वीरगंज– सरकारले सुन तस्करीको बिशेष अनुसन्धान गरिरहदा पनि तस्करी रोकिएको छैन। वीरगंजमा १ किलो सुनसहित एक युवक पक्राउ परेका छन्।
सर्लाहीको हरिपुर नगरपालिका–९ का ३८ वर्षीय सन्तोष कुमार साहलाई पर्सा बिहिबार प्रहरीले पक्राउ गरेको हो।
मोटरसाइकलमा सवार उनलाई चेकिङको क्रममा प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परका उनी ‘भरिया’ मात्र हुन्, तस्करीका नाइकेलाई प्रहरीले पत्ता लगाउन सकेको छैन।
सो सुन तस्करीबाटै नेपाल भित्रिएको र भारत लैजाने प्रयास गर्दा बरामद गरिएको प्रहरीले जनाएको छ। केरुङ नाकाबाट सो सुन भित्रिएको आशंका गरिएको छ।
विमानस्थलबाट लामो समयदेखि भएको सुन तस्करीको सम्बन्धमा हाल बिशेष अनुसन्धान टोली गठन गरी छानबिन भइरहेको छ। ठूलो संख्यामा तस्करहरु पक्राउ परिसकेका छन्। तर, पनि अर्काे समूहले सुन तस्करी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।