काठमाडौं- सरकारले संघीय संरचना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी संगठनलाई संघीय संरचना अनुसार रुपान्तरणका लागि आवश्यक ऐन बनाउने भएको छ।
शुक्रबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीयता अनुरुप नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादन सम्बन्धी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धी विधेयक बनाउन र सशस्त्र प्रहरी बलको सेवाको गठन सञ्चालन र सेवाको सर्तहरु सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति जनाएको हो।
त्यसैगरी विदुषी योगमाया विश्वविद्यालय बनाउने सम्बन्धमा कानुन बनाउने सैद्धान्तिक सहमति दिएको छ। बैठकले माथिल्लो त्रिशूली बी जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।