ करोड ५० लाख रुपैयाँ भन्दा धेरै रकम हिनामिनाको आरोपमा प्रहरीले सामुदायिक लघुवित्त वित्तिय संस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कम्पनीका अध्यक्ष हिरा बिश्वकर्मा, सञ्चालक चण्डेश्वरी प्रधान र बटुकृष्ण कार्की तथा तत्कालिन सिइओ स्वयम्भुराम जोशीलाई पक्राउ गरेको हो।
काभ्रेको साँगामा कार्यालय रहेको सो संस्थाका तत्कालिन सिइओ जोशीले संस्थाबाट नेपाल महिना उत्थान केन्द्रलाई आधिकारीक निकायको स्वीकृत बिना नै २ करोड ५० लाख रुपैयाँ रकम दिएका थिए। जून रकम डुबेको थियो।
त्यस्तै, जोशीले राष्ट्र बैंकको नीति निर्देशनविपरीत ७ लाख ४४ हजार रुपैयाँ भुक्तानी लिएका थिए।
त्यस्तै स्वयम्भूराम जोशीलाई अवैध रुपमा सञ्चालकमा नियुक्त गरिएको थियो।
संस्थानमा अन्य आर्थिक कारोबार समेत अपारदर्शी रहेको सिआइबीका एसपी कृष्णहरी शर्माले बताए।
पक्राउ परेका उपर सिआइबीले बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।