सोलु- सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–११ बरबोटमा शुक्रबार बिहानै जिप दुर्घटना हुँदा मृत्यु हुनेहरुको सनाखत भएको छ।
नेचा सल्यानबाट सल्लेरी जाँदै गरेको को १ ज १८६० नम्बरको डबल क्याप बोलेरो जिप बरबोटेस्थित भीरमा ५ सय मिटर तल खसेको थियो।
दुर्घटनामा जिपमा सवार ७ मध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मृत्यु हुनेहरुमा जिपका चालक उदयपुरको शिरीषे ८ का सुसन तामाङ, सिरहा चनैठा १ का ३६ वर्षीय शिवकुमार यादव, खोटाङको खाल्ले ८ की २४ वर्षीया कोपिला बस्नेत कार्की, सोलुको नेचासल्यान २ की २५ वर्षीया उर्मिला बास्तोला, २५ वर्षीया सुशिला खड्का र ओखलढुंगा मांखा ५ का ४० वर्षीय श्यामकुमार राई रहेको इन्स्पेक्टर प्रद्युम्न मोहन अधिकारीले जानकारी दिए।
दुर्घटनामा नेचा सल्यानका भीमराज खड्काकी छोरी करिब ७/८ वर्षीया सुष्मा खड्का गम्भीर घाइते भएकी छिन्। उनको फाप्लुस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।